काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रतिनिधिसभामा १८२ सिटसहित झन्डै दुईतिहाइ बहुमत हासिल गरेको रास्वपाले बिहीबार संसदीय दलको नेता चयन गरी शुक्रबार प्रधानमन्त्रीको शपथ गराउने योजना बनाएको छ।
बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बालेन शाहले अन्य सांसदसरह संसद्को शपथ लिनेछन्। त्यसपछि अपराह्न ४ बजे बस्ने केन्द्रीय समिति बैठकले संसदीय दलको नेता चयन प्रक्रियामा रहेका विधिगत अवरोध हटाउनेछ। यसका लागि पार्टी विधानमा आवश्यक संशोधन गरिने बताइएको छ।
केन्द्रीय समिति बैठकपछि बस्ने संसदीय दलको बैठकले बालेन शाहलाई दलको नेता चयन गर्नेछ। त्यसको जानकारी राष्ट्रपति कार्यालयमा पठाइनेछ। त्यसअनुसार संविधानको धारा ७६ (१) बमोजिम बहुमत प्राप्त दलका नेताका रूपमा उनलाई शुक्रबारसम्म प्रधानमन्त्री नियुक्त गरिने तयारी छ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बिहीबार नै संसदीय दलको नेता र मन्त्रीहरूको टुंगो लाग्नेछ। मन्त्री चयन गर्दा विज्ञता र कार्यक्षमतालाई प्राथमिकता दिइने उनले बताए।
यसैबीच, वरिष्ठ नेता शाहनिकट सांसद सस्मित पोखरेलले पनि केन्द्रीय समिति बैठकबाटै सरकारको सम्पूर्ण टिम अन्तिम हुने जानकारी दिए। मन्त्रालयहरूको पुनर्संरचना, केही मन्त्रालय गाभ्ने तथा संख्या घटाउने विषयमा समेत छलफल भइरहेको छ। उनका अनुसार आवश्यक मन्त्रालयको निर्धारण, कार्यक्षमता र व्यक्तिको उपयुक्तताका आधारमा अन्तिम निर्णय गरिनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - ०८:०४
सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...
चैत्र १२ गते, २०८२ - ०७:५४
काठमाडौं । जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कार...
चैत्र १२ गते, २०८२ - ०७:४८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रति...
चैत्र १२ गते, २०८२ - ०७:४१
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ...
चैत्र १२ गते, २०८२ - ०७:३९
पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात ...
चैत्र १२ गते, २०८२ - ०७:३७
काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु...
चैत्र १२ गते, २०८२ - ०७:२७
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...
चैत्र १२ गते, २०८२ - ०७:२४
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...
चैत्र १२ गते, २०८२ - ०७:१६
बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...
चैत्र १२ गते, २०८२ - ०७:१३
तनहुँ । जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...


प्रतिकृया लेख्नुहोस्: