सिरहा । जिल्लामा कक्षा ११ र १२ सञ्चालन गर्ने विद्यालयको संख्या एक सय पुगेको भए पनि एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई जिल्लामै अध्ययनका लागि रोक्न चुनौती देखिएको छ। ए प्लस र ए ग्रेड प्राप्त अधिकांश विद्यार्थी विज्ञान तथा अन्य विषय अध्ययनका लागि काठमाडौं, विराटनगरलगायतका सहरका प्रतिष्ठित विद्यालय रोज्ने प्रवृत्ति बढ्दै गएको छ।
राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय लहानका अनुसार सिरहामा कक्षा ११ र १२ सञ्चालन गर्ने विद्यालयको संख्या उल्लेखनीय रूपमा बढे पनि गुणस्तरीय विद्यार्थीको पलायन रोक्न भने सफलता मिलेको छैन। शाखाका सूचना अधिकारी किशोर निरौलाले उच्च ग्रेड ल्याउने विद्यार्थीलाई जिल्लामै अध्ययनका लागि आकर्षित गर्न भौतिक पूर्वाधार, दक्ष शिक्षक, स्तरीय पुस्तकालय, प्रयोगशाला तथा अभिभावकमा विश्वास जगाउने वातावरण आवश्यक रहेको बताए।
विद्यालय सञ्चालकहरूका अनुसार एसइई परीक्षा सकिएलगत्तै आर्थिक रूपमा सक्षम परिवारका विद्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि काठमाडौं र विराटनगरतर्फ जाने गरेका छन्। आवश्यक पूर्वाधार र विषयगत शिक्षक उपलब्ध भए पनि जिल्लाका विद्यालयप्रति विश्वासको वातावरण पूर्ण रूपमा बन्न नसक्दा विद्यार्थी बाहिरिने क्रम जारी रहेको उनीहरूको भनाइ छ।
लहानस्थित लिटिल स्टार, एभरेस्ट, सफ्टेक र मेरी चिल्ड्रेन माध्यमिक विद्यालयलगायत निजी विद्यालयमा समेत कक्षा ११ मा भर्ना हुने उच्च ग्रेड प्राप्त विद्यार्थीको संख्या अपेक्षाकृत कम छ। शैक्षिक संस्थाहरूले व्यवस्थापन सुधार र गुणस्तरीय शिक्षणमा जोड दिए पनि उत्कृष्ट विद्यार्थीलाई जिल्लामै टिकाउन कठिन भइरहेको छ।
ग्रामीण क्षेत्रका विद्यालयहरूमा भने समस्या अझ गम्भीर छ। शिक्षक दरबन्दीको अभाव, कमजोर भौतिक पूर्वाधार, अपर्याप्त प्रयोगशाला तथा नियमित पठनपाठनमा देखिने समस्याले विद्यार्थी आकर्षित गर्न नसकिएको विद्यालय प्रशासनको भनाइ छ।
शिक्षा क्षेत्रका जानकारहरूका अनुसार विद्यालयको संख्या बढ्नु मात्र पर्याप्त हुँदैन। गुणस्तरीय शिक्षण, आधुनिक पूर्वाधार, अनुभवी शिक्षक र प्रभावकारी व्यवस्थापनबिना विद्यार्थी तथा अभिभावकको विश्वास जित्न कठिन हुन्छ। यही कारणले उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरू अवसरको खोजीमा जिल्लाबाहिर जाने गरेका छन्।
शिक्षाविद्हरूले कक्षा ११ र १२ सञ्चालनको अनुमति दिँदा विद्यालयको पूर्वाधार, प्रयोगशाला, शिक्षकको उपलब्धता र शैक्षिक गुणस्तरलाई कडाइका साथ मूल्याङ्कन गर्नुपर्ने सुझाव दिएका छन्। उनीहरूका अनुसार सिरहामै गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्न सके विद्यार्थी पलायन रोक्नुका साथै जिल्लाको शैक्षिक स्तरसमेत उकास्न सकिनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८३ - ०८:०९
घोराही (दाङ) । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...
जेष्ठ ३० गते, २०८३ - ०७:५३
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...
जेष्ठ ३० गते, २०८३ - ०७:४६
काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...
जेष्ठ ३० गते, २०८३ - ०७:४५
काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...
जेष्ठ ३० गते, २०८३ - ०७:३०
काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...
जेष्ठ ३० गते, २०८३ - ०७:२०
काठमाडौँ । नेपाल प्रहरीका चार जना डीआईजीको सरुवा गरिएको छ। गृह मन्त्रालयले विवादमा मुछिएका र कार्यसम्पादनमा कमजोर भएका दुई डीआईजीलाई काठमाडौँ तानेको ...
जेष्ठ ३० गते, २०८३ - ०७:१६
काठमाडौँ । चिया केवल पेय पदार्थ मात्र होइन, धेरैको दैनिक जीवनको अभिन्न हिस्सा हो। बिहानको सुरुवातदेखि साँझको थकान मेट्नसम्म चिया धेरैको रोजाइमा पर्छ। ...
जेष्ठ ३० गते, २०८३ - ०७:१०
सिरहा । जिल्लामा कक्षा ११ र १२ सञ्चालन गर्ने विद्यालयको संख्या एक सय पुगेको भए पनि एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई जिल्लामै अध्ययनका लागि ...
जेष्ठ ३० गते, २०८३ - ०७:०२
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ। यसबाट नदी तथा खोलामा ...
जेष्ठ ३० गते, २०८३ - ०६:५६
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी स्थापनाको चार वर्ष नपुग्दै गुट, उपगुट र नेतृत्व संघर्षको...



प्रतिकृया लेख्नुहोस्: