काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सातबुँदे सम्झौता भएको दिनमै पोखरेलले यस्तो चेतावनी दिएका हुन् ।
पोखरेलले कसैको नाम नलिइ सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै भदौ २३ र २४ गते भएका घटनालाई योजनाबद्ध षड्यन्त्रको पहिलो चरणको रूपमा व्याख्या गरेका छन् । उनले ती घटनालाई नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने उद्देश्यसहित भूराजनीतिक खेलमा तान्ने प्रयासको सुरुआत भएको दाबी गरेका छन् ।
उनका अनुसार भदौ २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा हिंसात्मक मुठभेडमा रूपान्तरण गरियो, जसका कारण केही युवाले ज्यान गुमाउनुपर्यो । त्यसको भोलिपल्ट, भदौ २४ गते, मुलुकको अस्मिता र राज्यको सामर्थ्य कमजोर पार्ने नियतले राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरिएको पोखरेलको टिप्पणी छ ।
‘यी विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालकहरू को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदै गएको छ,’ उनले लेखेका छन्, ‘अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी भइरहेको संकेत देखिन थालेको छ ।’
नयाँ राजनीतिक शक्तिहरू एकताबद्ध हुँदै गएको सन्दर्भ उल्लेख गर्दै पोखरेलले परम्परागत शक्तिहरूबीच पनि एकता अपरिहार्य भएको बताएका छन् । वर्तमान अवस्थालाई गम्भीर भन्दै उनले संविधान र लोकतन्त्रको रक्षा गर्ने देशभक्त शक्तिहरू सचेत र संगठित हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।
पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको ‘गोटी’ बन्न नदिन सबै राजनीतिक शक्ति, संस्था र नागरिकले जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आग्रहसमेत गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - १०:०१
नवलपरासी । मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती भोग्दै आएको अवस्थामा समाधानका लागि नवलपुरको जङ्ग...
चैत्र ७ गते, २०८२ - ०९:५९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा नियन्त्रणमा लिने सम्भावित रणनीतिबारे आन्तरिक प...
चैत्र ७ गते, २०८२ - ०९:५७
काठमाडौं। ११ वर्ष कैद भुक्तान गरी हालै मात्र जेलबाट छुटेका एक व्यक्ति पुनः चोरी घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। ललितपुरको महालक्ष्मी नग...
चैत्र ७ गते, २०८२ - ०९:५५
काठमाडौं। इरानले आफ्ना शत्रुहरूलाई लक्षित गर्दै विश्वभरका पर्यटकीय र मनोरञ्जन स्थलहरूमा प्रतिशोधात्मक आक्रमण विस्तार गर्ने धम्की दिएको छ। अल जजीराक...
चैत्र ७ गते, २०८२ - ०८:५९
काठमाडौं । भारतको बिहार क्षेत्रबाट विकसित वर्षा प्रणाली नेपाल प्रवेश गर्दै बागमती प्रदेशमा प्रभाव पार्ने सम्भावना रहेको मौसमविद्ले बताएक...
चैत्र ७ गते, २०८२ - ०८:५८
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । च...
चैत्र ७ गते, २०८२ - ०८:४३
काठमाडौं। काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा आएको बाढी सडकमा पसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार...
चैत्र ७ गते, २०८२ - ०८:४१
बैतडी । बैतडीमा ट्रक दुर्घटना हुदा चार जना घाइते भएका छन् । जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका वडा न ८ ज्याफुमा नेपालगन्जबाट बझाङ जाँदै ग...
चैत्र ७ गते, २०८२ - ०८:३९
बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य ...
चैत्र ७ गते, २०८२ - ०८:३६
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल मधेस, बागमती, गण...


प्रतिकृया लेख्नुहोस्: