Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

युद्धविरामको प्रयास जारी: थाइल्यान्ड र कम्बोडियाबिच झडप कायमै

खबरडबली संवाददाता

कम्बोडिया । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राति ढिलो हस्तक्षेपपछि दुवै पक्षले युद्धविरामबारे छलफल गर्न तयार भएको भने पनि थाइल्यान्ड र कम्बोडियाबिच आइतबार चौथो दिन पनि झडप भएको छ ।

लाखौँ विदेशी पर्यटकहरूको लोकप्रिय गन्तव्य रहेका यी छिमेकी राष्ट्रहरू विवादित सिमाना मुद्दालाई लिएर वर्षौंको सबैभन्दा रक्तपातपूर्ण द्वन्द्वमा फसेका छन् । दुवै पक्षबिच झडप हुँदा कम्तीमा ३३ जनाको मृत्यु पुष्टि भएको छ र दुई लाखभन्दा बढी विस्थापित भएका छन् ।

शनिबार राति ढिलो ट्रम्पले दुवै प्रधानमन्त्रीसँग कुरा गरेपछि र उहाँहरूले भेटेर युद्धविरामलाई ‘चाँडो समाधान’ गर्न सहमत भएको बताएपछि दुवैले लडाइँ अन्त्य गर्न वार्ता सुरु गर्न इच्छुक रहेको बताए । तर उत्तरी कम्बोडिया र उत्तरपूर्वी थाइल्यान्डबिचको सीमावर्ती क्षेत्रमा रहेका लामो समयदेखि विवादित दुई वटा प्राचीन मन्दिर नजिक आइतबार बिहान ताजा झडप सुरु भयो ।

कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेआताले थाई सेनाले बिहान ४ः५० बजे मन्दिरहरू वरपरका क्षेत्रहरूमा आक्रमण सुरु गरेको बताए । एएफपीका पत्रकारहरूले तोपको नियमित धमाकाले मोर्चाबाट करिब २० किलोमिटर (१२ माइल) टाढा रहेको कम्बोडियाली सहर साम्राओङका झ्यालहरू हल्लिरहेको बताए ।

थाई सेनाका उप प्रवक्ता रित्चा सुक्सुवानोनले दुवै पक्षले रणनीतिक स्थानहरूको नियन्त्रणका लागि लड्दा कम्बोडियाली सेनाले बिहान ४ः०० बजे तोप प्रहार सुरु गरेको बताए । 

युद्धविरामका आह्वानहरू 

कम्बोडियाली प्रधानमन्त्री हुन मानेटले आइतबार उहाँको देश ‘दुई सशस्त्र बलबिच तत्काल र बिना शर्त युद्धविरामको प्रस्तावसँग सहमत’ भएको बताए । उनले आफ्ना विदेशमन्त्री प्राक सोखोनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग थाईहरूसँग समन्वय गर्न कुरा गर्ने बताए । तर बैङ्ककलाई कुनै पनि सम्झौताबाट पछि हट्न विरुद्ध चेतावनी दिए ।

ट्रम्पको फोनपछि थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुम्थाम वेचयाचाईले सिद्धान्ततः युद्धविराममा प्रवेश गर्न र ‘सकेसम्म चाँडो’ वार्ता सुरु गर्न सहमत भएको बताए । दुवै पक्षले सङ्कट अन्त्य गर्न वार्ताको इच्छा व्यक्त गरे पनि अहिलेसम्म कुनै पनि पक्ष पछि हट्न इच्छुक भएको छैन । आइतबार फेरि उनीहरूले एकअर्कामाथि शान्ति प्रयासहरू कमजोर पारेको दोष लगाएका छन् ।

थाई विदेश मन्त्रालयले पनि कम्बोडियाली सेनाले सुरिन प्रान्तका नागरिकका घरहरूमा गोला प्रहार गरेको आरोप लगाएको छ ।
विदेश मन्त्रालयले एक वक्तव्यमा भन्यो, “कम्बोडियामा राम्रो विश्वासको गम्भीर अभाव र मानवअधिकार र मानवीय कानुनका आधारभूत सिद्धान्तहरूको बारम्बार उल्लङ्घन गर्दा शत्रुताको कुनै अन्त्य गर्न सकिँदैन ।”

कम्बोडियाको तर्फबाट रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेआताले उनीहरूले पहिले फायरिङ गरेको अस्वीकार गर्दै वक्तव्य जारी गरे । वक्तव्यमा थाइल्यान्डलाई ‘जानाजानी र समन्वित आक्रामकताका कार्यहरू’ गरेको आरोप लगाइएको छ ।

लामो समयदेखि चलिरहेको सीमा विवाद यस हप्ता लडाकू विमान, ट्याङ्क र भूमिगत सेनाहरूले ग्रामीण सीमावर्ती क्षेत्रमा लड्दा युद्धमा परिणत भयो । विवादित सीमा जङ्गल र कृषि भूमिले घेरिएको पहाड हुन जहाँ स्थानीयवासीहरूले रबर र धान खेती गर्छन् ।

थाइल्यान्डले आफ्ना सात सैनिक र १३ नागरिकको मृत्यु भएको बताएको छ भने कम्बोडियाले आठ नागरिक र पाँच सैनिकको मृत्यु पुष्टि गरेको छ । द्वन्द्वले थाइल्यान्डका सीमावर्ती क्षेत्रहरूबाट एक लाख ३८ हजारभन्दा बढी मानिसलाई खाली गराउन बाध्य पारेको छ र कम्बोडियामा ८० हजार नागरिक आफ्नो घरबाट भाग्न बाध्य भएका छन् ।

न्यूयोर्कमा शुक्रबार आकस्मिक संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकपछि राष्ट्रसङ्घका लागि कम्बोडियाका राजदूत छेआ केओले उहाँको देशले ‘तत्काल युद्धविराम’ र विवादको शान्तिपूर्ण समाधान चाहेको बताए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शनिबार दुवै पक्षलाई ‘तुरुन्तै युद्धविराममा सहमत हुन’ र दिगो समाधान खोज्न वार्ता गर्न आग्रह गरे । 

लडाइँ सुरु गर्ने एकअर्कालाई दोष दिनुका साथै कम्बोडियाले थाई सेनाले क्लस्टर हतियार प्रयोग गरेको आरोप लगाएको छ भने थाइल्यान्डले कम्बोडियामाथि अस्पताल लगायत नागरिक पूर्वाधारलाई निशाना बनाएको आरोप लगाएको छ ।

यो लडाइँले छिमेकी राष्ट्रहरूबिच आठ सय किलोमिटरको साझा सीमानाको दशौँ किलोमिटर विवादित रहेको लामो समयदेखिको विवादमा नाटकीय वृद्धिलाई जनाउँछ । रासस, एएफपी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल विद्युत् प्राधिकरणले २६२ पदका लागि कर्मचारी भर्ना खुल्याे

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६२ पदमा कर्मचारी भर्ना गर्न र बढुवाका लागि पनि आवेदन आह्वान गरेको छ। प्राधिकरणले अधिकृत स्तरका विभिन्न पदहरू...

२०२५ मा माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे

मुस्ताङ । सन् २०२४ को तुलनामा सन् २०२५ मा माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या घटेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्ष...

रसुवागढीस्थित पुल सञ्चालनमा आएसँगै चिनियाँ समान ढुवानी सहज

रसुवा । रसुवागढीस्थित मितेरी पुल बगेको करिब ६ महिनापछि सोही ठाउँमा निर्माणाधीन बेलीब्रिज सञ्चालनमा आएसँगै मालवाहक ट्रक तथा डिब्बाको आवतजावत सुरु भएको ...

‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’ सबैको साझा दायित्व

निजी लाभको उद्देश्यले सार्वजनिक पद, कार्यालय वा स्रोत–साधनको दुरुपयोग गर्नु नै भ्रष्टाचार हो । भ्रष्टाचार केवल नगद वा जिन्सी आर्जनमा सीमित छैन, यो धनी...

काेशी प्रदेश सरकार शीघ्र पुनर्गठन गर्छाैँ: मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...

शिवपुरी आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...

चीनको बिवाइडीले सन् २०२५ मा सबैभन्दा बढी कार बिक्रीको रेकर्ड राख्न सफल

काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...

घरबारविहीन परिवारलाई दुई लाख सहयोग

बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...

दम्भ–दुर्भाव फालौँ

-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...

महाकाली सन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending