काठमाडौं । पछिल्ला केही सातायता नेपालको राजनीतिक वृतमा एक शब्द निकै चलायमान बनेको छ भ्रम। जेनजी आन्दोलनपछि सत्ताको समीकरणदेखि नेताको छविसम्म, सबै ठाउँमा आरोप–प्रत्यारोपको आँधी चलेको छ। यही क्रमको अर्को अध्याय बुधबार खुल्यो, जब माओवादी निकट संगठनहरूले ‘भ्रम फैलाउने’ अभियोगमा पूर्वएआईजी देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गरे।
वाईसीएल र अखिल (क्रान्तिकारी) ले संयुक्तरूपमा गरेको उजुरीमा सुवेदीले गरेका ती दाबीलाई ‘पूर्णरूपमा कपोकल्पित र राजनीतिक प्रतिशोधको उपज’ बताइएको छ। सुवेदीले केही दिनअघि सामाजिक सञ्जालमार्फत “जेनजी आन्दोलनको दुई दिनअघि प्रचण्डको निवासबाट दुई करोड रुपैयाँ दुई ट्रकमा निकालिएको” भनेर दाबी गरेका थिए । जुन अहिले विवादको केन्द्र बनेको छ।
माओवादी पक्षका नेताहरूले यसलाई योजनाबद्ध ‘डिजिटल मिसन’ को रूपमा लिएका छन्। उनीहरूको तर्क छ । देश अस्थिर पार्ने प्रयोजनका लागि सामाजिक सञ्जालमार्फत झूटो कथा सिर्जना भइरहेको छ, जसले आन्दोलनका वास्तविक एजेन्डा हराउँदै गएका छन्। उजुरीमा भनिएको छ, “यसरी डिजिटल मञ्चबाट जनतालाई भ्रमित पार्नु, चरित्रहत्या गर्नु र उत्तेजना फैलाउनु गम्भीर आपराधिक गतिविधि हो।”
साइबर ब्युरोमा पुगेको यो उजुरीले एकपटक फेरि डिजिटल स्पेसमा फैलिने राजनीतिक अफवाह र कानुनी जिम्मेवारीको विषयलाई उजागर गरेको छ। सामाजिक सञ्जालले अभिव्यक्तिको स्वतन्त्रता विस्तार गरे पनि त्यसैसँगै आक्षेप, भ्रम र आरोपको बजार पनि तातिरहेको छ।
यतिबेला के यो मुद्दा केवल कानुनी प्रक्रिया हो, वा राजनीतिक प्रतिष्ठा जोगाउने नयाँ संघर्षको सुरुवात ? भन्ने प्रश्न उब्जिन थालेकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: