Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

गोरखामा कुटपिटबाट घाइते युवाको मृत्यु, चार जना पक्राउ

खबरडबली संवाददाता

सुलीकोट। गोरखा नगरपालिका-७ छिपिटोलस्थित गोरखा घर (दोहिरी साँझ) नजिक कुटपिटबाट गम्भीर घाइते भएका एक युवाको  उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले चार जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार जेठ २७ गते राती करिब १२: ३७ बजे बारपाक सुलिकोट गाउँपालिका – ३ निबासी ३२ बर्षिय सन्त बहादुर गुरुङमाथि अज्ञात व्यक्तिले लात, मुक्का, तथा ढुङ्गाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

घटना घटेको सूचना थाहा पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोली घटनास्थलमा पुगेर गम्भीर घाइते गुरुङलाई उपचारको लागि प्रदेश अस्पताल गोरखामा लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक श्रेष्ठको भनाइ छ ।

उपचारपछि अस्पतालबाट डिस्चार्ज भई घर फर्कनुभएका गुरुङ गएराति साँझ अचानक बेहोस भई ढली पुन प्रदेश अस्पताल गोरखामा ल्याई उपचार गरिए पनि चिकित्सकले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घट्नाको अनुसन्धानको क्रममा कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिई पक्राउ पर्नेमा गोरखा नगरपालिका- ७ रोटेपानीका २४ वर्षीय वोनस शाक्य, धार्चे गाउँपालिका-२ केरौजा घर भई हाल गोरखा नगरपालिका -८ बगैचा बस्ने २३ वर्षीय मिङमार गुरुङ रहेका छन् ।

 त्यस्तै सिरानचोक गाउँपालिका -२ थालाजुङका २९ वर्षीय होमराज गुरुङ तथा धार्चे गाउँपालिका- १ हुल्चुकका २४ वर्षीय सन्तोष गुरुङ पक्राउ परेका प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।

 प्रहरीले घट्नालाई हत्या प्रकरणका रुपमा अनुसन्धान गरिरहेको तथा पक्राउ परेका माथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापामा एक वर्षभित्र हात्ती आक्रमणबाट चार जनाको मृत्यु, तीन हात्ती पनि मरे

बिर्तामोड। झापामा मानव–हात्ती द्वन्द्व बढ्दै जाँदा एक वर्ष नबित्दै जङ्गली हात्तीको आक्रमणबाट चार जनाको ज्यान गएको छ। यस अवधिमा तीन वटा जङ्गली हात्त...

झापामा एक वर्षभित्र हात्ती आक्रमणबाट चार जनाको मृत्यु, तीन हात्ती पनि मरे

बिर्तामोड। झापामा मानव–हात्ती द्वन्द्व बढ्दै जाँदा एक वर्ष नबित्दै जङ्गली हात्तीको आक्रमणबाट चार जनाको ज्यान गएको छ। यस अवधिमा तीन वटा जङ्गली हात्त...

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेको छन् । उनी गएराति त्यसतर्फ...

पर्सामा १०० किलो गाँजा बरामद, अनुसन्धान सुरु

वीरगञ्ज । पर्सामा प्रहरीले १०० किलोग्राम गाँजा बरामद गरेको छ। जिल्लाको जगरनाथपुर गाउँपालिका–३ स्थित मुरैयाचोक क्षेत्रबाट आइतबार सशस्त्र प्रहरी र नेपाल...

एमालेले मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी

काठमाडौँ। नेकपा (एमाले)ले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको शाख फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारीसहित...

तीर्थस्नान गर्न गएका वृद्धको मृत्यु

उर्लाबारी। मोरङको कानेपोखरी–२ ढिकुवाडाँगीका ७१ वर्षीय धर्मप्रसाद पोख्रेलको तीर्थस्नान गर्न गएका बेला मृत्यु भएको छ ।  गाउँबाट छोरा–बुहारी नातिसँगै ...

सुनको मूल्य तोलामा एक हजार दुई सयले बढ्यो

काठमाडौँ। स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार २०० ले बढेको छ । गत शुक्रबार प्रतितोला दुई लाख ९२ हजारमा कारोबार भएको छापावाला सुनको...

रुपनीका बासिन्दाले ५० वर्षपछि पाए जग्गाधनी पुर्जा

सप्तरी। सप्तरी रुपनी गाउँपालिका वडा नम्बर १ का चार जनाले बसोबास गरेको ५० वर्षपछि जग्गाधनी पुर्जा पाएका छन् । पुर्जा पाउनेमा स्थानिय फुलो देवी साह, ...

गोरखामा कुटपिटबाट घाइते युवाको मृत्यु, चार जना पक्राउ

सुलीकोट। गोरखा नगरपालिका-७ छिपिटोलस्थित गोरखा घर (दोहिरी साँझ) नजिक कुटपिटबाट गम्भीर घाइते भएका एक युवाको  उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले चार जन...

ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४०८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख ५८ हजार राजस्व दाखिला भएको छ ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending