Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

चार वर्षपछि टुंगियो भूपेन्द्र बडुवाल हत्याकाण्ड: ६ जनालाई आजीवन कारावास, ७ जनालाई जन्मकैद

खबरडबली संवाददाता

कैलाली । बहुचर्चित भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला अदालत कैलालीले चार वर्षपछि अन्ततः फैसला सुनाएको छ । अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै १३ जनालाई जन्मकैदको सजाय सुनाएको छ भने ७ जनालाई अभियोगबाट पूर्ण रूपमा सफाइ दिएको छ ।

लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको २०७८ साल कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा धारिलो हतियार प्रयोग गरी निर्मम हत्या गरिएको थियो । उक्त घटनाले कैलालीसहित सुदूरपश्चिममा ठूलो सनसनी मच्चाएको थियो ।

घटनापछि २०७८ साल फागुन २६ गते जिल्ला सरकारी वकिलको कार्यालय कैलालीले नवीन रावललाई मुख्य अभियुक्त बनाएर २१ जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो ।

घटनाको करिब चार वर्षपछि जिल्ला न्यायाधीश गोकुल निरौलाको एकल इजलासले मुख्य अभियुक्त नवीन रावलसहित ६ जनालाई ‘जीवित रहेसम्म कारावास’ अर्थात् आजीवन जन्मकैदको सजाय हुने ठहर गरेको हो ।

अदालतका सूचना अधिकारी पंकज उपाध्यायका अनुसार मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम आजीवन जन्मकैद सजाय पाउनेमा नवीन रावलसँगै आर्यान देवकोटा, रोशन बहादुर शाही, अनुज भन्ने चिरञ्जिवी जंग शाही, रोहित आले र हिमाल शाही रहेका छन् ।

त्यसैगरी, मदन शाही, हेमन्त शाही, धिरज भन्ने दीपेन्द्र शाही, गोलु भन्ने निशान्त मल्ल, शोहन शाह, लोकेन्द्र कुवँर र सविनजंग शाहीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ (१) बमोजिम जन्मकैद सजाय सुनाइएको अदालतले जनाएको छ ।

अदालतले भने अशोक रावल, महेश रावल, जयन्द्र शाह, विकास खड्का, प्रविन रिमाल, विकास सेरचन थकाली र कपिल श्रेष्ठ गरी ७ जनालाई अभियोग दाबी पुग्न नसकेको ठहर गर्दै पूर्ण रूपमा सफाइ दिएको छ ।

यस मुद्दामा सुरूदेखि नै फरार रहेका प्रतिवादी लोकजंग शाहीको हकमा भने मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९८ अनुसार मुद्दा मुल्तबीमा राख्ने आदेश गरिएको छ ।

अदालतले सजाय पाएका १३ जना प्रतिवादीहरूलाई संयुक्त रूपमा पीडित पक्षलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दामासाहीका आधारमा उपलब्ध गराउन आदेश दिएको छ । साथै उनीहरूबाट जनही दुई हजार आठ सय रुपैयाँका दरले पीडित राहत कोषमा रकम दाखिला गर्नुपर्ने आदेशसमेत भएको छ ।

चार वर्षसम्म चलेको लामो सुनुवाइपछि आएको यस फैसलाले पीडित परिवारलाई केही हदसम्म न्यायको अनुभूति गराएको बताइएको छ भने अदालतको निर्णयलाई कानूनको शासन र आपराधिक घटनामा कडा सन्देशका रूपमा हेरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हिमवत्खण्ड: पर्वत, नदी, सभ्यता र नेपालको पवित्र भू–भाग

काठमाडौं । ब्रह्मपुत्र र गंगानदीका बीच अवस्थित विशाल हिमवत्खण्ड केवल हिमालको भू–भाग मात्र होइन। यो भू–भाग हजारौं वर्ष पुरानो मानव सभ्यता, धार्मिक ज्ञा...

सनातनी संवैधानिक राजसंस्था स्थापना मागसहित बालुवाटार घेराउको आह्वान

 बारा । नेपालका विद्यमान राजनीतिक, आर्थिक तथा संरचनागत समस्याहरूको दीर्घकालीन समाधानका लागि प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्...

कांग्रेस विवाद चर्कियो: वार्तामा यी विषय अझै पेचिलो

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच केही विषयमा सहमति बनेको भए पनि केहि प्रमुख मुद्दा अझै विवादास्पद बनेको छ। आज भ...

नक्कली भुटानी शरणार्थी प्रकरण : ३४ पटक पेसी, अन्तिम फैसला अनिश्चित

काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना बनाएको आरोपमा ३१ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दाको अन्तिम फैसला ...

नेपाली कांग्रेसमा एकताको जोड: विभाजन रोक्न छलफल जारी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीलाई विग्रहमा जानबाट रोक्न र एकताबद्ध भएर निर्वाचनमा सहभागी हुनका लागि निरन्तर छलफल र संवाद भइरहेको ...

चार वर्षपछि टुंगियो भूपेन्द्र बडुवाल हत्याकाण्ड: ६ जनालाई आजीवन कारावास, ७ जनालाई जन्मकैद

कैलाली । बहुचर्चित भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला अदालत कैलालीले चार वर्षपछि अन्ततः फैसला सुनाएको छ । अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर ...

समानुपातिक बन्दसूचीबाट १७ दलका १७५ उम्मेदवारले फिर्ता लिए नाम, लोसपाका सबैभन्दा धेरै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट एकलसहित १७ वटा चुनाव चिह्नका १७५ ...

तीन वर्षमै झापा–२ मा पाँच अर्बको बजेट, विकासलाई संस्थागत गरें : सभामुख घिमिरे

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा निर्वाचन क्षेत्र नं २ मा करिब पाँच अर्ब रुपैयाँ बराबरको बजेट भित्र्याएर व...

माघी पर्वको अवसरमा सुदूरपश्चिममा बुधबार सार्वजनिक बिदा, थारु समुदायको ‘जिता पर्व’लाई औपचारिक मान्यता

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको प्रमुख सांस्कृतिक पर्व माघी (माघ) को अवसरमा बुधबार पुस ३० गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरे...

संसद भंग गरेर संविधानलाई जबरजस्ती लिकबाहिर पुर्‍याइयो, विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुन सक्छः सभामुख घिमिरे

काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना अझै जीवित रहेको बताएका छन् । संसद विघटनसम्बन्धी मुद्दा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending