Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

तनहुँमा लोपोन्मुख नौ प्रजातिका गिद्धको पुनरागमन

खबरडबली संवाददाता

तनहुँ। प्राकृतिक खाद्य चक्रका संवाहक एवं ’प्रकृतिका कुचिकार’ मानिने लोपोन्मुख प्रजातिका गिद्धहरू तनहुँमा बथानसहित फर्किएका छन् ।

व्यास नगरपालिका–१० दुम्सीस्थित व्यास गौसंरक्षण केन्द्रले गरेको सुरक्षित आहाराको व्यवस्थापन र संरक्षणमुखी नीतिले गर्दा विगतमा हराउँदै गएका गिद्धहरूको पुनरागमन भएको हो ।केन्द्रमा अहिले रैथाने र आगन्तुक गरी नौ प्रजातिका करिब एक सयको सङ्ख्यामा गिद्धहरू दैनिक रूपमा देखिन थालेका छन् ।

नगरपालिकाले सञ्चालन गरेको गौसंरक्षण केन्द्रमा प्राकृतिक रूपमा मरेका गाईगोरुलाई सुरक्षित रूपमा गिद्धको आहारा ९सिनो० बनाउने व्यवस्था मिलाएपछि यी चराको बासस्थान सुरक्षित बनेको हो ।

व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले भौतिक पूर्वाधारसँगै प्रकृति र प्राणीको सहअस्तित्व रक्षाका लागि यो मानवीय र प्राकृतिक अभियान चलाइएको बताए।

नगर प्रमुख न्यौपानेले भने, “गौसंरक्षण केन्द्रमार्फत हामीले एउटा पूर्ण पर्यावरण चक्र ९इकोसिस्टम० निर्माण गरेका छौँ, जहाँ गाई, गिद्ध, नदी र वनस्पति सबै आपसमा जोडिएका छन्। यस अभियानका लागि नगरपालिकाले वार्षिक १५ लाख रुपियाँसम्म बजेट विनियोजन गर्दै आएको छ ।”

केन्द्रमा कार्यरत कर्मचारीको पारिश्रमिक, गाईको दाना, औषधि र पूर्वाधार सुरक्षामा नगरपालिकाले निरन्तर लगानी गरिरहेको छ।

केन्द्रका अध्यक्ष तथा वडा नम्बर १० निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाका अनुसार नगरपालिकाले दूरगामी महत्वको क्षेत्रमा लगानी गरेर पर्यावरण र जनजीवन दुवैलाई सन्तुलित बनाएको छ । यस कार्यमा स्थानीय र राष्ट्रिय निकायको पनि उत्तिकै साथ छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सिनोलाई गिद्धका लागि सुरक्षित बनाउन प्राविधिक सहयोग गरिरहेको छ भने तनहुँ जलविद्युत आयोजनाले गिद्ध बस्नका लागि अग्ला खम्बाहरूको व्यवस्था गरिदिएको छ ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो सहयोगले गिद्धको बासस्थान सुरक्षित बनाउन मद्दत पुगेको छ ।

व्यास नगरपालिका–५ ढोडेनी स्थित माँ अम्बे अलौकिक कृषि फर्मकी सञ्चालिका कल्पना गौली व्यास नगरपालिकाको यो कार्यलाई नेपालकै अन्य स्थानीय तहका लागि प्रेरणादायी ‘संरक्षण मोडल’ भएको बताउछन् ।

गौशालामा मलमूत्रबाट बायोग्यासन्ट निर्माण गरी केन्द्रलाई स्वावलम्बी बनाइनु र हराइसकेका गिद्धहरूको पुनरागमन हुनुले व्यास नगरपालिकालाई ‘इको–मोडल’ नगरपालिकाको रूपमा स्थापित गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेले मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी

काठमाडौँ। नेकपा (एमाले)ले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको शाख फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारीसहित...

तीर्थस्नान गर्न गएका वृद्धको मृत्यु

उर्लाबारी। मोरङको कानेपोखरी–२ ढिकुवाडाँगीका ७१ वर्षीय धर्मप्रसाद पोख्रेलको तीर्थस्नान गर्न गएका बेला मृत्यु भएको छ ।  गाउँबाट छोरा–बुहारी नातिसँगै ...

सुनको मूल्य तोलामा एक हजार दुई सयले बढ्यो

काठमाडौँ। स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार २०० ले बढेको छ । गत शुक्रबार प्रतितोला दुई लाख ९२ हजारमा कारोबार भएको छापावाला सुनको...

रुपनीका बासिन्दाले ५० वर्षपछि पाए जग्गाधनी पुर्जा

सप्तरी। सप्तरी रुपनी गाउँपालिका वडा नम्बर १ का चार जनाले बसोबास गरेको ५० वर्षपछि जग्गाधनी पुर्जा पाएका छन् । पुर्जा पाउनेमा स्थानिय फुलो देवी साह, ...

गोरखामा कुटपिटबाट घाइते युवाको मृत्यु, चार जना पक्राउ

सुलीकोट। गोरखा नगरपालिका-७ छिपिटोलस्थित गोरखा घर (दोहिरी साँझ) नजिक कुटपिटबाट गम्भीर घाइते भएका एक युवाको  उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले चार जन...

ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४०८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख ५८ हजार राजस्व दाखिला भएको छ ।...

तनहुँमा लोपोन्मुख नौ प्रजातिका गिद्धको पुनरागमन

तनहुँ। प्राकृतिक खाद्य चक्रका संवाहक एवं ’प्रकृतिका कुचिकार’ मानिने लोपोन्मुख प्रजातिका गिद्धहरू तनहुँमा बथानसहित फर्किएका छन् । व्यास नगरपालिका–१०...

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ: सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताएको छन्। काठमाडौँ महा...

आन्तरिक विवादमा संवादको माग गर्दै विश्वप्रकाशद्वारा पाँच नेतालाई ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद र छलफल आवश्यक रहेको भन्दै पाँच जना अग्रज न...

‘चुड्का’ र ‘कौरा’ नाचमार्फत मौलिक पहिचान जोगाउँने अभियानमा भुजेल समुदाय सक्रिय

तनहुँ । आधुनिकताको बढ्दो प्रभाव र पुस्तान्तरणको अभावका कारण भाषा, संस्कृति तथा ऐतिहासिक पहिचान संकटमा पर्न थालेपछि तनहुँका भुजेल समुदाय संरक्षण अभियान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending