Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

कोलम्बियाका राष्ट्रपतिपदका आकाङ्क्षीको स्वास्थ्य अवस्था पुनःगम्भीर : चिकित्सक

खबरडबली संवाददाता

बोगोटा ।  कोलम्बियाका राष्ट्रपति पदका एक उम्मेदवार मिगुएल उरिबको स्वास्थ्यमा पुनः गम्भीर समस्या देखिएको छ ।

उनलाई पुनः बेहोस अवस्थामा अस्पतालमा राखिएको कन्जरभेटिभ पार्टीले जानकारी गराएको छ । गत जुन महिनामा उनले एउटा चुनावी कार्यक्रममा शुभेच्छुकसँग कुरा गरिरहेको समय गोली हानी हत्या गर्ने प्रयास गरिएको थियो ।

कन्जरभेटिभ पार्टीका सिनेटर ३९ बर्षिय उरिबे राजधानी बोगोटामा समर्थकसँग कुरा गर्दै गर्दा बन्दुकधारीले उनको टाउकोमा दुई र घुँडामा एक गोली हानेका थिए ।

त्यसयता उनीसघन उपचार कक्षमा उपचाररत छन् । उनको धेरै पटक शल्यक्रिया गरिएको छ । हालैका हप्ताहरूमा उनको स्वास्थ्यमा सुधार देखिएको बताएका थिए । सान्टा फे फाउन्डेसन अस्पतालले एक विज्ञप्ति जारी गर्दै उरिबेलाई पुनः बेहोस अवस्थामा राखिएको जनाएको छ । उरिबेको केन्द्रीय स्नायु प्रणालीमा रक्तस्राव भएपछि उनलाई ‘नयाँ न्यूरोसर्जिकल प्रक्रिया’ को आवश्यकता रहेको विज्ञप्तिमा उल्लेख छ। अहिले उनको स्वास्थ्य अवस्था गम्भीर छ ।

अधिकारीहरुले आक्रमणमा संलग्न रहेको आशङ्कामा छ जनालाई पक्राउ गरेका छन् । आक्रमणमा फार्क गुरिल्ला समूहका असन्तुष्ट सदस्यहरू संलग्न रहेको आशङ्का अनुसन्धान भइरहेको छ उनीहरूले १५ वर्षीय भाडाका ‘सुटर’लाई प्रयोग गरेका दावी गरिएको छ ।

बामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोको सरकारले सन् २०२४ को मध्यमा भेनेजुएलामा विद्रोही समूहसँग शान्ति वार्ता सुरु गरेको थियो, तर वार्तामा खासै प्रगति हुन सकेन र त्यसपछि स्थगित गरिएको छ।

उरिबे सन् २०२६ को राष्ट्रपतीय चुनावका लागि दक्षिणपन्थी उम्मेदवार थिए । गत जुनमा भएको आक्रमणले कोलम्बियालाई स्तब्ध बनाएको थियो । आक्रमणले देशको राजनीतिक, कार्टेल र अर्धसैनिक हिंसाको रक्तरञ्जित अतीतमा फर्कने डर बढाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending