Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

खबरडबली संवाददाता

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीमा निर्भर हुन थालेका छन् ।

अत्यधिक चिसो, कुहिरो र शीतलहरका बीच उनीहरू बिहानैदेखि जंगल तथा सामुदायिक वन क्षेत्रबाट दाउरा संकलन गरी साइकलमा बोकेर बजारसम्म पुर्‍याउने गरेका छन् । स्थानीय बजार, चोक र टोलमा दाउरा बोकेका साइकलहरूको लाम देखिनु यहाँ सामान्य दृश्य बनेको छ ।

वैकल्पिक रोजगारीको अभाव र बढ्दो महँगीका कारण गरिब परिवारका सदस्यहरू चिसोको पर्वाह नगरी दाउरा संकलन र बिक्रीमा जुट्न बाध्य छन् । यसरी संकलन गरिएका दाउरा प्रतिभारी ६ सयदेखि १ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको कोल्हवी नगरपालिका–१०, बेल्वाका सुमन चौधरीले बताए । 

दाउरा बिक्रीबाट आएको सीमित आम्दानीले खाद्यान्न, नुन, तेल तथा बालबालिकाको न्यूनतम खर्च धान्ने गरिएको उनको भनाइ छ । कोल्हवी र करैयामाइ क्षेत्रका अधिकांश दाउरा विक्रेता भूमिहीन, सुकुम्बासी तथा दैनिक ज्यालादारीमा निर्भर परिवारका सदस्य रहेका छन् । “जाडोमा दाउराको माग बढ्छ, यही समयमा दाउरा बेचेर घरखर्च चलाउनुपर्छ,” करैयामाइ गाउँपालिका–६ का स्थानीय दाउरा विक्रेता बिगनप्रसाद तेलीले भने । 

एक साइकल दाउराको भारी संकलन गर्न कम्तीमा दुई दिन लाग्ने, चिसो मौसममा लामो दूरी साइकल चलाउँदा स्वास्थ्य जोखिम बढ्ने र वन गस्ती टोलीबाट साइकल तथा बन्चरो जफत हुने समस्या रहेको उनले गुनासो गरे । 

सरोकारवालाले विपन्न समुदायलाई लक्षित गरी जाडो याममा राहत, वैकल्पिक रोजगारीका कार्यक्रम तथा सीपमूलक तालिम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । महागढीमाइ नगरपालिका–३ का रामबाबुप्रसाद जैसवालका अनुसार चिसो बढ्दै जाँदा दैनिकी झन् कठिन बन्दै गएको यस क्षेत्रका गरिब समुदायका लागि राज्यका सम्बन्धित निकाय र स्थानीय सरकारबीच सहकार्य र सहयोग अपरिहार्य देखिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending