Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

जिल्ला प्रशासन कार्यालय उदयपुरले जम्मा गर्याे चार कराेडबढी राजश्व

खबरडबली संवाददाता

उदयपुर । उदयपुरबाट गत वर्ष गैरआवासीय नागरिकताको प्रमाणपत्र लिने नागरिकको संख्या १२ जना रहेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले आर्थिक वर्ष ०८१/८२ मा भएका कार्यसम्पादनको प्रगति विवरणअनुसार ६–६ जना महिला र पुरुष रहेका छन् । कार्यालयका अनुसार कार्यसम्पादनको प्रगति विवरणअनुसार नयाँ नागरिकता प्रमाणपत्रमा वैवाहिक अंगीकृत लिनेको संख्या ६, वंशजको नागरिकता लिनेको संख्या १० हजार १३४ रहेको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए । 

यसैगरी, नागरिकताको प्रतिलिपि लिने ६ हजार ७६६, नाबालक परिचयपत्र लिनेको संख्या १५९, राहदानी आवेदन संकलन आठ हजार २८८, राहदानी वितरण आठ हजार ३६४, राष्ट्रिय परिचयपत्र विवरण दर्ता २८ हजार ७६४, राष्ट्रिय परिचयपत्र वितरण पाँच हजार ९३८ रहेको लुइँटेलले जानकारी दिए ।

यता दलित, आदिवासी जनजाति, मधेशीलगायत अन्य सिफारिस दुई हजार १०२, भारतीय/ब्रिटिस पेन्सन सिफारिस ७९, ठाडो उजुरी १२२, नयाँ संस्था दर्ता २३, नवीकरण १७३, हातहतियार नवीकरण ११, पत्रपत्रिका तथा छापाखाना दर्ता जिरो, ड्रोन अनुमति एक, नयाँ मुद्दा दर्ता ७९, मुद्दा दर्ता फर्स्याेट ७०,  सरकारी कार्यालयको निरीक्षण चारपटक गरिएको छ । यसैगरी अन्य विभिन्न कामहरू गरिएको कार्यसम्पादनको प्रगति विवरणमा उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार राजस्व संकलनमा राहदानी शुल्कबाट चार करोड ६३ लाख ८५ हजार, अन्य प्रशासनिक शुल्कबाट पाँच लाख ६२ हजार १५०, हातहतियार नवीकरण दस्तुर शुल्कबाट एक लाख पाँच हजार २५० गरी जम्मा चार करोड ७० लाख ५२ हजार चार सय राजस्व संकलन भएको छ।  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending