उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या दुई लाख नाघेको छ।
जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख दीपक दाहालका अनुसार १ लाख २१ हजार ८६६ पुरुष र १ लाख १७ हजार ५८ महिला र अन्यमा २ जना गरी जम्मा दुई लाख ३८ हजार ९२६ मतदाता कायम भएको छ । उनले भने, ‘थपिएका अधिकांश नयाँ पुस्ताका हुन् ।’
२०७९ को आमनिर्वाचनमा उदयपुरमा दुई लाख २८ हजार ९४६ जना मतदाता थिए । त्यसको अनुपातमा दश हजार मतदाता थपिएका छन्। उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा तीन नगरपालिका पर्दछन् । जसमा चौदण्डीगढी नगरपालिकामा पुरुष २० हजार ६६ र महिला २० हजार २८३ गरी जम्मा ४० हजार ३४९ कायम भएका छन् । यसैगरी बेलका नगरपालिकामा पुरुष १७ हजार ५४० र महिला १६ हजार ६६० गरी ३४ हजार २ सय कायम भएका छन् । यसैगरी त्रियुगा नगरपालकिामा ३३ हजार ८४६ पुरुष र ३४ हजार ४०७ महिला गरी ६८ हजार २५५ मतदाता छन् । अब प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को कुल मतदाता पुरुष ७१ हजार ४९२, महिला ७१ हजार ३५० र अन्य २ गरी जम्मा १ लाख ४२ हजार ८०४ कायम भएको छ । यस प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा ५२ वटा मतदान स्थल र १६० मतदान केन्द्र कायम गरिएको प्रमुख दाहालले जानकारी दिए ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र– २ मा एक नगरपालिकासहित चार गाउँपालिका पर्दछन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार उदयपुरगढी गाउँपालिकामा पुरुष, ११ हजार ९९ र महिला ९ हजार ७८० गरी कुल २० हजार ८७९, रौतामाई गाउँपालिकामा पुरुष ७ हजार ९६५ र महिला ७ हजार २८गरी १४ हजार ९९३, लिम्चुङबुङ गाउँपालिकामा पुरुष ४ हजार ५६५ महिला ४ हजार १२४ गरी कुल ८ हजार ६८९ कायम भएका छन् । यसैगरी कटारी नगरपालिकामा पुरुष २१ हजार ४९७ महिला १९ हजार ९०९ गरी कुल ४१ हजार ४०६ र ताप्ली गाउँपालिकामा ५ हजार २८८, महिला ४ हजार ८६७ गरी कुल १० हजार १५५ कायम भएका छन् । अब प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ पुरुष ५० हजार ४१४ महिला ५४ हजार ७०८ गरी कुल ९६ हजार १२२ कायम भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख दाहालले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ मा ५१ वटा मतदानस्थलमा ११५ वटा मतदान केन्द्र कायम गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: