गुल्मी । २०७७ मङ्सिर १५ गते तामझामका साथ १५ शय्याका अस्पताल शिलान्यास भएको पाँच वर्ष पुग्न लाग्दा पनि गुल्मीका अधिकांश अस्पताल निर्माण अधुरै रहेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देशभरका ३९६ स्थानीय तहमा एकै दिन अस्पताल शिलान्यास गर्ने सरकारी घोषणा अनुसार गुल्मीमा समेत धुमधामका साथ शिलान्यास गरिएको थियो ।
गुल्मीमा अहिले कतै अस्पताल निर्माणमा ढिलाइ भएको छ भने कतै काम नै सुरु भएको छैन ।
छत्रकोटमा बोलपत्रको तयारी
छत्रकोट–४, शृङ्गामा शिलान्यास गरिएको अस्पताल अझै अन्योलमा छ । शिलान्यास गरिएको जग्गा मापदण्ड अनुसार नपरेकाले करिब तीन सय मिटर पर नयाँ जग्गा व्यवस्थापन गरिएको छ । गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले अब बोलपत्र प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो । यसै गरी अर्खबाङमा पूर्वमन्त्री गोकर्णराज विष्टले शिलान्यास गर्नुभएको अस्पताल लामो समयसम्म स्थगित रह्यो । उपाध्यक्ष उपेन्द्र अर्यालले हाल भने मापदण्ड अनुसारको नयाँ जग्गा पहिचान गरी घडेरी सम्याउने काम भइरहेको बताए ।
सत्यवती, मदाने र मुसीकोटमा काम हुँदै
जोहाङमा निर्माणाधीन अस्पतालको काम ७० प्रतिशत पूरा भएको छ । १२ करोड रुपियाँको लागतमा आशिष–योगेश्वर जेभीले निर्माणको जिम्मा लिएको हो । यस्तै पुर्कोटदहमा निर्माण भइरहेको अस्पतालको ७५ प्रतिशत भौतिक र ६८ प्रतिशत आर्थिक प्रगति भएको छ । मुसीकोट–७ मा १५ शय्याको अस्पतालको ७५ प्रतिशत काम सकिएको छ । खिम्ती–श्रेष्ठ–कालीगण्डकी जेभीले ११ करोड १० लाख लागतमा निर्माण गरिरहेको हो ।
दुई अस्पताल निर्माण सम्पन्न
गुल्मीदरबार–३, झाँक्रीडाँडामा निर्माण सम्पन्न भई केही महिनाअघिदेखि अस्पताल सञ्चालनमा आइसकेको छ । चन्द्रकोट–४, शान्तिपुरस्थित अर्को अस्पताल पनि निर्माण सम्पन्न भई हस्तान्तरणको तयारीमा रहेको छ ।
रुरुक्षेत्रमा काम अगाडि
रातामाटामा निर्माणाधीन अस्पतालमा ८५ प्रतिशत भौतिक र ७५ प्रतिशत वित्तीय प्रगति भएको छ । १४ करोड ४२ लाख रुपियाँ लागतको काम प्रकृति–पिटिआर–अधिकारी–राजेश्वरी जेभी सन्धिखर्कले गरिरहेको हो । यसै गरी पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गर्नुभएको कनौटास्थित अस्पतालको ५० प्रतिशत भौतिक र ४२ प्रतिशत वित्तीय प्रगति भएको छ । प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीका अनुसार अब भने काम छिटो अगाडि बढाउने तयारी भइरहेको छ ।
धुर्कोटमा र इस्मामा निर्माण हुँदै
धुर्कोट रजस्थलमा पहिरोका कारण ढिलाइ भएको अस्पताल निर्माण अब करिब १५ प्रतिशत भौतिक प्रगति भएको अवस्थामा छ । १३ करोड रुपियाँको लागतमा उक्त आयोजना रविना–अर्जुन–न्यु लिजा जेभीले निर्माण गरिरहेको छ । इस्मा–४, दोहलीस्थित गुरुङगाडेमा निर्माणाधीन अस्पतालको ३२ प्रतिशत काम सम्पन्न भएको छ । अध्यक्ष भगतसिंह खड्काका अनुसार निर्माणको जिम्मा सुनील समीर निर्माण सेवाले लिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - २२:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...
श्रावण २७ गते, २०८३ - २२:०९
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...
श्रावण २७ गते, २०८३ - २१:२६
काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...
श्रावण २७ गते, २०८३ - २१:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...
श्रावण २७ गते, २०८३ - २१:१८
काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...
श्रावण २७ गते, २०८३ - २१:०१
विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...



प्रतिकृया लेख्नुहोस्: