सप्तरी। सप्तरी रुपनी गाउँपालिका वडा नम्बर १ का चार जनाले बसोबास गरेको ५० वर्षपछि जग्गाधनी पुर्जा पाएका छन् ।
पुर्जा पाउनेमा स्थानिय फुलो देवी साह, अनिता देवी साह, मो।सुलेमान मियाँ र केदार प्रसाद साह रहेको हो ।शनिबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले उनीहरूलाई जग्गाधनी पुर्जा हस्तान्तरण गरे।
२०३२ सालमा तत्कालीन नकटी रायपुर गाउँपञ्चायतले स्थानीय १२ जना जग्गाधनीसँग रुपनी बजार बसाउन छ बिगा १० कठ्ठा जग्गा प्रति कठ्ठा लिएका थिए ।
बसोबास गर्ने व्यक्तिले सो प्लट बापत तत्कालिन नकटी रायपुर पञ्चात, त्यसपछि गाविस हुँदै रुपनी गाउँपालिकालाई प्रत्येक वर्ष कर दिँदै आएका छन् ।
गाउँपञ्चायतले बजार बसाउन १२ जना जग्गाधनीबाट जग्गा लिने सहमति गरेपछि सो जग्गालाई २०१ वटा प्लट बनाई प्रति प्लट दुईसयका दरले बसोबास गर्ने व्यक्तिबाट लिएर त्यहाँ बजार बसाएका थिए ।
तर, जग्गा त्यो प्लटमा बसोबास गर्ने व्यक्तिको नाममा नभई बजार बसाउन जग्गा दिएको व्यक्तिकै नाममा रहँदा समस्या सृजना भएको गाउँपालिका अध्यक्ष यादवले बताए।
उनले जग्गावाला परिवारजनसँग समन्वय गरेर रुपनी बजारमा वर्षौं देखि बसोबास गर्दै आएका व्यक्तिलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने काम भइरहेको जानकारी दिए।
रुपनीमा अहिले सम्म २५ जनाले जग्गाधनी पुर्जा पाएको र अझै १७६ जना बाँकी रहेको उनको भनाइ छ ।५० वर्षपछि जग्गाधनी पुर्जा पाएर एकदमै खुशी भएको ६७ वर्षीय मो सुलेमान मियाँले बताए।
आफू १७ वर्षको हुँदा बसोबास गरेको जग्गाको पुर्जा पाउन ५० लागेको उनले सुनाए।यस्तै, अनिता देवी साहले आफ्नो ससुराले नै प्लटमा बसोबास गर्न जग्गा किनेको र ५० वर्षपछि पुर्जा पाउँदा खुशी भएको सुनाए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३१ गते, २०८३ - १३:१८
बिर्तामोड। झापामा मानव–हात्ती द्वन्द्व बढ्दै जाँदा एक वर्ष नबित्दै जङ्गली हात्तीको आक्रमणबाट चार जनाको ज्यान गएको छ। यस अवधिमा तीन वटा जङ्गली हात्त...
जेष्ठ ३१ गते, २०८३ - १३:१८
बिर्तामोड। झापामा मानव–हात्ती द्वन्द्व बढ्दै जाँदा एक वर्ष नबित्दै जङ्गली हात्तीको आक्रमणबाट चार जनाको ज्यान गएको छ। यस अवधिमा तीन वटा जङ्गली हात्त...
जेष्ठ ३१ गते, २०८३ - १३:०६
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेको छन् । उनी गएराति त्यसतर्फ...
जेष्ठ ३१ गते, २०८३ - १२:४९
वीरगञ्ज । पर्सामा प्रहरीले १०० किलोग्राम गाँजा बरामद गरेको छ। जिल्लाको जगरनाथपुर गाउँपालिका–३ स्थित मुरैयाचोक क्षेत्रबाट आइतबार सशस्त्र प्रहरी र नेपाल...
जेष्ठ ३१ गते, २०८३ - १२:३२
काठमाडौँ। नेकपा (एमाले)ले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको शाख फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारीसहित...
जेष्ठ ३१ गते, २०८३ - १२:२२
उर्लाबारी। मोरङको कानेपोखरी–२ ढिकुवाडाँगीका ७१ वर्षीय धर्मप्रसाद पोख्रेलको तीर्थस्नान गर्न गएका बेला मृत्यु भएको छ । गाउँबाट छोरा–बुहारी नातिसँगै ...
जेष्ठ ३१ गते, २०८३ - १२:११
काठमाडौँ। स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार २०० ले बढेको छ । गत शुक्रबार प्रतितोला दुई लाख ९२ हजारमा कारोबार भएको छापावाला सुनको...
जेष्ठ ३१ गते, २०८३ - ११:५२
सप्तरी। सप्तरी रुपनी गाउँपालिका वडा नम्बर १ का चार जनाले बसोबास गरेको ५० वर्षपछि जग्गाधनी पुर्जा पाएका छन् । पुर्जा पाउनेमा स्थानिय फुलो देवी साह, ...
जेष्ठ ३१ गते, २०८३ - ११:३७
सुलीकोट। गोरखा नगरपालिका-७ छिपिटोलस्थित गोरखा घर (दोहिरी साँझ) नजिक कुटपिटबाट गम्भीर घाइते भएका एक युवाको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले चार जन...
जेष्ठ ३१ गते, २०८३ - ११:०६
काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४०८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख ५८ हजार राजस्व दाखिला भएको छ ।...



प्रतिकृया लेख्नुहोस्: