काठमाडौं । रौतहटमा सुटकेसभित्र भेटिएको महिलाको शव स्थानीय माधवनारायण नगरपालिका ६ माइती भएकी रुवी कुमारी साहको भएको पुष्टि भएको छ । रौतहट प्रहरीका प्रवक्ता डिएसपी राजु कार्कीका आइतबार बिहान सुटकेसभित्र भेटिएको शव रुवी कुमारी साहको भएको खुलेको हो ।
रौतहटको गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिकै शनिवार राति करिब ११ बजे सुटकेस फेला परेको थियो । बाहिर डोरीले बाँधेर सडक किनारमा छाडिएको उक्त सुटकेसभित्र विस्फोटक पदार्थ हुन सक्ने आशंका गरी प्रहरीले रातभर सुरक्षा दिएको थियो ।
आइतबार बिहान विस्फोटक पदार्थ नरहेको पुष्टि भएपछि रौतहट प्रहरीका डिएसपी राजु कार्की नेतृत्वको प्रहरी टोली पुगेर सुटकेस खोल्दा त्यसभित्र महिलाको शव भेटिएको थियो । बिहान साँढे ६ बजे सुटकेस खोलेर हेर्दा महिलाको शव भेटिएको हो ।
सुरुमा पहिचान नखुलेको उक्त शव त्यसको केही समयमै मृतक महिलाकी आमाले आफ्नी छोरी रुवी कुमारी साह भएको सनाखत गरेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्तासमेत रहेका डिएसपी राजु कार्कीका अनुसार मृतक रुवी कुमारी साहको माइती रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ६ मा रहेको छ । उनको विवाह भने भारतको मुजफ्फरपुरमा भएको थियो ।
रुवी यति बेला गौर नगरपालिका २ मा कोठा भाडामा लिएर बस्ने गरेकी थिइन् । आफ्नो छोरालाई पढाउनका लागि भन्दै रुवी गौरमा आफ्नी आमासँग बस्ने गरेकी थिइन् । उनी बसेको स्थान माइती र घरको ठिक बिचमा पर्ने स्थान हो । ४ वर्षको छोरा पढाउन गौरमा बस्दै गरेकी उनको आइतबार बिहान सुटकेसभित्र शव भेटिएको हो ।
उनकी आमाको अनुसार रुवीको उमेर २६ वर्षको छ । शनिवार साँझ कबिर ५ बजेसम्म बजारमा देखिएकी उनी त्यसपछि भेटिएकी थिइनन् । उनी हराएको सूचना पनि आइतबार बिहानसम्म आएको थिएन । आइतबार बिहान सुटकेसभित्र महिलाको शव भेटिएको खबर बाहिरिएसँगै उनकी आमा र भाइ रुवी हराएको भन्दै प्रहरी कार्यालय पुगेका थिए ।
शवको प्रारम्भिक अवस्था हेर्दा सल र सानो डोरीले घाँटी कसेर उनको हत्या भएको पाइएको छ । रुवीको हत्या भएको सूचना पाएसँगै भारतबाट उनका पति पनि गौर आइपुगेका छन् ।
रुवीको घरतर्फको सम्बन्ध पनि राम्रो रहेको र सल्लाहमै गौरमा बसेर छोरो पढाएको उनका पतिले प्रारम्भिक जानकारी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: