Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

नेपालमा बालबालिकामाझ अटिजमको समस्या बढ्दो

खबरडबली संवाददाता

काठमाडौँ । नेपालमा बालबालिकामाझ अटिजमको समस्या बढ्दो क्रममा रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार देशभर ४ हजार ८८६ जनामा अटिजम भएको तथ्यांक छ । तर विश्व स्वास्थ्य संगठनले यो संख्या वास्तविकताभन्दा धेरै कम भएको बताएको छ । संगठनका अनुमानमा नेपालमा करिब तीन लाख मानिस अटिजमको प्रभावमा छन् ।

अटिजम केयर नेपाल सोसाइटीकी अध्यक्ष डा. सुनिता मलेकु अमात्यका अनुसार जनगणनामा अटिजम भएका बालबालिकाको संख्या कम देखिए पनि वास्तविक संख्या अनुमानित तीन लाखजति पुग्छ । अटिजम एक प्रकारको न्युरो डेभलपमेन्ट डिसअर्डरहो, जसमा बालबालिकाको उमेरअनुसारको व्यावहारिक, सामाजिक र सञ्चार क्षमताको विकास ढिलो हुन्छ ।

अटिजम भएका बच्चाले आँखामा आँखा नजोड्ने, बोलेर कुरा व्यक्त गर्न नसक्ने, शब्द वा वाक्य दोहोर्‍याउने, एक्लै बस्न रुचाउने, खेलौना वा साना बच्चासँग नखेल्ने, एकोहोरो हुने, फरक ढङ्गको स्नायुजन्य प्रतिक्रिया देखाउने जस्ता लक्षण देखिन्छन् । जन्मजात हुने यो अवस्था सामान्यतः दुईदेखि अढाई वर्षको बीचमा पत्ता लाग्न सक्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्व जनसंख्याको करिब एक प्रतिशतमा अटिजमको समस्या हुन्छ। नेपालमा पनि करिब यस्तै अनुपातमा बालबालिका प्रभावित हुने अनुमान छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले २०२३ को अध्ययनमा ३१ मध्ये एक जनामा अटिजम देखापर्ने तथ्य प्रस्तुत गरेको छ ।

अटिजमलाई पूर्ण रूपमा निको पार्न सकिँदैन, तर विशेष शिक्षामूलक विधि र थेरापी प्रभावकारी हुन्छन् । डा. अमात्यका अनुसार अटिजम भएका बालबालिकालाई व्यावहारिक तथा सञ्चार थेरापी, अकुपेसन थेरापी र खेलको माध्यमबाट सिकाइ प्रभावकारी हुन्छ । उनीहरूको क्षमताअनुसार तालिम दिँदा उनीहरूले उपयुक्त काम गर्न सक्छन् । अटिजम छोराहरूमा छोरीभन्दा करिब चार गुणा बढी देखिन्छ ।

हाल अटिजम भएका बालबालिकाको हेरचाह र शिक्षाको जिम्मा मुख्यतः अभिभावकमाथि नै पर्छ । ग्रामीण क्षेत्रमा अभिभावक र शिक्षकबीच अटिजमबारे सचेतना अझै कमजोर छ, जसका कारण विद्यालय तहमा पहिचान र उचित शिक्षा सुनिश्चित गर्न चुनौती छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले अटिजम भएका बालबालिकाको उपचार, शिक्षा र पहिचानलाई प्राथमिकतामा राखेर समिति गठन गरिएको बताए । समितिको प्रतिवेदन कार्यान्वयन गर्दै सरकारले आवश्यक सेवा विस्तार गर्ने तयारी गरेको छ ।

विशेषज्ञहरूका अनुसार अटिजमको मुख्य कारण अझै स्पष्ट नभए पनि वंशाणुगत कारणलाई महत्वपूर्ण मानिन्छ । अटिजमलाई रोग नभई अपाङ्गता मान्यता दिइएको छ र समाजमा सचेतना बढाउन निरन्तर पहल आवश्यक छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै गर्नुपर्छ: थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...

मध्य म्यानमारमा हवाई आक्रमण, १८ जनाको मृत्यु

नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...

सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् ।  वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...

सङ्खुवासभाको सभापोखरीमा अस्पताल सञ्चालन

खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...

भारतका खानी क्षेत्रमा सौर्य बत्तिले महिलामा आशा र आत्मनिर्भरता

भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...

यमनमा शान्ति प्रयासः २६ शव हस्तान्तरणसँगै वार्ताको वातावरण सहज

साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...

क्यानाडाको श्रम बजारमा सुधार

ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...

नवलपुरमा ६ सय ६६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...

महोत्तरीमा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  बर्दीबासस्थित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending