काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री काठमाडौं आइपुगेका छन्। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने औपचारिक भ्रमणका लागि आइतबार बिहान ९ बजे काठमाडौँ ओर्लिएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ मा प्रस्तावित भारत भ्रमणको तयारी छलफलका लागि मिस्री नेपाल आएका हुन्। उनको भ्रमणको कार्यतालिकाबारे मन्त्रालयले औपचारिक जानकारी दिएको छैन। तर स्रोतका अनुसार मिश्रीको बसाइ सोल्टी होटलमा गरिएको छ।
विमानस्थलबाट उनी सीधै सोल्टी होटल पुग्नेछन्। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग छुट्टा(छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।
भेटमा मिस्रीले भारतीय प्रधानमन्त्री मोदीका तर्फबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्नेछन् ।
यस अवसरमा नेपाल-भारतबीच सचिवस्तरीय द्विपक्षीय वार्ता समेत हुनेछ। आज बेलुका परराष्ट्र सचिव राईले मिश्रीको स्वागतमा रात्री भोजको समेत आयोजना गरेका छन्।
ओली प्रधानमन्त्री बनेको १४ महिनापछि ओलीको भारत भ्रमण हुन लागेको हो । परराष्ट्रका एक अधिकारीका अनुसार मिस्रीको नेपाल भ्रमण प्रधानमन्त्री ओलीको भारत भ्रमणको आधार तथा माहौल तयार पार्नमा केन्द्रित हुनेछ ।
विदेश सचिव मिस्रीको काठमाडौंमा हुने भेटवार्ताले प्रधानमन्त्री तहमा कुन–कुन एजेन्डालाई प्रवेश गराउने र हस्ताक्षर हुन सक्ने विषयहरूको प्रारूप तयार पार्ने ती अधिकारीको भनाइ छ ।
भारत भ्रमणका क्रममा मोदी र ओलीबीच यस पटक दिल्लीबाहिर द्विपक्षीय वार्ताको तयारी छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बोधगयामा दुई प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ताको तयारी छ । बिहार राज्यको बोधगया सहर बौद्ध धर्मका अनुयायीहरूका लागि पवित्र तीर्थस्थलका रूपमा प्रसिद्ध छ । बुद्धले ज्ञान प्राप्त गरेको स्थलका रूपमा बोधगया चिनिन्छ ।
मिस्री सोमबार दिल्ली फर्किनेछन् ।उनी दोस्रो पटक नेपाल आएका हुन् । गत वर्ष साउन २७–२८ मा दुई दिनको भ्रमणका लागि उनी नेपाल आएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - २१:३०
काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...
चैत्र ११ गते, २०८२ - २१:२८
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...
चैत्र ११ गते, २०८२ - २१:२५
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...
चैत्र ११ गते, २०८२ - २१:१९
काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...
चैत्र ११ गते, २०८२ - २१:१८
बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...
चैत्र ११ गते, २०८२ - २१:०८
काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...
चैत्र ११ गते, २०८२ - २१:०४
काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...
चैत्र ११ गते, २०८२ - २१:०१
सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...
चैत्र ११ गते, २०८२ - २०:४०
नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...
चैत्र ११ गते, २०८२ - २०:३५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...


प्रतिकृया लेख्नुहोस्: