Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

किशोर श्रेष्ठको पक्राउप्रति नेपाल मिडिया सोसाइटीको आपत्ति, तत्काल रिहाइको माग

खबरडबली संवाददाता

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा पक्राउ गरिएको भन्दै नेपाल मिडिया सोसाइटीले आपत्ति जनाएको छ। सोसाइटीले श्रेष्ठलाई तत्काल र नि:शर्त रिहा गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

नेपाल मिडिया सोसाइटीका महासचिव बोधराज त्रिपाठीले जारी गरेको प्रेस विज्ञप्तिमा प्रकाशित समाचारप्रति कुनै गुनासो वा आपत्ति भए प्रचलित कानुन तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोजिनुपर्ने उल्लेख छ।

समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत भएको सोसाइटीको ठहर छ। नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र पत्रकारिताको अधिकारको सम्मान गर्नसमेत सोसाइटीले आग्रह गरेको छ।

सोसाइटीले पत्रकारिता तथा प्रकाशित समाचारसँग सम्बन्धित कुनै कानुनी प्रश्न वा आपत्ति भए कानुनी प्रक्रियामार्फत समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। समाचार प्रकाशनको विषयलाई लिएर पत्रकारमाथि दबाब, हस्तक्षेप वा दमनको वातावरण सिर्जना गर्दा स्वतन्त्र पत्रकारितामा नकारात्मक असर पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाल मिडिया सोसाइटीले वरिष्ठ पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर्न सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दै प्रकाशित समाचारको विषयमा कानुनी प्रश्न उठेको भए कानुनी प्रक्रियाबाटै समाधान खोज्न आग्रह गरेको छ।

साथै, स्वतन्त्र पत्रकारितामाथि हुने कुनै पनि दबाब, हस्तक्षेप वा दमनका घटनाविरुद्ध आफू सचेत, प्रतिबद्ध र खबरदारीमा रहने सोसाइटीले जनाएको छ।

यसअघि श्रेष्ठलाई प्रहरीले पक्राउ गरेपछि उनको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघलगायतका पत्रकारसम्बद्ध संस्थाले समेत विरोध जनाउँदै आएका छन्। श्रेष्ठमाथि प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान गरिरहेको जनाएको छ।

नेपाल मिडिया सोसाइटीको विज्ञप्ति २०८३ साउन २८ गते जारी गरिएको हो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा स्वदेश फर्किँदै, विमानस्थलमा सुरक्षा कडाइ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा ...

विश्वासको मत जुटेन, सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह विश्वासको मत जुटाउन नसक्ने भएपछि पदबाट राजीनामा दिने तयारीमा छन्। प्रदेशसभामा सम्बोधन गरेपछि ब...

अपडेट: प्युठानको खोला किनारमा पाँच शव फेला

बुटवल । रोल्पाको थबाङमा पहिरोमा परेर बेपत्ता भएकाहरूको हुन सक्ने आशंका गरिएका पाँच जनाको शव प्यूठानमा फेला परेको छ। स्वर्गद्वारी नगरपालिका–९, जुडापाटा...

सिन्धुपाल्चोकको बाह्रबिसेमा टिपर दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरस्थित भित्री सडकखण्डमा ढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । केन्द्री...

किशोर श्रेष्ठको पक्राउप्रति नेपाल मिडिया सोसाइटीको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा पक्राउ गरिएको भन्दै नेपाल मिडिया सोसाइटीले आपत्त...

पत्रकार श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको धर्ना, केहीबेर घम्साघम्सी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसरअगाडि धर्ना तथा प्रदर्शन गरेको छ। महासंघ ...

प्यूठानमा खोलाका किनारमा चार शव फेला, पहिचान खुल्न सकेन

प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा बिहीबार माडी र लुङ्ग्री खोलाको किनारमा चार वटा शव फेला परेका छन्। फेला परेका शवमध्ये अधिक...

रुकुमपूर्वमा पहिरोले मध्यपहाडी लोकमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

रुकुमपूर्व । लगातारको वर्षापछि खसेको पहिरो र लेदोसहितको भलका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा काठमाडौं हुँदै रुक...

कञ्चनपुरका दुई हजार दुई सय व्यवसायीको दुर्घटना बिमा

कञ्चनपुर। कञ्चनपुर उद्योग वाणिज्य संघले दुई हजार दुई सय व्यवसायीको सामूहिक दुर्घटना बिमा गराएको छ । गत आर्थिक वर्ष २०८२/८३ देखि व्यवसायीको दुर्घटना बि...

थपलियालाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता, किरणलाई नेता बनाउने तयारी

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई पदबाट हटाउने प्रक्रिया अघि बढाइएको छ। एमाले प्रदेश संसदीय दलको कार्यालयम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending