Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

काेशीमा बाढी–पहिरो पीडितलाई सरकारले बनाइदिने

खबरडबली संवाददाता

काठमाडौँ । कोशी प्रदेश सरकारले हालैका बाढी–पहिरोबाट भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गर्ने निर्णय गरेको छ । 

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विस्थापित सबै परिवारका घर सरकारकै पहलमा निर्माण गरिने निर्णय गरेको हो ।

बैठकले सबैभन्दा बढी क्षति पुगेका इलाम, झापा र मोरङका घरहरूको पुनर्निर्माण कार्य तत्काल सुरु गर्ने निर्णय गरेको छ । परिषद् बैठकले प्रभावित घरहरूको विस्तृत विवरण संकलन गर्दै निर्माण कार्यलाई समानान्तर रूपमा अघि बढाउने पनि तय गरेको छ ।

यस्तै, इलाम जिल्लाका सातवटा पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्नका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ । राहत र पुनर्स्थापनाका लागि इलाम जिल्लामा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीलाई समन्वयको जिम्मेवारी दिइएको छ । सो टोलीले स्थलगत निरीक्षण गर्दै पुनर्निर्माण कार्यलाई तीव्रता दिनेछ ।

सुनसरी जिल्लाको समन्वय जिम्मेवारी वन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले वहन गर्नेछन् । त्यस्तै, झापा जिल्लाको पुनर्निर्माण तथा समन्वय कार्य खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई तोकिएको छ ।

बैठकले चालु आर्थिक वर्षका खर्च र योजनाहरू समीक्षा गरी आवश्यक परेमा कटौती गरेर पुनर्निर्माणमा बजेट पुनः विनियोजन गर्न प्रदेश सरकारलाई सिफारिस गरेको छ । भौतिक पूर्वाधार मन्त्रालयलाई सबै खालका सडक र आवागमन मार्गहरू तत्काल खोल्न आफ्ना संयन्त्र परिचालन गर्न निर्देशन दिइएको छ ।

मुख्यमन्त्री कार्कीले पुनर्निर्माण र राहत कार्यमा कुनै कसर बाँकी नराखी तीव्र गतिमा अघि बढ्न सबै निकायलाई निर्देशन दिएका छन् । बैठकले सम्पूर्ण नागरिक, उद्योगी–व्यवसायी, अधिकारकर्मी, राजनीतिक दल, बैंक तथा वित्तीय संस्था र कर्मचारीहरूलाई विपद् प्रभावित क्षेत्रका लागि सक्दो सहयोग गर्न आह्वान गर्ने निर्णय पनि गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख कमल थापाले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending