काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले आगामी निर्वाचन आफ्नो पार्टीका लागि निर्णायक र अग्निपरीक्षा हुने बताएका छन् । उनले निर्वाचनलाई लिएर अन्योलमा बस्नुभन्दा संगठनलाई पूर्ण रूपमा परिचालन गर्दै तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
पार्टीको केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै सहसंयोजक नेपालले चुनाव केन्द्रित रणनीतिमा जुट्नुपर्ने आवश्यकता औंल्याए । उनले समानुपातिक निर्वाचन प्रणालीमा प्राप्त मतको संख्या नै पार्टीको प्रतिनिधित्व निर्धारण गर्ने मुख्य आधार हुने उल्लेख गरे ।
‘समानुपातिकतर्फ जति धेरै मत प्राप्त गर्न सक्यौँ, त्यति नै धेरै सांसद निर्वाचित गर्न सक्छौँ,’ उनले भने, ‘त्यसैले यो निर्वाचन हाम्रो पार्टीका लागि अग्निपरीक्षा हुनेछ । चुनाव हुन्छ कि हुँदैन भन्ने आशंका गरेर चुप लागेर बस्ने अवस्था छैन।’
उनले पार्टीले निर्वाचनलाई ध्यानमा राख्दै घोषणापत्र निर्माणका लागि कमिटी गठन गरिसकेको जानकारी पनि दिए । घोषणापत्रको मस्यौदा तयारीको कामसमेत अघि बढिसकेको बताउँदै उनले यसलाई जनमुखी र व्यवहारिक बनाइने बताए ।
सहसंयोजक नेपालले आगामी दिनमा निर्वाचनको सम्पूर्ण परिचालन, संगठन विस्तार र प्रचार–प्रसारका लागि छुट्टै कमिटी गठन गरिने जानकारी दिँदै पार्टी पंक्तिलाई सक्रिय र अनुशासित भएर लाग्न आह्वान गरे ।
‘निर्वाचनको पूर्ण तयारीका लागि हामी परिचालन कमिटी बनाउँदैछौँ,’ उनले थपे, ‘अबको समय संगठन बलियो बनाउने, जनतामाझ पुग्ने र पार्टीको नीति–दृष्टिकोण स्पष्ट रूपमा प्रस्तुत गर्ने हो।’
उनको अभिव्यक्तिलाई आगामी निर्वाचनमा पार्टीले आक्रामक र संगठित ढंगले प्रतिस्पर्धा गर्ने संकेतका रूपमा हेरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - १८:१२
काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना अझै जीवित रहेको बताएका छन् । संसद विघटनसम्बन्धी मुद्दा...
पौष २९ गते, २०८२ - १८:०२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले आगामी निर्वाचन आफ्नो पार्टीका लागि निर्णायक र अग्निपरीक्षा हुने बताएका छन् । उनले निर्वाचन...
पौष २९ गते, २०८२ - १७:५८
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको समय आज साँझ साढे ७ बजेसम्म कायम रहने भएको छ । विशेष महाधिवे...
पौष २९ गते, २०८२ - १७:५७
काठमाडौं । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (एफआइयू–नेपाल) ले आर्थिक वर्ष २०८१/८२ (सन् २०२4/२५) को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको ...
पौष २९ गते, २०८२ - १७:५१
नेकपाका केन्द्रीय सदस्यले लिए सपथ
पौष २९ गते, २०८२ - १७:४७
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता ...
पौष २९ गते, २०८२ - १२:५२
काठमाडौं । भारतको हिमाचल प्रदेशको सोलन जिल्लामा ग्यास सिलिण्डर विष्फोटमा ९ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नेपालीहरू सल्यान जोल्लाका भए...
पौष २९ गते, २०८२ - १२:३१
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमिसहित केही शीर्ष नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने भएका छन् । बुधब...
पौष २९ गते, २०८२ - १२:२६
मुस्ताङ । चीनबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको २ करोड २४ लाख रुपैयाँभन्दा बढी मूल्यको विद्युतीय चुरोट (भेप) सशस्त्र प्रहरीले बरामद गरेको छ । घटन...
पौष २९ गते, २०८२ - १२:२३
काठमाडौं । गृहमन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ८ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार उपसचिव ज...




प्रतिकृया लेख्नुहोस्: