Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

पूर्वी पहाडमा ‘मत परिवर्तन’को नयाँ अध्याय : कांग्रेस–एमालेलाई उछिन्दै श्रम संस्कृति दोस्रो शक्ति

खबरडबली संवाददाता

 

काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ को जनआन्दोलन, माओवादी जनयुद्धपछिको चुनावदेखि राजतन्त्र विरोधी आन्दोलनसम्म—पूर्वी पहाडले हरेक राजनीतिक मोडमा नयाँ शक्तिलाई साथ दिएको इतिहास छ ।

यस पटक पनि ‘मत परिवर्तन’ भयो, तर त्यो देशभर उर्लिएको घण्टीको लहरमा मात्र सीमित रहेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशभर पहिलो शक्ति बन्दा पूर्वी पहाडका जिल्लाहरूमा भने श्रम संस्कृति पार्टी अप्रत्याशित रूपमा दोस्रो ठूलो शक्ति बन्यो ।

कोशीमा नयाँ शक्ति समीकरण

समानुपातिकतर्फको अन्तिम मत परिणामअनुसार कोशी प्रदेशमा रास्वपाले ४ लाख ५३ हजार १३८ मत प्राप्त गरेको छ । श्रम संस्कृतिले २ लाख ९२ हजार ४९ मत ल्याउँदै कांग्रेस र एमालेलाई पछि पारेको छ ।

नेपाली कांग्रेस ले २ लाख ९० हजार ५६२, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले २ लाख ८८ हजार १८६ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ९७ हजार ६७९ मत प्राप्त गरेका छन् ।

तराई क्षेत्रमा रास्वपाले वर्चस्व जमाउँदा पहाडी जिल्लामा भने श्रम संस्कृतिको प्रभाव उल्लेखनीय देखियो । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृतिले पराजित भएका क्षेत्रमा पनि उत्साहजनक मत ल्यायो । इलाम र पाँचथरमा निकटतम प्रतिस्पर्धी बनेको पार्टीले समानुपातिकतर्फ विजयी दलभन्दा बढी मत पाएको तथ्यले ‘लोकप्रिय मत’ आफ्नो पक्षमा रहेको संकेत दिएको छ ।

‘माटो’को लहर र हर्कको प्रभाव

श्रम संस्कृति पार्टीको चुनाव चिह्न ‘माटो’ पूर्वी पहाडमा प्रतीकात्मक अभियानका रूपमा स्थापित भयो । यसको केन्द्रमा छन् धरानका मेयर हर्क साम्पाङ ।

धरानमा उनले अघि बढाएको श्रमदान अभियान, पारदर्शिताको दाबी र ‘भुईँमान्छे’ शैलीको राजनीतिले युवापुस्तालाई आकर्षित गरेको विश्लेषण गरिएको छ । ‘माया धराने’ साबुन उद्योग र बेसार प्रशोधन जस्ता स्थानीय उत्पादनमुखी प्रयासले पनि उनलाई ‘बोल्ने मात्र होइन, गर्ने नेता’को छवि दिएको समर्थकहरू बताउँछन् ।

पहिचानवादी मनोविज्ञानको पुनरुत्थान?

कोशी नामाकरण विवादपछि उठेको ‘नो कोशी’ आन्दोलन, विगतका खम्बुवान–लिम्बुवान आन्दोलन र पहिचानवादी धारको असन्तुष्टि पूर्वी पहाडमा अझै जीवित छ । परम्परागत दलहरूले पहिचानलाई समेट्ने वाचा गरे पनि व्यवहारमा लागू नगरेको असन्तोषबीच श्रम संस्कृतिलाई वैकल्पिक प्रतिनिधित्वका रूपमा हेरिएको विश्लेषकहरूको भनाइ छ ।

हर्क साम्पाङले औपचारिक रूपमा पहिचानबारे स्पष्ट धारणा सार्वजनिक नगरे पनि पहिचानवादी जनमतको एक हिस्सा उनीप्रति सकारात्मक देखिएको छ ।

प्राविधिक कारण र अन्तर्घात

ठूला दलभित्रको असन्तुष्टि, अन्तर्घात र संगठनात्मक कमजोरिले पनि परिणाममा प्रभाव पारेको देखिन्छ । टिकट वितरणप्रति असन्तुष्टि र आन्तरिक विभाजनका कारण कांग्रेस र एमाले दुबै दलमा मत बिखण्डित भएको स्थानीय नेताहरू स्वीकार गर्छन् ।

कति टिक्ला ‘माटो’को प्रभाव?

पूर्वी पहाडको जनमत परिवर्तनशील छ । २०६४ मा माओवादीलाई साथ दिएको क्षेत्र त्यसपछिका चुनावमा क्रमशः टाढिँदै गयो । त्यसैले स्थापनाको चार महिनामै राष्ट्रिय दल बनेको श्रम संस्कृति दीर्घकालीन रूपमा टिक्न सक्छ कि सक्दैन भन्ने प्रश्न खुलै छ ।

तर यति निश्चित देखिएको छ । पूर्वी पहाडले फेरि एकपटक ‘मत परिवर्तन’ गरेको छ, र यस पटक त्यो परिवर्तनले कोशीको राजनीतिक अंकगणित नै फेरिदिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच समस्याग्रस्त सहकारीका ३ हजार बचतकर्ताले आजदेखि रकम फिर्ता पाउने

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...

आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि निधन

काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...

कालीमाटी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...

मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा

चितवन । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो ...

२४ वर्षपछि हेटौँडा कपडा उद्योगमा फेरि चहलपहल, दुई महिनाभित्र परीक्षण उत्पादन

काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रियामा प्रवेश गरेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चा...

पदबहालीसँगै काउन्सिल अध्यक्ष श्रेष्ठको घोषणा : एआई निर्देशिका बन्छ, प्रेस स्वतन्त्रता प्राथमिकतामा

काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सोमबार पदबहाली गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई म...

बर्डफ्लुले कुखुरा संकटमा, खसी–राँगा–माछामा मनपरी मूल्य

काठमाडौं । बर्डफ्लु संक्रमणका कारण कुखुरा उद्योग संकटमा परेका बेला यसको असर मासु बजारमा पनि देखिएको छ। कुखुराको माग घटेसँगै खसी, राँगा र माछाको मूल्य ...

नारायणगढ–मुग्लिनमा पहिरो पन्छिँदै, हेटौँडाबाट काठमाडौंतर्फ सवारी सञ्चालन सुरु

काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडकहरू क्रमशः खुलाउने प्रयास तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउ...

सुनसरीमा विद्युत् कार्यालयको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बा १ ...

सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाखको चेक बाउन्स : कीर्ते, बैंक र अनुसन्धानमाथि उठे गम्भीर प्रश्न

काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending