मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।
हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको सडकमा आयोजित चार दिने खाना महोत्सवको हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले आइतबार एक कार्यक्रमका बिच उद्घाटन गरिन ।
महोत्सवको उद्घाटन गर्दै नगरप्रमुख लामाले खाना महोत्सवले परम्परागत खाना र संस्कृतिका संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताइन । मकवानपुर होटल एसोसियसनका अध्यक्ष दिलिशगोविन्द जोशीले अङ्ग्रेजी नयाँ वर्षको स्वागतसँगै “सडकमै जाउँ, सडकमै खाऊ, सडकमै रमाउँ’ भन्ने नाराका साथ खाना महोत्सवको १२ औँ संस्करण आयोजना गरिएको बताए ।
कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघका केन्द्रीय दिनेश चुके, हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देल, मकवानपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष उज्ज्वल चौलागाईं, नेपाल पत्रकार महासंघ मकवानपुरमा अध्यक्ष बालकृष्ण अधिकारी, मकवानपुरगढी पर्यटन विकास समितिका अध्यक्ष केदार न्यौपानेलगायतले पर्यटन प्रवद्र्धनमा तीनै तहको सरकारको ठोस नीति आवश्यक भएको बताए ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै खानाको पारखीलाई एकै स्थानमा विभिन्न परिकारको प्रदर्शनी र बिक्री गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवमा विभिन्न समुदायको परम्परागत खानासँगै रैथाने बालीका खानाका परिकारका स्टल रहेको छ । ६० वटा स्टल रहेको महोत्सवको अवधिमा स्थानीय एवम् राष्ट्रिय कलाकारको प्रस्तुतिसहित विविध मनोरञ्जनात्मक कार्यक्रम हुने भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: