Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

ट्रम्प र पुटिनको बैठकअघि युक्रेनबारे तत्काल बैठक गर्ने इयूको तयारी

खबरडबली संवाददाता

ब्रसेल्स । युक्रेन बिना गरिने कुनै पनि सम्झौताले युक्रेनलाई अस्वीकार्य सम्झौता गर्न बाध्य पार्न सक्ने डरले युरोपेली सङ्घका विदेशमन्त्रीहरूले राष्ट्रपति भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबिच हुने वार्ताअघि आगामी कदमबारे छलफल गर्न सोमबार आपतकालीन वार्ता गर्ने भएका छन् ।

तीन वर्षदेखि जारी युद्ध समाधानका लागि दुई नेताबिच शुक्रबार अलास्कामा भेटवार्ता हुनेछ तर युरोपियन युनियन (इयू) ले भने द्वन्द्व अन्त्यका लागि हुने कुनै पनि सम्झौतामा किएभ र युरोपेली शक्ति सहभागी हुनुपर्नेमा जोड दिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बिना अमेरिका र रुसबिच बैठक गर्ने विचारले यो सम्झौताका लागि किएभले आफ्नो भू-भाग छोड्नुपर्ने चिन्ता बढाएको छ, जसलाई इयूले अस्वीकार गरेको छ ।

युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिगाको उपस्थितिमा सोमबार स्थानीय समयअनुसार दिउसो २ः०० बजे भिडियो लिङ्कमार्फत हुने बैठकमा इयूका विदेशमन्त्रीहरूले आगामी कदमबारे छलफल गर्ने छन् । युरोपेली नेताहरूले युक्रेनलाई वार्तामा भाग लिनका लागि सप्ताहन्तमा कडा दबाब दिएका थिए ।

फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, बेलायत र फिनल्यान्डका नेताहरू तथा इयू कमिसनका प्रमुख उर्सुला भोन डेर लेयेनले एक संयुक्त वक्तव्य जारी गर्दै ट्रम्पलाई रुसमाथि थप दबाब दिन आग्रह गरेका छन् । जर्मन चान्सलर फ्रेडरिक मर्जले आइतबार शिखर सम्मेलनमा जेलेन्स्की सहभागी हुने आशा व्यक्त गर्नु भएको छ । डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, आइसल्यान्ड, लाटभिया, लिथुआनिया, नर्वे र स्वीडेनका नेताहरूले पनि किएभको संलग्नता बिना कुनै पनि निर्णय लिन नहुने बताएका छन् ।

युद्ध अन्त्यका लागि वार्ता युद्धविरामको समयमा मात्र हुन सक्ने उनीहरूले संयुक्त वक्तव्यमा उल्लेख गरेका छन् । उपराष्ट्रपति जेडी भान्सले आइतबार अमेरिकाले ट्रम्प र उनका रुसी समकक्षीबिच हुने बैठकमा किएभको प्रतिनिधित्व गरी तालिका तयार गर्ने पहल अमेरिकाले गरिरहेको बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending