Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

दक्षिण एसियाली मनसुनः जलवायु परिवर्तनले अस्थिर बनाएको जीवन रेखा

खबरडबली संवाददाता

नयाँदिल्ली । दक्षिण एसियाको वार्षिक मनसुन वर्षा एक अर्बभन्दा बढी मानिसहरूको जीवन रेखा मानिन्छ । तर जलवायु परिवर्तनका कारण यो अझ बढी अनियमित, घातक र विनाशकारी बन्दै गएको छ । यसमा कमजोर पूर्वाधारले प्रभावलाई झनै गहिरो बनाइरहेको विज्ञको चेतावनी छ ।

यो क्षेत्रको कृषि, खानेपानी आपूर्ति र जलविद्युत् उत्पादन प्रायः मौसमी वर्षामा निर्भर छन् । तर पछिल्ला अध्ययनले जलवायु परिवर्तनले चरम वर्षाका विस्फोट र लामो खडेरीका चक्रलाई बढाउँदैछ भन्ने देखाउँछन् ।

-मनसुन के हो ?-

अरबी शब्द मौसिम (मौसम) बाट व्युत्पन्न मनसुन भूमि अनि समुद्रको तापान्तरका कारण हुने हावाको उल्टो बहाव हो । विश्वका धेरै क्षेत्रमा यस्तो ढाँचा देखिन्छ । दक्षिण एसियामा, दक्षिणपश्चिमी मनसुन मे महिनाको अन्त्यमा दक्षिण भारतबाट सुरु भई सेप्टेम्बरसम्म उत्तरतर्फ फैलिन्छ । त्यसपछि अक्टोबरमा भूमिगत ताप घटेपछि बङ्गालको खाडीबाट आद्र्रता बोकेर आउने उत्तरपूर्वी मनसुनले दक्षिण भारत र श्रीलङ्कामा वर्षा गराउँछ ।

-परिवर्तनका सङ्केत-

भारत सरकारले यस वर्ष चेतावनी दिँदै भनेको छ, “मनसुनले अझ बारम्बार लामो सुक्खा खण्ड र तीव्र वर्षासहित पुनःआकार लिँदैछ ।” भारतको मौसम विज्ञान विभागका अनुसार सन् १९५० र सन् २०१५ को बीचमा चरम दैनिक वर्षाको घटना करिब ७५ प्रतिशतले बढेको छ । आधा वर्षा अब २० देखि ३० घण्टाभित्र खस्ने गरेको सरकारी तथ्याङ्क छ ।

पाकिस्तानमा यस वर्ष मनसुन सामान्यभन्दा चाँडो आएको र जुनको अन्त्यतिर नै ‘अत्यधिक’ वर्षा भएको मौसम विज्ञान विभागका प्रवक्ता इरफान विर्कले बताए । अगस्टको मध्यसम्ममा देशमा गत वर्षको तुलनामा ५० प्रतिशत बढी वर्षा भएको थियो ।

-जलवायु परिवर्तनको भूमिका-

विशेषज्ञहरूका अनुसार तातो समुद्रले हावामा बढी आद्र्रता भण्डारण गर्छ, जसलाई तातो वातावरणले अझै धेरै समात्छ । त्यसैले वर्षा हुँदा अत्यधिक खस्छ । “अझ तीव्र र सम्भवतः लामो मनसुनको प्रवृत्ति देखिँदैछ”, युनिभर्सिटी अफ न्युसाउथ वेल्सका जलवायु विज्ञ अगुस सान्टोसोले भने । 

तर एल निनो र ला निना जस्ता मौसमीय चक्रले पनि मनसुन ढाँचामा ठूलो प्रभाव पार्छन् । यी चक्रहरू जलवायु परिवर्तनकै कारण अझ अनिश्चित हुँदै गएका छन् । तर भविष्यवाणी अझै चुनौतीपूर्ण छ । “हामीसँग भारतीय उपमहाद्वीप र हिमाली क्षेत्रका धेरै ठाउँमा पर्याप्त अवलोकन सञ्जाल छैन”, इस्लामिक युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका वैज्ञानिक शकिल रोम्सूले भने, “यसले ढाँचा बुझ्न र अनुमान गर्न कठिन बनाउँछ ।”

-असरहरू-

मनसुनकै कारण दक्षिण एसियामा बाढी र भूस्खलन नयाँ कुरा होइन । तर पछिल्ला दशकमा घटनाहरूको सङ्ख्या तीव्ररूपमा बढेको छ । यस वर्ष मात्र, भारतको प्रमुख कृषिक्षेत्र पञ्जाबमा वर्षा औसतभन्दा दुई-तिहाइ बढी भयो, जसले खेतीपाती ध्वस्त पारेको छ । असमय वर्षाले माटोको उर्वरता, सिँचाइको तालिका र खाद्य आपूर्ति शृङ्खलालाई प्रभावित गरिरहेको छ ।

पाकिस्तानमा यो मनसुनले एक हजारभन्दा बढी मानिसको ज्यान लिएको छ । यो गत वर्षको तुलनामा करिब तीन गुणा हो । त्यहाँ पञ्जाब क्षेत्रका हजारौँ बासिन्दा विस्थापित भएका छन् । खराब पानीले रोग फैलाउने जोखिम बढाउँछ र लामखुट्टे जस्ता बाहकको प्रजननलाई प्रोत्साहित गर्छ । बाढीले शिक्षा, स्वास्थ्य र आजीविकामा गम्भीर असर पारेको छ ।

-थप जोखिमका कारण-

नेपालमा आधारित इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) का अनुसार हिमनदी छिटो पग्लिनु र वन विनाशले पहाडी ढलानहरूलाई कमजोर बनाउँदै घातक भूस्खलनको जोखिम बढाएको छ । त्यसमा थप, पर्याप्त वातावरणीय मूल्याङ्कनबिनै बनाइएका राजमार्ग, सुरुङ, बाँध र रेलमार्गले पहाडी भूगोललाई अझ असुरक्षित बनाएका छन् ।

“द्रुत र अनियोजित विकास, वन विनाश, नदीको प्रवाह परिवर्तन र कमजोर पूर्वाधारले ढलानलाई अस्थिर बनाउँछ र प्राकृतिक जलनिकासीलाई अवरुद्ध गर्छ”, भारतको भारती इन्स्टिच्युट अफ पब्लिक पोलिसीका विज्ञ अञ्जल प्रकाशले भने । जलवायु परिवर्तन, कमजोर पूर्वाधार र अव्यवस्थित विकास मिलेर दक्षिण एसियाली मनसुनलाई अझै अप्रत्याशित र विनाशकारी बनाइरहेका छन्, जसले यस क्षेत्रमा अर्बौं मानिसको जीवनरक्षा चुनौतीमा पारेको छ । रासस/एएफपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending