स्याङ्जा । स्याङ्जामा गत आर्थिक वर्ष ०८१/८२ मा तीन हजार ६५३ मिटर पदमार्ग निर्माण भएको छ ।
गण्डकी प्रदेशबाट विनियोजन भई पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाबाट कार्यान्वयन आएका स्याङ्जाका नौवटा योजनामा तीन हजार ६५३ मिटर पदमार्ग निर्माण भएको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायणप्रसाद ढकालले बताए । जिल्लाका विभिन्न भागमा पदमार्गका मात्रै नौ योजना निर्माण भएका हुन् ।
‘जिल्लाका धार्मिक, ऐतिहासिक, पुरातात्विक, पर्यटकीय महत्त्वका स्थलसम्म पुग्नका लागि सहज पहुँचमार्ग निर्माण गर्ने गरी कार्यान्वयन भएका नौवटा पदमार्गका मात्रै थिए,’ उनले भने, ‘विनियोजित बजेटका आधारमा लागतका आधारमा साढे तीन किलाेमिटरभन्दा बढी पदमार्ग निर्माण भएको हो ।’
कुल ८० लाख ९९ हजार ९८३ को लागतमा पदमार्ग, फलाम तथा स्टिलको रेलिङ र चौतारा निर्माण गरिएको हो । नौवटा योजनाहरूमध्ये कंक्रिट ढलान पदमार्ग दुई हजार ४६७ मिटर, छपनी ढुंगा लगाएको पदमार्ग एक हजार ८०३ मिटर र सुक्खा छपनी ढुंगाको पदमार्ग एक हजार सात मिटर रहेको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका इन्जिनियर फणीन्द्रकुमार रौनियारले बताए ।
स्याङ्जामा गण्डकी प्रदेशमार्फत रकम विनियोजन भई पर्यटन तथा उद्योग कार्यालयबाट कार्यान्वयनमा आएका योजनामा पुतलीबजार– ८, को कैलाश गुफा जाने पदमार्ग, आँधीखोला– ६ मा निर्मित देउराली बिसौना हुँदै फापरथुम जाने पदमार्ग, आँधीखोला– ३ मा ठुलो छहरा पर्यटकीय पूर्वाधार निर्माण, फेदीखोला– २ मा कमेरेखोला खहरे नुवाकोट पदमार्ग, अर्जुनचौपारी– १ मा जलबराह पञ्चकन्या ग्रामीण पर्यटकीय पूर्वाधार रहेका छन् ।
त्यस्तैगरी, चापाकोट नगरपालिका– ४ मल्याङकोट मन्दिर जाने पदमार्ग, वालिङ– ९ र ११ जोड्ने सुर्कौदीदेखि पेखुसम्म पर्यटकीय पदमार्ग, गल्याङ– ११ निमाघाट पदमार्ग निर्माण र कालीगण्डकी गाउँपालिका– ३ र ४ जोड्ने फुस्रेखोला चण्डीथान बैघागाउँ पदमार्ग रहेका छन् ।
धार्मिक, ऐतिहासिक, पर्यटकीय महत्त्वका स्थलसम्म पुग्नका लागि पदमार्ग निर्माणसँगै सहज भएको इन्जिनियर रौनियार बताउँछन् । गण्डकी प्रदेशबाट स्याङ्जामा गत आर्थिक वर्ष ०८१/८२ मा कुल ३० वटा योजना कार्यान्वयनमा रहेका थिए । जसमध्ये २९ वटा योजना निर्माण सम्पन्न भएका छन् भने एउटा योजना निर्माण नभएपछि बजेट फिर्ता भएको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: