Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

एक वर्षमा १७ हजार बढीको आँखा परीक्षण

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले सत्र हजार जना बढीको आँखा परीक्षण तथा उपचार गरेको छ ।

आँखा उपचार केन्द्रले एक वर्षको अवधि अर्थात गएको आर्थिक वर्ष २०८१/८२ मा उक्त सङ्ख्यामा सेवाग्राहीलाई आँखा परीक्षण तथा उपचार सेवा प्रवाह गरेको हो ।
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा उपचार केन्द्रले विभिन्न शिविर, घुम्ती आँखा परीक्षण कार्यक्रम र उपचार केन्द्रमार्फत आँखाका विरामी तथा सेवाग्राहीलाई सेवा प्रवाह गरेको हो । डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका वरिष्ठ नेत्र अधिकृत काजी गुरुङका अनुसार गएको आवमा कुल १७ हजार ३४१ जनाको आँखा परीक्षण साथै उपचार गरिएको छ ।

सदरमुकाम फुङ्लिङमा रहेको आँखा उपचार केन्द्रमार्फत छ हजार ६४७ जनाको आँखा परीक्षण तथा उपचार गरिएको वरिष्ठ नेत्र अधिकृत गुरुङले जानकारी दिए । उक्त सङ्ख्यामध्ये दुई हजार ९७० जना पुरुष र तीन हजार ६७७ जना महिला रहेका छन् । उमेरका हिसाबले उपचार केन्द्रमार्फत सेवा प्राप्त गर्नेमा १५ वर्ष माथिका पाँच हजार ५८८ जना र १५ वर्षमुनिका एक हजार ५९ रहेका पनि गुरुङले जानकारी दिए । 

यस्तै आँखा उपचार केन्द्रबाहिर जिल्लाका विभिन्न ८० वटा विद्यालयमा सञ्चालित आँखा जाँच कार्यक्रममार्फत छ हजार ९०० जना विद्यार्थीको आँखा परीक्षण तथा उपचार गरिएको छ । वरिष्ठ नेत्र अधिकृत गुरुङका अनुसार तीन हजार ४०७ जना छात्र र तीन हजार ४९३ जना छात्राको आँखा परीक्षण तथा उपचार गरिएको छ । आँखा परीक्षण गरिएकामध्ये ५३९ जना छात्रछात्राको आँखामा समस्या फेला परेको उनले जानकारी दिए । 

विद्यालयहरुमा सञ्चालित आँखा जाँच कार्यक्रममार्फत सम्बन्धित विद्यालयका शिक्षक समेतको आँखा परीक्षण तथा उपचार गरिएको थियो । त्यस्तै जिल्लाका विभिन्न १८ स्थानमा आँखा जाँच कार्यक्रम सञ्चालन गरिएको र कार्यक्रममार्फत ८३३ जना पुरुष र ७०१ महिला गरी एक हजार ५२५ जनाले सेवा प्राप्त गरेका वरिष्ठ नेत्र अधिकृत गुरुङले जानकारी दिए । 

यसैगरी, गत आवभित्र फुङ्लिङस्थित आँखा उपचार केन्द्रसहित विभिन्न चार ठाउँमा सञ्चालित शल्यक्रियासहितको शिविरमार्फत दुई हजार २६९ जनाले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन् । गुरुङका अनुसार शिविरमार्फत मोतिविन्दु भएका १९७ जना विरामीको आँखाको शल्यक्रिया गरिएको छ । गएको आवमा आँखा उपचार सेवा लिएका ४० वर्षमाथिका करिव दुई हजार ४०० जनालाई पावरवाला चस्मा (अक्षर पढ्न मिल्ने) निःशुल्क वितरण गरिएको पनि उनले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending