विराटनगर । आर्थिक वर्ष ०८१/८२ मा प्रहरीले कोशी प्रदेशका विभिन्न जिल्लाबाट तस्करीका ८९ सवारीसाधन र ८५ जना तस्करलाई पक्राउ गरेको छ । प्रहरीले २० करोड ४२ लाख रुपैयाँभन्दा बढीको सामान बरामद गरेको जनाएको छ ।
कोशी प्रहरी कार्यालय विराटनगरका अनुसार गत वर्ष झापाले सात करोड तीन लाख मोरङले पाँच करोड ५६ लाख, सुनसरीले चार करोड २३ लाख, ताप्लेजुङले एक करोड चार लाख, उदयपुरले ९६ लाख र इलामले ७० लाख रुपैयाँभन्दा बढीको भन्सार छलीको सामान बरामद गरेको छ ।
भन्सार छली, चोरी तथा तस्करी नियन्त्रणमा कडा निगरानीसहितको अभियान सञ्चालन गर्दै गत एक आर्थिक वर्षमा अघिल्ला वर्षहरूको भन्दा धेरै प्रगति गर्न सफल भएको कोशी प्रदेश प्रहरी प्रवक्त्ता एसपी दीपक पोखरेलले बताए । उनले भने, ‘खुला सिमानाका कारण भन्सार छली र चोरी–तस्करीका घटनाहरू बढ्दै गएपछि नाकाहरूमा चेकजाँच कडा बनाउँदै सुरक्षा सञ्जाल बलियो बनाएका छौँ । यसैले राम्रो परिणाम आउन थालेको छ ।’
भन्सार छली तथा तस्करी नियन्त्रणमा प्रविधिको प्रयोग, सूचनाको गोप्य निगरानी तथा चेकजाँचमा कडाइ गरी कोशी प्रदेश प्रहरीले सक्रियता बढाएको हाे । कोशीमा धेरैजसो भारतसँग सिमाना जोडिएका जिल्लाहरू झापा, मोरङ र सुनसरी जिल्लामा चोरी तस्करी हुँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - १७:४५
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६२ पदमा कर्मचारी भर्ना गर्न र बढुवाका लागि पनि आवेदन आह्वान गरेको छ। प्राधिकरणले अधिकृत स्तरका विभिन्न पदहरू...
पौष १८ गते, २०८२ - १७:४२
मुस्ताङ । सन् २०२४ को तुलनामा सन् २०२५ मा माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या घटेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्ष...
पौष १८ गते, २०८२ - १७:३९
रसुवा । रसुवागढीस्थित मितेरी पुल बगेको करिब ६ महिनापछि सोही ठाउँमा निर्माणाधीन बेलीब्रिज सञ्चालनमा आएसँगै मालवाहक ट्रक तथा डिब्बाको आवतजावत सुरु भएको ...
पौष १८ गते, २०८२ - १७:३४
निजी लाभको उद्देश्यले सार्वजनिक पद, कार्यालय वा स्रोत–साधनको दुरुपयोग गर्नु नै भ्रष्टाचार हो । भ्रष्टाचार केवल नगद वा जिन्सी आर्जनमा सीमित छैन, यो धनी...
पौष १७ गते, २०८२ - २०:०९
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...
पौष १७ गते, २०८२ - २०:०५
नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...
पौष १७ गते, २०८२ - २०:०१
काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...
पौष १७ गते, २०८२ - १९:५७
बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...
पौष १७ गते, २०८२ - १९:५२
-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...
पौष १७ गते, २०८२ - १९:०३
महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...




प्रतिकृया लेख्नुहोस्: