बाँके । लामो समयदेखि प्रर्याप्त वर्षा नहुँदा रोपाइँ नै कम भएको बाँके जिल्लामा रोपाइँ भएको धानसमेत पानीको अभावले सुक्न थालेको छ ।
सिँचाइ सुविधा नभएका जिल्लाका अधिकांश किसानले धान रोप्न नपाएको अवस्था पानीको अभावमा रोपेको धान सुक्न थालेको हो । डुडुवा गाउँपालिका-४, मुन्डापुर्वाका पुत्तन बागवानले वर्षा नहुँदा अझैँ धान रोप्न सक्नु भएको छैन । सिँचाइ सुविधा नभएका कारण उनले धान रोप्न नसकेको बताए ।
रोपेको धानसमेत सुक्न थालेको बताउँदै डुडुवाका किसानले बोरिङको पानीसमेत सुक्न थालेको गुनासो गरेका छन् । वर्षा नभएपछि रोपेको धान पनि सुक्न थालेको डुडुवा-४ का शालिकराम यादवले बताए ।
लामो खडेरीका कारण खेतको गरामा रहेको बियाड समेत सुक्न थालेको उनले बताए । गत वर्ष यो समयमा धान रोपेर सकेको स्मरण गर्दै यादवले यस पटक ३० प्रतिशत मात्र रोपेकोमा त्यो पनि सुक्न थालिसकेको बताए । डुडुवा गाउँपालिका-३ का दिनेश मौर्यले बोरिङको सहायतामा धान रोपे पनि वर्षा नहुँदा सुकेको बताए ।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार सुरुमा केही दिन वर्षा राम्रो भए पनि त्यसयता पानी नपर्दा धेरै किसानले धान रोप्न नपाएको र रोपेकाको पनि सुक्न थालेको बताए । कृषि ज्ञान केन्द्र बाँकेका कृषि अधिकृत खडक बस्नेतका अनुसार हालसम्म ७३ प्रतिशत धान रोपाइँ भएको तथ्याङ्क सङ्कलन गरिएको बाँकेमा रोपिएको धेरै धान पानी नपाएर सुक्न थालेको सूचना आइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: