Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

मुलुकमा सुशासनको अभाव भएको बताउँदै काँग्रेस सांसदद्वारा अख्तियार प्रमुख राईलाई महाअभियोग लगाउन माग

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले मुलुकको प्रमुख समस्या सुशासनको अभाव भएको बताउँदै भ्रष्टाचार र अनियमितताले राज्यका अंगहरूप्रति जनविश्वास घट्दै गएको भन्दै चिन्ता व्यक्त गरेकी छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै उनले सरकारले यो विषयमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन् ।

सांसद पन्तले राजनीतिक दलहरूबीचको अविश्वास, सेवा प्रदायक र सेवाग्राहीबीचको विश्वासको संकट, र सामान्य कामका लागि समेत कर्मचारीहरूले ‘टेबुलमुनि’ कारोबार गर्ने प्रवृत्ति बढेको आरोप लगाइन् । उनले भनिन्, ‘सुशासनको अभावले सदाचारिताको संस्कृति मर्दै गएको छ, जसले भ्रष्टाचार र अनियमिततालाई प्रोत्साहन गरेको छ । राज्यका प्रमुख अंगहरूप्रति विश्वसनीयता घट्दै गएको छ । पार्टीहरूबीच, व्यक्तिहरूबीच, र सेवा प्रदायक–सेवाग्राहीबीच अविश्वास बढेको छ । सामान्य काममा पनि टेबुलमुनि कारोबार हुने गरेको सुनिन्छ, यो गम्भीर समस्या हो ।’

उनले घुस प्रकरणमा जोडिएका मन्त्रीहरू खुलेआम हिँडिरहेको भन्दै मन्त्रिपरिषद्ले यसबारे जवाफ दिनुपर्ने प्रश्न उठाइन् । साथै, दुई वटा वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि विशेष अदालतले प्रश्न उठाएको सन्दर्भ उल्लेख गर्दै उनले राईमाथि महाअभियोग लगाउन माग गरिन् । पन्तले भनेकी छन्, ‘वाइडबडी खरिद प्रकरणमा अख्तियारले आफ्नै प्रमुख आयुक्तविरुद्ध अभियोजन नगरेकोमा विशेष अदालतले प्रश्न उठाएको छ । यस्तो अवस्थामा उनलाई महाअभियोग लगाएर जवाफदेही बनाउनुपर्छ।’

यो घटनाले मुलुकमा सुशासन र पारदर्शिताको कमीले सिर्जना गरेको गम्भीर संकटलाई उजागर गरेको पन्तको भनाइ छ । उनले सरकारलाई यस्ता विषयमा तत्काल कदम चाल्न र जनविश्वास पुनर्स्थापित गर्न आग्रह गरिन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेशी प्रदेश सरकार शीघ्र पुनर्गठन गर्छाैँ: मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...

शिवपुरी आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...

चीनको बिवाइडीले सन् २०२५ मा सबैभन्दा बढी कार बिक्रीको रेकर्ड राख्न सफल

काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...

घरबारविहीन परिवारलाई दुई लाख सहयोग

बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...

दम्भ–दुर्भाव फालौँ

-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...

महाकाली सन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

  म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...

राष्ट्रिय सभा निर्वाचनः बागमतीकाे मतभारमा नेकपा दोस्रो

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...

सन् २०२५ मा २८ लाख अफगानिस्तान शरणार्थी स्वदेश फिर्ता

काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending