बारा । नेपालका विद्यमान राजनीतिक, आर्थिक तथा संरचनागत समस्याहरूको दीर्घकालीन समाधानका लागि प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहित सनातनी संवैधानिक राजसंस्था स्थापना गर्नुपर्ने माग गर्दै अनिश्चितकालीन आन्दोलनको घोषणा गरिएको छ।
आयोजक निर्देश सेढाईले जारी गरेको आह्वान अनुसार मुलुक हाल विश्वका धेरै राष्ट्रहरूजस्तै गम्भीर अनिश्चितता, भौगोलिक संवेदनशीलता र आन्तरिक अस्थिरताबीच आफ्नो अस्तित्व, अखण्डता र स्वाभिमान जोगाउन अदृश्य रूपमा अन्तिम लडाइँको आवश्यकता रहेको बताएका छन। उनले वर्तमान राज्य संरचनाले जनअपेक्षा पूरा गर्न नसकेको, आर्थिक बोझ बढाएको तथा प्रशासनिक जटिलता सिर्जना गरेको दाबी गरे।
निर्देशका अनुसार प्रादेशीय संरचनाले शासन प्रणालीलाई कमजोर बनाउँदै भ्रष्टाचार, दोहोरो प्रशासन र खर्चिलो व्यवस्थापनलाई बढावा दिएको छ। ‘देशलाई स्थायित्व, सुशासन र राष्ट्रिय एकताको मार्गमा अघि बढाउन प्रदेश संरचना खारेज गरी केन्द्रित र उत्तरदायी शासन प्रणाली आवश्यक छ,’ उनले भने।
उनले मुलुकको मौलिक पहिचान, ऐतिहासिक निरन्तरता र सांस्कृतिक सहअस्तित्वलाई संस्थागत गर्न हिन्दू, बौद्ध, किराँत, जैन, सिखलगायत सबै सनातनी मूल्य–मान्यता र आस्थालाई सापेक्ष रूपमा समेट्ने सनातनी संवैधानिक राजसंस्था स्थापना अपरिहार्य रहेको धारणा व्यक्त गरे। साथै प्रत्यक्ष रूपमा जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाले राजनीतिक स्थायित्व, स्पष्ट नेतृत्व र जवाफदेहिता सुनिश्चित गर्ने विश्वास व्यक्त गरे।
आयोजकका अनुसार हालको परिस्थितिमा मुलुकलाई दीर्घकालीन संकटबाट मुक्त गराई नेपाललाई फेरि महान बनाउने लक्ष्यका साथ यो आन्दोलनलाई अन्तिम आन्दोलनको रूपमा अघि बढाइएको जानकारी दिए। आन्दोलन शान्तिपूर्ण रहने र संविधान, राष्ट्रियता तथा जनहितका पक्षमा केन्द्रित हुने जनाइएको छ।
यसै सन्दर्भमा आगामी २०८२ साल पौष ३० गते बुधवार काठमाडौँको बालुवाटारमा दिउँसो १२ बजेदेखि अनिश्चितकालसम्म बालुवाटार घेराउ कार्यक्रम आयोजना गरिएको जानकारी आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी भई आफ्नो आवाज बुलन्द गर्न सम्पूर्ण देशभक्त नागरिक, विभिन्न सामाजिक संघ–संस्था, राष्ट्रवादी शक्ति तथा सरोकारवाला पक्षहरूलाई उपस्थितिका लागि समेत आयोजकले आह्वान गरेको छ।
आयोजक निर्देशले राष्ट्रको हित, पहिचान र भविष्य सुरक्षित गर्न सबै नेपाली एकताबद्ध हुनुपर्नेमा जोड दिँदै शान्तिपूर्ण र अनुशासित सहभागितामार्फत आन्दोलनलाई सफल बनाउन आग्रह गरेका छन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - २१:४१
काठमाडौं । ब्रह्मपुत्र र गंगानदीका बीच अवस्थित विशाल हिमवत्खण्ड केवल हिमालको भू–भाग मात्र होइन। यो भू–भाग हजारौं वर्ष पुरानो मानव सभ्यता, धार्मिक ज्ञा...
पौष २९ गते, २०८२ - २१:३०
बारा । नेपालका विद्यमान राजनीतिक, आर्थिक तथा संरचनागत समस्याहरूको दीर्घकालीन समाधानका लागि प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्...
पौष २९ गते, २०८२ - २१:२७
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच केही विषयमा सहमति बनेको भए पनि केहि प्रमुख मुद्दा अझै विवादास्पद बनेको छ। आज भ...
पौष २९ गते, २०८२ - २१:१६
काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना बनाएको आरोपमा ३१ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दाको अन्तिम फैसला ...
पौष २९ गते, २०८२ - २०:४७
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीलाई विग्रहमा जानबाट रोक्न र एकताबद्ध भएर निर्वाचनमा सहभागी हुनका लागि निरन्तर छलफल र संवाद भइरहेको ...
पौष २९ गते, २०८२ - २०:४४
कैलाली । बहुचर्चित भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला अदालत कैलालीले चार वर्षपछि अन्ततः फैसला सुनाएको छ । अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर ...
पौष २९ गते, २०८२ - २०:४०
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट एकलसहित १७ वटा चुनाव चिह्नका १७५ ...
पौष २९ गते, २०८२ - २०:३६
झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा निर्वाचन क्षेत्र नं २ मा करिब पाँच अर्ब रुपैयाँ बराबरको बजेट भित्र्याएर व...
पौष २९ गते, २०८२ - २०:३१
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको प्रमुख सांस्कृतिक पर्व माघी (माघ) को अवसरमा बुधबार पुस ३० गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरे...
पौष २९ गते, २०८२ - १८:१२
काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना अझै जीवित रहेको बताएका छन् । संसद विघटनसम्बन्धी मुद्दा...




प्रतिकृया लेख्नुहोस्: