Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

कार्यालयबाट हाँस्दै घर फर्कन्छन् सेवाग्राही

खबरडबली संवाददाता

विराटनगर। मोरङ विराटनगर–१८, फँडानी निवासी गदी ऋषिदेवको उमेर ५० पुगे पनि नागरिकता पाएको थिएनन् । नागरिकता लिन उनी जिल्ला प्रशासन कार्यालय पुगे। सबै कागजात पु(याएपछि दोस्रो दिनमै उनले नागरिकता पाए । 

नागरिकताका लागि प्रव्रिmयागत कागजात मिलाउन मात्र समय लाग्छस सबै कागज मिलेपछि तुरुन्तै नागरिकता पाउने गरेको बलराम ऋषिदेवले बताए । आफ्नो बुवाआमा र दाजुभाइ सबैको नागरिकता भए पनि दिदीको विवाहपछि नागरिकता नबनेकाले दोधार हुँदै आए पनि नागरिकता सजिलो तरिकाले प्राप्त भएको उनले बताए। 

जग्गा पास गराउन नापी कार्यालय मोरङ पुगेका विराटनगर–३, पुष्पलाल चौक निवासी घनश्याम ढकालले टोकन पाएको केहीछिनमै नापीको काम भएपछि उहाँलाई अचम्म लाग्यो । राजस्व बुझाएर टोकन लिएको केहीबेरमै नक्सा निस्किएको ढकालको भनाइ थियो । “पहिले जस्तो समय लागेन, केही सहज चाँहि भएको हो,” ढकालले भने “पहिलेका ती बाहिर बस्ने केटाहरू कता गएछन् ? भूमि प्रशासन र नापी कार्यालयका सेवा लिँदा सेवाग्राही र कार्यालयका कर्मचारीबिच हत्तपत्त भेट हुँदैनथ्यो । आज आफैँ काम गर्न सकेकोमा आश्चर्यमा चाहिँ छु ।” उनले पछिल्लो समय सार्वजनिक सेवा प्रवाहका कार्यालयका कर्मचारीमा केही न केही फरकपन भेटिन थालेको बताए । 

जग्गाको काम प्राविधिक हुने भएकाले झन्झट हुने कुरामा आफू प्रस्ट रहेको उनले बताए तर त्यसका लागि कार्यालयमा कर्मचारी र सेवाग्राही सिधा सिधा काम गर्ने/गराउने काम हुनुपर्ने उनको बुझाइ छ । सरकारले सुशासनलाई प्राथमिकतामा राखेपछि सार्वजनिक सेवा प्रवाहका कार्यालयमा भेटिने सेवाग्राही बढी नै आशावादी रहेको बताउँछन् । 

सेवा प्रवाहमा सुधार आउँदा आफ्ना कामसँगै आफूहरूमाथि गरिने व्यवहारमा समेत सुधार देखिएको धेरैको बुझाइ छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल कानुन अनुसार नागरिकले पाउने अधिकारलाई कहीँबाट पनि रोक्न नमिल्ने बताउछन् । उनले कसैले पनि कानुनविपरीत गर्ने र कानुन अनुसार नगर्ने गुनासो नआओस् भन्ने कुरामा सचेत हुनुपर्नेमा जोड दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ । ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना (नेपाल क्लिन एयर एण्ड प्...

कार्यालयबाट हाँस्दै घर फर्कन्छन् सेवाग्राही

विराटनगर। मोरङ विराटनगर–१८, फँडानी निवासी गदी ऋषिदेवको उमेर ५० पुगे पनि नागरिकता पाएको थिएनन् । नागरिकता लिन उनी जिल्ला प्रशासन कार्यालय पुगे। सबै काग...

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

काठमाडौं । चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन्। उनलाई शुक्रबार राति जनकपुर बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय...

मन्त्री लम्सालद्वारा फाप्ला क्रिकेट मैदानको निरीक्षण

धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...

अभौतिक सांस्कृतिक सम्पदा विधेयक, २०८३ माथि विचार गरियोस् प्रस्ताव स्वीकृत

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...

अध्ययन भिसा सिफारिस प्रकरण: कर्मचारीको भूमिका छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका नक्कली पत्र तथा कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग...

बिपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या आठ पुग्यो

बनेपा। बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको स...

ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुल्यो

काठमाडौँ । ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।  प्रधान न्य...

सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेशपछि सरकारले भन्यो: आवश्यक कदम चालिनेछ

काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि उत्पन्न विवादबारे सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। शुक्...

लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताल मनोनित

काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताललाई मनोनयन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई लेखामान बोर्डको अध्यक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending