काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी स्थापनाको चार वर्ष नपुग्दै गुट, उपगुट र नेतृत्व संघर्षको चपेटामा परेको छ। महाधिवेशनको तयारीमा जुटेको रास्वपाले प्रदेश अधिवेशन नै समयमै सम्पन्न गर्न नसक्दा पार्टीभित्रको आन्तरिक असन्तुष्टि सतहमै छताछुल्ल भएको छ।
केन्द्रीय समितिले तय गरेको कार्यतालिकाअनुसार जिल्ला अधिवेशन अधिकांश स्थानमा सम्पन्न भए पनि बागमती र मधेस प्रदेशमा देखिएको विवादले प्रदेश अधिवेशन प्रभावित बनेको छ। यसले आगामी महाधिवेशनको तयारी र संगठनात्मक एकतामाथि समेत प्रश्न उठाएको छ।
बागमती प्रदेशमा नेतृत्वको प्रतिस्पर्धा चर्किँदा निर्वाचन प्रक्रिया नै स्थगित भयो। पार्टी नेतृत्वले प्राविधिक त्रुटि र मतदाता नामावलीको समस्या देखाए पनि अधिवेशन प्रतिनिधिहरू भने नेतृत्व संघर्ष नै मुख्य कारण भएको बताउँछन्। निर्वाचन स्थगित भएपछि प्रतिनिधिहरू घर फर्किन बाध्य भएका छन्।
मधेस प्रदेशको अवस्था झन् जटिल देखिएको छ। त्यहाँ गुटगत स्वार्थ, जातीय समीकरण र नेताहरूबीचको शक्ति संघर्षका कारण प्रदेश अधिवेशन अनिश्चितकालका लागि रोकिएको छ। जिल्लास्तरका नेताहरूले केन्द्रीय प्रवक्ता मनिष झाको हस्तक्षेपका कारण विवाद चर्किएको आरोप लगाएका छन्। झा पक्षले भने यस्ता आरोपको सार्वजनिक प्रतिक्रिया दिएको छैन।
सप्तरी, सिराहा र अन्य जिल्लाका नेताहरूले समेत प्रदेशस्तरका प्रभावशाली नेता र सांसदहरूको स्वार्थका कारण संगठन कमजोर बनेको आरोप लगाएका छन्। यसले पार्टीभित्र नेतृत्वको बहस अब वैचारिकभन्दा पनि शक्ति केन्द्रित हुँदै गएको संकेत गरेको छ।
यता कोशी प्रदेशमा नेतृत्व प्रतिस्पर्धापछि प्रदेश सभापतिका प्रत्याशी गोमा तामाङले पार्टी नै परित्याग गर्ने घोषणा गरिन्। निर्वाचन परिणामभन्दा पनि ‘घिनलाग्दो राजनीति’ स्वीकार्य नभएको उनको सार्वजनिक अभिव्यक्तिले पार्टीभित्रको असन्तुष्टि थप उजागर गरेको छ।
रास्वपाका महामन्त्री भूपदेव शाहले समेत अधिवेशन पद बाँडफाँटका लागि मात्र नभई संगठन सुधारको अवसर हुनुपर्ने बताएका छन्। तर व्यवहारमा भने अधिवेशनहरू नेतृत्व कब्जाको प्रतिस्पर्धामा केन्द्रित हुन थालेको देखिन्छ।
पार्टी सभापति रवि लामिछानेले समेत संगठन विस्तारसँगै बढ्दै गएको गुट–उपगुटप्रति चिन्ता व्यक्त गरिसकेका छन्। पार्टीलाई वैकल्पिक शक्तिबाट मुलुकको नेतृत्व गर्ने राजनीतिक शक्तिमा रूपान्तरण गर्न ‘म’ बाट ‘हामी’मा जानुपर्ने उनको आग्रहले पनि पार्टीभित्रको वास्तविक समस्या उजागर गर्छ।
२०७९ सालको निर्वाचनपछि तीव्र रूपमा विस्तार भएको रास्वपाले छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभाव जमाएको थियो। तर संगठन विस्तारसँगै नेतृत्व, प्रभाव र शक्ति सन्तुलनको प्रतिस्पर्धा बढ्दा पार्टीभित्र आन्तरिक द्वन्द्व सतहमा आएको छ। वैकल्पिक राजनीतिको नारासहित उदाएको दलले अब आफ्नो सबैभन्दा ठूलो परीक्षा बाहिरी प्रतिस्पर्धाभन्दा बढी आन्तरिक एकता जोगाउने चुनौतीका रूपमा सामना गरिरहेको देखिन्छ।
महाधिवेशन नजिकिँदै जाँदा रास्वपाले यी विवाद समाधान गर्न नसके संगठन विस्तारको उत्साहभन्दा गुटगत संघर्षको छायाँ अझ गहिरिने राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १ गते, २०८३ - २३:०८
चितवन । यस वर्ष नेपालमा मनसुन सामान्य समयभन्दा ढिलो प्रवेश गर्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपग्...
आषाढ़ १ गते, २०८३ - २३:०४
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दुई मन्त्रीसँगको तस्वीर सार्वजनिक गर्दै ‘पीएम, एचएम, आईएम, देश बनाउने टोली’ लेखेपछि सामाजिक सञ्जालदेखि राष्ट्...
आषाढ़ १ गते, २०८३ - २३:०१
काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा ...
आषाढ़ १ गते, २०८३ - २२:५९
काभ्रे । बनेपा नगरपालिका क्षेत्रमा एक महिलालाई बेहोस बनाएर सुनका गरगहना र मोबाइल लुटिएको घटना सार्वजनिक भएको छ। धुलिखेल नगरपालिका–१ मितिन्छाप घोरसा...
आषाढ़ १ गते, २०८३ - २२:५४
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको तस्बिरमा अपशब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन्। साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले च...
आषाढ़ १ गते, २०८३ - २२:५२
पार्टी बलियो, नेतृत्व कमजोर, एमालेमा नेतृत्व संकटको अर्को अध्याय
आषाढ़ १ गते, २०८३ - २२:३६
बेइजिङ । नेपाल र चीनले पारस्परिक हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। चीनको औपचारिक भ्रमणम...
आषाढ़ १ गते, २०८३ - २२:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओली ले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको गालीगलौज, चरित्रहत्या, धम्की तथा घृणायुक्त ...
आषाढ़ १ गते, २०८३ - ०९:०९
काठमाडौँ । आज देशका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अघिल्ला वर्षहरूमा अत्यधिक महत्वाकांक्षी बजेट ल्य...
आषाढ़ १ गते, २०८३ - ०९:०७
काठमाडौँ । फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण शान्ति सम्झौता भएको छ । सम्झौता भएपछि ...



प्रतिकृया लेख्नुहोस्: