Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

गाजामा अत्यावश्यक सामग्रीको चरम अभाव

खबरडबली संवाददाता

न्यूयोर्क । गाजा क्षेत्रमा जारी युद्ध, घरबारविहीनता र अत्यधिक गर्मीका बिच त्यहाँका सर्वसाधारणलाई दैनिक आवश्यक वस्तुहरूको खोजी नै असम्भवजस्तै बन्दै गएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए)ले शुक्रबार दिएको जानकारी अनुसार गाजावासीहरू अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेका छन् । खानेकुरा, पानी, औषधी लगायतका अत्यावश्यक सामग्रीको चरम अभाव छ भने राहत सामग्री अत्यन्त न्यून मात्रामा गाजा प्रवेश गरिरहेको छ । ओसीएचएले गाजामा प्रवेश गर्ने राहत कार्यमा ठुलो ढिलाइ हुने गरेको जनाएको छ ।

गाजाको दक्षिणी भागमा रहेको समुद्री पानीलाई पिउन योग्य बनाउने केन्द्रको विद्युत् आपूर्ति लाइन यस साताभित्रै तेस्रो पटक क्षतिग्रस्त भएको छ । यस कारण केन्द्रले आफ्नो कुल क्षमताको १४ प्रतिशतभन्दा कम मात्र सञ्चालन गर्न सकिरहेको छ । यद्यपि केही व्यावसायिक गाडीहरू गाजामा प्रवेश गरेपछि केही खाद्यान्न सामग्रीको मूल्यमा सामान्य गिरावट आएको देखिएको छ, तर अधिकांश खाद्यवस्तुहरू अझै महँगा छन् र सहजै उपलब्ध छैनन् ।

ओसिएचएले हवाईमार्फत खसालिने राहत सामग्रीहरूका कारण विभिन्न स्थानमा नागरिकको ज्यान जाने वा घाइते हुने घटनाहरू पनि भइरहेको जनाउँदै राहत आपूर्तिको सबैभन्दा सुरक्षित र प्रभावकारी माध्यम स्थल मार्ग नै भएको बताएको छ । यसैबिच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफनी ट्रेम्ब्लेले जारी गरेको विज्ञप्तिमा गाजा सहरमा नियन्त्रण लिने इजरायली निर्णयप्रति महासचिव गम्भीर चिन्तित भएको जनाइएको छ ।

उक्त निर्णयले अवस्था झनै भयावह बनाउने, नागरिकको ज्यान जोखिममा पार्ने र लाखौँ गाजावासीमाथि थप विनाश ल्याउने चेतावनी महासचिवले दिएका छन् । ओसीएचएले राहत सामग्री सबै नाकाबाट तथा सबै सम्भव मार्ग हुँदै निर्वाधरूपमा प्रवेश गर्न दिनुपर्नेमा जोड दिँदै, मात्रै त्यसरी सहायता व्यापक रूपमा पहुँचाउन सकिने स्पष्ट पारेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...

प्रत्यक्षतर्फका लागि पुस २४ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...

एमालेकाे समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बादल

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...

नेपाली कम्युनिस्ट पार्टीमा नाउपा समाहित हुने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...

सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु

मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...

५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची (नामसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् ।  ...

सद्भाव र समुन्नत समाज निर्माण जुट्नु पर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...

धनकुटामा सडेको अवस्थामा शव फेला

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending