निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार साँझ ६ः३० बजेदेखि ७ः३० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको छ । उनले उक्त समयसीमाभन्दा बाहिर कुनै पनि उम्मेदवारी स्वीकार नगरिने बताए ।
‘साँझ ६:३० बजेदेखि ७:३० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । यसपछि समय थप हुँदैन,’ केसीले भने, ‘मतदानसहितको परिमार्जित कार्यतालिका सार्वजनिक गर्न लागेका छौँ । राति मतदान हुँदैन, भोलि बिहानदेखि कार्यक्रमलाई निरन्तरता दिइन्छ।’
यसैबीच, कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र करिब नौ घण्टादेखि निरन्तर जारी छ । चिया र खानाको औपचारिक ब्रेकसमेत नलिइकन बन्दसत्र सञ्चालन भइरहेको जनाइएको छ । पार्टीका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा सम्पूर्ण समय बन्दसत्रमै उपस्थित रहेको जानकारी दिइएको छ ।
बन्दसत्रमा विभिन्न प्रदेश, जिल्ला र प्रतिनिधिहरूबाट आएका सुझाव, धारणा र संशोधन प्रस्तावमाथि छलफल भइरहेको छ । सचिवालयका अनुसार बन्दसत्र अझै करिब दुई घण्टा चल्नेछ र यस अवधिमा प्राप्त सुझावहरूलाई समेट्ने काम गरिनेछ ।
आज साँझ दुवै महामन्त्रीले बन्दसत्रलाई सम्बोधन गरेपछि मात्रै बन्दसत्र औपचारिक रूपमा समापन हुने बताइएको छ । विशेष महाधिवेशनमार्फत पार्टीको भावी नेतृत्व र आगामी राजनीतिक कार्यदिशा तय हुने भएकाले बन्दसत्र र उम्मेदवारी दर्ताप्रति नेता–कार्यकर्ताको चासो उच्च रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - २०:५२
काठमाडौं । गोरखाको मनकामना पुगेर फर्किएको माइक्रो बस भीरबाट खसेको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कान्टारनजिकै भीरबाट माइक्रो खसेको गोरखा प्...
फाल्गुन ३० गते, २०८२ - २०:४३
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न...
फाल्गुन ३० गते, २०८२ - १९:४१
बाग्मती। कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर...
फाल्गुन ३० गते, २०८२ - १९:३८
काठमाडौँ । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक ग...
फाल्गुन ३० गते, २०८२ - १९:३४
विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट पठाउने चार जना सांसदको नाम टुंगो लगाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा ...
फाल्गुन ३० गते, २०८२ - १९:२२
काठमाडौं । बिहान उठ्नेबित्तिकै खाली पेट पानी पिउनु स्वास्थ्यका लागि लाभदायक बानीका रूपमा लिइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यो अभ्यासले शरीरलाई सक्रि...
फाल्गुन ३० गते, २०८२ - १९:२०
रोल्पा । रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पूरिएर एक महिलाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ...
फाल्गुन ३० गते, २०८२ - १९:१४
काठमाडौं । नेपाली साहित्य, पत्रकारिता र भाषा आन्दोलनका सक्रिय हस्ताक्षरको निधन भएको छ। उनको निधनसँगै नेपालभाषा साहित्य, समसामयिक व्यङ्ग्य र भाषिक अधिक...
फाल्गुन ३० गते, २०८२ - १९:०९
बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले निर्वाचन आयोगमा खर्च विवरण बुझाउने क्रम जारी छ। यही क्रममा म्याग्दीबाट निर्वाचित सा...
फाल्गुन ३० गते, २०८२ - १९:०३
ललितपुर । ललितपुर महानगरपालिकाको अपांगतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ । ललितपुर–१२ को प्रशासनिक कार्यालयसमेत सञ्चालन हुनेगरी महानगर...


प्रतिकृया लेख्नुहोस्: