Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

गाजामा विश्वकै ‘सबैभन्दा’ खराब मानवीय अवस्था छः अस्ट्रेलियाली प्रधानमन्त्री

खबरडबली संवाददाता

क्यानबेरा । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले गाजाको मानवीय अवस्थालाई खराव र विनाशको रूपमा वर्णन गर्दै इजरायललाई यस क्षेत्रमा सहायताको अवरोध तुरुन्तै रोक्न आह्वान गरेका छन् । शुक्रबार एक विज्ञप्तिमा अल्बानिजले गाजाको अवस्था विश्वको ‘सबैभन्दा’ खराब भएको बताएका छन् ।

“गाजा मानवीय विपत्तिको चपेटामा रहेको अवस्थामा इजरायलले सहयोग गर्न अस्वीकार गरेपनि पानी र खानाको पहुँच खोज्ने बालबालिका लगायत नागरिकहरूको हत्याको रक्षा गर्न वा बेवास्ता गर्न नसकिने उनले बताए । उनले इजरायललाई अन्तर्राष्ट्रिय कानून अन्तर्गत आफ्ना दायित्वहरूको पालना गर्न आह्वान गदै संयुक्त राष्ट्रसङ्घ (यूएन) र गैरसरकारी संस्थाहरूलाई आफ्नो जीवन बचाउने काम गर्न अनुमति दिन र प्यालेस्टिनीको जबरजस्ती विस्थापनको प्रस्ताव त्याग्न आग्रह गरेका छन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले सेप्टेम्बरमा संयुक्त राष्ट्र महासभामा फ्रान्सले प्यालेस्टिनी राज्यलाई औपचारिक रूपमा मान्यता दिने घोषणा गरेको केही घण्टापछि उक्त विज्ञप्ति जारी गरिएको हो । उनले अष्ट्रेलियाले युद्धविरामलाई सहज बनाउनका लागि सबै अन्तर्राष्ट्रिय प्रयासहरूलाई समर्थन जारी राखेको छ र इजरायली र प्यालेस्टिनी जनता ‘अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमा’ भित्र शान्ति र सुरक्षामा बस्न सक्ने भविष्यका लागि प्रतिबद्ध रहेको बताए । 

निर्दोषको जीवन रक्षा गरी गाजाका जनताको पीडा र भोकमरी अन्त्य गर्न अहिले सबै प्रयासहरू गरिनु पर्ने उनले बताए । अस्ट्रेलियाले सोमबार फ्रान्ससहित २७ अन्य देशहरूसँग मिलेर गाजामा युद्धको तत्काल अन्त्यका लागि आह्वान गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending