Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

सुटकेसभित्र थुनिएको सपनाः रुवीको अधुरो जीवनकथा र समाजको मौनता

गुमनाम गाउँले
गुमनाम गाउँले

काठमाडाैं  ।   शनिबार राति रौतहटको गौर–सिर्सिया सडक खण्ड नजिकै एउटा सुटकेस देखिएको थियो । सुरुवाती आशंका थियो—भित्र बम वा कुनै विस्फोटक पदार्थ होला । राति करिब ११ बजे प्रहरीले देखेको एउटा सुटकेस, सुरुवातमा “विस्फोटक हुन सक्छ” भन्ने आशंकामा रातभर निगरानीमा राख्यो । प्रहरीको निगरानीमै रात बित्यो । तर, आइतबार बिहान सुटकेस खोलेपछि त्यहाँ भेटियो—२६ वर्षीया रुवी कुमारी साहको निसासिएको शरीर।

माधवनारायण नगरपालिका–६ माइती भएकी रुवीको विवाह भारतको मुजफ्फरपुरमा भए पनि हाल गौर नगरपालिका–२ मा आमासँगै बस्दै आएकी थिइन् ।  रुवी, एक आमाको नाउँ जसको सपना चार वर्षको छोराको भविष्यसँग गाँसिएको थियो । विवाह भारतको मुजफ्फरपुरमा भए पनि, उनले छोरालाई पढाउनकै लागि गौरमा आमासँग कोठा भाडामा लिएर बस्ने गरेकी थिइन् । 

विद्यालय नजिक बसाउने, पढाइ सहज बनाउन भनी उनले कोठा भाडामा लिएकी थिइन्।   सामान्य पारिवारिक जीवन, मध्यम वर्गीय सपनाहरू, र छोराको उज्ज्वल भोलिको लागि उनले रोजेको संघर्ष। तर त्यो संघर्ष आइतबार बिहान एउटा सुटकेसभित्र समाप्त भयो । शवको प्रारम्भिक जाँचले सुटकेसभित्र राख्नुअघि उनको घाँटी सल र डोरीले कसेर हत्या गरिएको प्रहरीले बताएको छ ।  

रुवी शनिबार साँझसम्म बजारमा देखिएकी थिइन् । सामान्य दिनझैँ उनको दिन सुरु भएको थियो । तर साँझ ५ बजेपछि उनी हराइन् । हराएको खबर परिवारलाई आइतबार बिहान मात्र दिइएको थियो । तर त्यो बेलासम्म प्रहरीको हातमा आएको शव रुवीकै थियो।  उनको आमाले शव देख्नेबित्तिकै सनाखत गरिन् । आँसु र चिच्याहटसँगै उनले भनिन्—“यो मेरी छोरी हो।” त्यो पीडा कुनै शब्दले समेट्न सक्दैन।

रुवीको जीवनकथा एउटा आमाको संघर्ष हो । छोरालाई विद्यालय पठाउन, राम्रो भविष्य बनाउन उनी गौरमा बसेकी थिइन् । आफ्ना व्यक्तिगत असहजता, सम्भावित कठिनाइलाई पन्छाएर उनले छोराको उज्ज्वल भोलिको लागि रोजेको बाटो त्यति लामो भएन ।

अहिले चार वर्षको त्यो छोराले बुझ्दैन—किन आमा अचानक हराइन् ? किन आमा फर्किएर आएनन् ? उसलाई केवल यत्ति थाहा छ—आमा कहिल्यै नउठ्ने गरी निदाइरहेकी छन्।

रुवीले आफ्ना संघर्षलाई “म छोराको लागि बाँचिरहेकी छु” भन्दै आमासँग धेरैपटक दोहोर्याउँथिन् । आफ्ना सम्बन्धहरू सामान्य रहेको, पति र परिवारसँग कुनै ठूला विवाद नभएको कुरा उनका पतिले समेत बताएका छन् । तर, आइतबार बिहान जब उनी गौर पुगे, रुवीलाई भेट्न पाएनन्—शवसँग मात्र भेट भयो।

रुवीको हत्या केवल व्यक्तिगत त्रासदी होइन, यो हाम्रो समाजको सामूहिक असफलताको प्रतिबिम्ब पनि हो। नेपालमा हरेक वर्ष सयौँ महिलाहरू घरेलु हिंसा, बलात्कार वा योजनाबद्ध अपराधका शिकार हुन्छन्। तर अधिकांश घटना प्रहरीसम्म पुग्दैनन् । केही पुगेपनि अनुसन्धान र कारबाहीमा कमजोरी रहन्छ। सडकमा फ्याँकिएको शव, सुटकेसभित्र बन्द जीवन—यसले देखाउँछ कि अपराधीलाई राज्य संरचनाको डर छैन।

नेपालमा महिला हिंसालाई अझै पनि “व्यक्तिगत समस्या” का रूपमा हेर्ने सोच हावी रहेकाे छ। पीडितले न्याय माग्दा “पारिवारिक विवाद” भन्दै ढाकछोप गर्ने परम्परा अझै रहेको छ। यसले एउटा गहिरो प्रश्न उठाएको छः किन हाम्रो समाज अझै पनि महिला सुरक्षा यति कमजोर छ ?

रुवी सुटकेसभित्र भेटिएकी एक युवती मात्र होइनन् । उनी हाम्रै वरिपरिका छोरी, आमा, दिदीबहिनीहरूको प्रतिनिधि हुन्, जसको सुरक्षा अझै सुनिश्चित छैन।

के हाम्रो समाज महिलालाई अझै सुरक्षित स्थान दिन सक्षम भएको छ ?  के राज्यको संयन्त्रले पीडितलाई न्याय दिलाउन सक्छ ? र, के हामी नागरिकको हैसियतमा मौन बस्ने कि आवाज उठाउने ? भन्ने प्रश्न यस घटनाले उठाएको छ । 

आज रुवी छैनन् । तर उनको नामले एउटा प्रश्न भने जिउँदो छः कसरी हामीले आफ्ना छोरीहरूको जीवनलाई सुरक्षित बनाउन सक्छौँ ?  रुवी सुटकेसभित्र भेटिएको शव मात्र होइनन् । उनी अधुरो सपना हुन्, नपुगेको भविष्य हुन्, र हाम्रो समाजले नसोचेको प्रश्न हुन्।

यदि यो घटना पनि केवल ‘समाचार’ भएर सकिने हो भने, भोलि अर्को सुटकेसभित्र अर्को रुवी भेटिन समय ढिलाे लाग्दैन। सुटकेसभित्र राखेर सडककिनारमा फ्याँकिएको शव केवल एउटा अपराध होइन, यो हाम्रो समाजको मौन सहमतिको प्रतिविम्ब हो । रुवी मात्र होइनन्, हरेक दिन कतिपय महिला हिंसाको चपेटामा पर्छन्, तर आवाज उठ्दैन।

रुवी अब छैनन्, तर उनको ४ वर्षको छोराले भने अझै पनि आमा भनेर पुकारिरहनेछ। आमाले अझै पनि छोरीको तस्बिर अँगालोमा हालेर रुनुपर्नेछ।  रुवी सुटकेसभित्र भेटिएको एउटा शव मात्र होइनन्। उनी हरेक आमाहरूको सपना हुन्, हरेक छोरीहरूको संघर्ष हुन्, हरेक महिलाहरूको अपमानित जीवनको प्रतीक हुन्।

यो घटना हामी सबैलाई झकझक्याउने प्रश्न हो—कसरी एउटा आमाको ज्यान, एउटा छोरीको जीवन, एउटा युवतीको सपना यत्तिकै सजिलै कसेर सुटकेसभित्र थुनियो ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending