Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

चुप लागेर बस्ने अवस्था छैन, आगामी निर्वाचन हाम्रो पार्टीका लागि अग्निपरीक्षा हाेः माधव नेपाल

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले आगामी निर्वाचन आफ्नो पार्टीका लागि निर्णायक र अग्निपरीक्षा हुने बताएका छन् । उनले निर्वाचनलाई लिएर अन्योलमा बस्नुभन्दा संगठनलाई पूर्ण रूपमा परिचालन गर्दै तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पार्टीको केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै सहसंयोजक नेपालले चुनाव केन्द्रित रणनीतिमा जुट्नुपर्ने आवश्यकता औंल्याए । उनले समानुपातिक निर्वाचन प्रणालीमा प्राप्त मतको संख्या नै पार्टीको प्रतिनिधित्व निर्धारण गर्ने मुख्य आधार हुने उल्लेख गरे ।

‘समानुपातिकतर्फ जति धेरै मत प्राप्त गर्न सक्यौँ, त्यति नै धेरै सांसद निर्वाचित गर्न सक्छौँ,’ उनले भने, ‘त्यसैले यो निर्वाचन हाम्रो पार्टीका लागि अग्निपरीक्षा हुनेछ । चुनाव हुन्छ कि हुँदैन भन्ने आशंका गरेर चुप लागेर बस्ने अवस्था छैन।’

उनले पार्टीले निर्वाचनलाई ध्यानमा राख्दै घोषणापत्र निर्माणका लागि कमिटी गठन गरिसकेको जानकारी पनि दिए । घोषणापत्रको मस्यौदा तयारीको कामसमेत अघि बढिसकेको बताउँदै उनले यसलाई जनमुखी र व्यवहारिक बनाइने बताए ।

सहसंयोजक नेपालले आगामी दिनमा निर्वाचनको सम्पूर्ण परिचालन, संगठन विस्तार र प्रचार–प्रसारका लागि छुट्टै कमिटी गठन गरिने जानकारी दिँदै पार्टी पंक्तिलाई सक्रिय र अनुशासित भएर लाग्न आह्वान गरे ।

‘निर्वाचनको पूर्ण तयारीका लागि हामी परिचालन कमिटी बनाउँदैछौँ,’ उनले थपे, ‘अबको समय संगठन बलियो बनाउने, जनतामाझ पुग्ने र पार्टीको नीति–दृष्टिकोण स्पष्ट रूपमा प्रस्तुत गर्ने हो।’

उनको अभिव्यक्तिलाई आगामी निर्वाचनमा पार्टीले आक्रामक र संगठित ढंगले प्रतिस्पर्धा गर्ने संकेतका रूपमा हेरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनकामना पुगेर फर्किंदै गरेको माइक्रो भीरबाट खस्यो

काठमाडौं  । गोरखाको मनकामना पुगेर फर्किएको माइक्रो बस भीरबाट खसेको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कान्टारनजिकै भीरबाट माइक्रो खसेको गोरखा प्...

एमालेले टुङ्गो लगायो समानुपातिक सांसद, को–को परे ?

काठमाडौं  । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न...

प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले गर्‍यो नौ सय ट्रान्सफर्मर मर्मत

बाग्मती। कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर...

ग्यास उद्योगलाई कडाइः विक्रेतालाई बाँडिएको ग्यासको विवरण निगमलाई १० बजेभित्रै जानकारी गराउनु पर्ने

काठमाडौँ । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक ग...

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट पठाउने चार जना सांसदको नाम टुंगो लगाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा ...

बिहान उठेर खाली पेट पानी पिउनुका ११ फाइदा

काठमाडौं । बिहान उठ्नेबित्तिकै खाली पेट पानी पिउनु स्वास्थ्यका लागि लाभदायक बानीका रूपमा लिइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यो अभ्यासले शरीरलाई सक्रि...

रोल्पामा माटोको ढिस्कले पुर्दा एक महिलाको ज्यान गयो, तीन घाइते

रोल्पा । रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पूरिएर एक महिलाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ...

पत्रकारिता र कवितामा अलग पहिचान बनाएका सुरेश किरणको अवसानले साहित्य जगत् शोकमा

काठमाडौं । नेपाली साहित्य, पत्रकारिता र भाषा आन्दोलनका सक्रिय हस्ताक्षरको निधन भएको छ। उनको निधनसँगै नेपालभाषा साहित्य, समसामयिक व्यङ्ग्य र भाषिक अधिक...

महावीर पुनको चुनावी हिसाबकिताब : २८ लाख खर्च, २७ लाखभन्दा बढी बचत

बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले निर्वाचन आयोगमा खर्च विवरण बुझाउने क्रम जारी छ। यही क्रममा म्याग्दीबाट निर्वाचित सा...

सञ्चालनमा आयो ललितपुर महानगरको अपांगतामैत्री प्रशासनिक भवन

ललितपुर । ललितपुर महानगरपालिकाको अपांगतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ । ललितपुर–१२ को प्रशासनिक कार्यालयसमेत सञ्चालन हुनेगरी महानगर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: