Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न नागरिक समाजको माग

खबरडबली संवाददाता

काठमाडौँ । गैरसरकारी संस्था महासङ्घ नेपालले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । महासङ्घको ३१ औँ वार्षिक साधारण सभाको अवसरमा काठमाडौँमा आयोजित दुई दिने “राष्ट्रिय नागरिक सम्मेलन २०८३” पछि १७ बुँदे ‘राष्ट्रिय नागरिक घोषणापत्र २०८३’ सार्वजनिक गर्दै महासङ्घले उक्त माग अघि सारेको हो ।

महासङ्घले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएका घटनाका दोषीमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न तथा आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग आग्रह गरेको छ । महासङ्घले लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय र संविधानको मर्म संरक्षणका लागि सरकार, राजनीतिक दल तथा सम्बन्धित निकायले ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याएको छ ।

महासङ्घका अध्यक्ष अर्जुन भट्टराईले वर्तमान परिस्थितिमा नागरिक समाजको भूमिका अझ महत्त्वपूर्ण बनेको बताउनुहुँदै सरकारका सकारात्मक काममा सहकार्य गर्ने र गलत गतिविधिमा खबरदारी गर्ने दायित्व नागरिक समाजको भएको उल्लेख गर्नुभयो ।

महासङ्घले घोषणापत्रमा जोखिम क्षेत्रमा बसोबास गर्ने भूमिहीन, सुकुम्बासी तथा सीमान्तकृत समुदायको सुरक्षित स्थानान्तरणको माग गर्दै मानवअधिकारका आधारभूत मूल्य र संविधानप्रदत्त मौलिक हक हनन हुन नदिन पनि आग्रह गरेको छ । लोकतन्त्र, मानवअधिकार र संवैधानिक मूल्य–मान्यताको संरक्षण गर्ने उद्देश्यले महासङ्घले विभिन्न क्षेत्रमा क्रियाशील सामाजिक अभियन्ता, मानवअधिकारकर्मी, नागरिक अगुवा तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको प्रत्यक्ष सहभागितामा वर्तमान राजनीतिक, सामाजिक, आर्थिक र प्रशासनिक अवस्थाबारे समीक्षा गरेको जनाएको छ ।

घोषणापत्रमार्फत संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा समावेशी व्यवस्थालाई थप मजबुत बनाउँदै सुशासन र सार्वजनिक सुधारमा जोड दिइएको छ । साथै संविधान संशोधनसम्बन्धी बहस चलिरहेका बेला संशोधन प्रक्रियालाई समावेशी, पारदर्शी र जनमुखी बनाउन नागरिक समाजको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।

महिला, बालबालिका, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार संरक्षण र सशक्तीकरणका लागि पर्याप्त बजेट तथा प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा घोषणापत्रले जोड दिएको छ । युवा पलायन रोक्न स्वदेशमै रोजगारी, उद्यमशीलता र उत्पादनमुखी अर्थतन्त्र विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै महासङ्घले शिक्षा र स्वास्थ्यलाई राज्यको पूर्ण जिम्मेवारीभित्र राखी गुणस्तरीय तथा नि:शुल्क सेवा सुनिश्चित गर्न माग गरेको छ ।

साथै जलवायु परिवर्तन, वातावरणीय सङ्कट, खाद्य सुरक्षा, बजार अनुगमन, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका विषयमा पनि सरकारको ध्यानाकर्षण गराउँदै महासङ्घले डिजिटल पहुँच र समावेशीकरणलाई प्राथमिकतामा राखी मानसिक स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने तथा सामाजिक क्षेत्रलाई ‘राष्ट्रिय गौरवको क्षेत्र’ घोषणा गर्नुपर्ने मागसमेत गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न नागरिक समाजको माग

काठमाडौँ । गैरसरकारी संस्था महासङ्घ नेपालले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । महासङ्घको ३१ औँ वार्षिक साधारण स...

विश्वकपअघि अमेरिकाको भिसा नियममा आंशिक सहजता

वासिङ्टन। आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागु गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता ...

बेइजिङमा सी र ट्रम्पबीच वार्ता : द्वन्द्व होइन, साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा द्विप...

संसद् बहुमतले होइन, विवेक र चेतनाले चल्नुपर्छ : सांसद केसी

काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई ६ घण्टामा सीमित गरिनु संसद्को अपमान भएको बताएको छन्। ...

कानुन निर्माणको ‘ड्राइभिङ सिट’मा सांसद हुनुपर्छ - सांसद आचार्य

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले देशको नीति तथा कानुन निर्माणको नेतृत्वदायी भूमिकामा सांसद नै रहनुपर्नेमा जोड दिए...

भारतमा मौसमी प्रकोपका कारण ८० जनाको मृत्यु

नयाँदिल्ली। भारतको उत्तर प्रदेश राज्यमा विगत २४ घण्टामा भारी वर्षा र तीव्र हावासहित असिना पानी पर्दा ८० भन्दा बढी मानिसकोे मृत्यु भएको र एक सय भन्दा ब...

प्रधानमन्त्रीले नै जवाफ दिनुपर्छ, आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन: हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान राखे...

सरकारको प्राथमिकता के हो भन्ने कुरा नीति तथा कार्यक्रममा स्पष्ट देखिँदैन: वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम स्पष्ट मार्गचित्रविही...

प्रधानमन्त्री अनुपस्थित हुनु अस्वाभाविक हैन, परम्परागत अभ्यासको निरन्तरतामा क्रमभंगता: रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले प्रतिनिधिसभामा प्रधानमन्त्री अनुपस्थित भएको विष...

कांग्रेसभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गर्न विश्वप्रकाश शर्माको आह्वान

काठमाडौँ । विश्वप्रकाश शर्माले नेपाली कांग्रेसभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गरेर पूर्ण एकताका साथ अघि बढ्नुपर्ने बताएका छन्। पोखरामा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending