Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

ट्रम्प र पुटिनको बैठकअघि युक्रेनबारे तत्काल बैठक गर्ने इयूको तयारी

खबरडबली संवाददाता

ब्रसेल्स । युक्रेन बिना गरिने कुनै पनि सम्झौताले युक्रेनलाई अस्वीकार्य सम्झौता गर्न बाध्य पार्न सक्ने डरले युरोपेली सङ्घका विदेशमन्त्रीहरूले राष्ट्रपति भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबिच हुने वार्ताअघि आगामी कदमबारे छलफल गर्न सोमबार आपतकालीन वार्ता गर्ने भएका छन् ।

तीन वर्षदेखि जारी युद्ध समाधानका लागि दुई नेताबिच शुक्रबार अलास्कामा भेटवार्ता हुनेछ तर युरोपियन युनियन (इयू) ले भने द्वन्द्व अन्त्यका लागि हुने कुनै पनि सम्झौतामा किएभ र युरोपेली शक्ति सहभागी हुनुपर्नेमा जोड दिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बिना अमेरिका र रुसबिच बैठक गर्ने विचारले यो सम्झौताका लागि किएभले आफ्नो भू-भाग छोड्नुपर्ने चिन्ता बढाएको छ, जसलाई इयूले अस्वीकार गरेको छ ।

युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिगाको उपस्थितिमा सोमबार स्थानीय समयअनुसार दिउसो २ः०० बजे भिडियो लिङ्कमार्फत हुने बैठकमा इयूका विदेशमन्त्रीहरूले आगामी कदमबारे छलफल गर्ने छन् । युरोपेली नेताहरूले युक्रेनलाई वार्तामा भाग लिनका लागि सप्ताहन्तमा कडा दबाब दिएका थिए ।

फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, बेलायत र फिनल्यान्डका नेताहरू तथा इयू कमिसनका प्रमुख उर्सुला भोन डेर लेयेनले एक संयुक्त वक्तव्य जारी गर्दै ट्रम्पलाई रुसमाथि थप दबाब दिन आग्रह गरेका छन् । जर्मन चान्सलर फ्रेडरिक मर्जले आइतबार शिखर सम्मेलनमा जेलेन्स्की सहभागी हुने आशा व्यक्त गर्नु भएको छ । डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, आइसल्यान्ड, लाटभिया, लिथुआनिया, नर्वे र स्वीडेनका नेताहरूले पनि किएभको संलग्नता बिना कुनै पनि निर्णय लिन नहुने बताएका छन् ।

युद्ध अन्त्यका लागि वार्ता युद्धविरामको समयमा मात्र हुन सक्ने उनीहरूले संयुक्त वक्तव्यमा उल्लेख गरेका छन् । उपराष्ट्रपति जेडी भान्सले आइतबार अमेरिकाले ट्रम्प र उनका रुसी समकक्षीबिच हुने बैठकमा किएभको प्रतिनिधित्व गरी तालिका तयार गर्ने पहल अमेरिकाले गरिरहेको बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...

प्रत्यक्षतर्फका लागि पुस २४ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...

एमालेकाे समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बादल

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...

नेपाली कम्युनिस्ट पार्टीमा नाउपा समाहित हुने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...

सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु

मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...

५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची (नामसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् ।  ...

सद्भाव र समुन्नत समाज निर्माण जुट्नु पर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...

धनकुटामा सडेको अवस्थामा शव फेला

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending