काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फरक विचारप्रति आफू सधैँ उदार रहेको बताएका छन् ।
नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७औँ स्मृति दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘साथीहरू भन्नुहुन्छ म अलि बढी विचारलाई असहिष्णु भएँ कि ! म भन्छु भिन्न मतलाई दमन गर्ने मेरो कमजोरी होइन, भिन्न मतप्रति अलि बढी उदार हुने मेरो कमजोरी हो । मलाई मेरो पार्टीभित्र बढी आलोचना हुने विषय पनि यही हो ।’
विगतमा मोहन वैद्य किरण, बाबुराम भट्टराई, रामबहादुर थापा बादल वा अन्य कसैलाई पनि आफूले पार्टीबाट ननिकालेको स्पष्ट पार्दै प्रचण्डले थपे, ‘तर कतिपय साथीहरूलाई ननिकाले पनि बस्ने ठाउँ नै नदिएपछि के गर्ने भन्ने लाग्दो होला ! त्यो पनि सत्य होइन । मैले पर्याप्त छलफलको वातावरण दिने गरेको छु ।’
अहिले पनि पार्टीका केही नेताहरूले सिँगौरी खेल्न खोजिरहेको भन्दै प्रचण्डले आफूले उनीहरूलाई पनि प्रशस्त ठाउँ दिएको बताए । ‘अहिले पनि केही साथीहरूले अलिअलि सिँगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्नुभएको छ । उहाँहरूलाई मैले प्रशस्त सिँगौरी खेल्न दिएको छु । अस्ति डेढ महिना परामर्श भन्दै देशभरि लिएर हिँडेँ मैले । योभन्दा बढी गर्ने के हो जनवाद ?’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ४ गते, २०८२ - २०:३१
तेहरान । हालैको १२ दिने युद्धमा प्रयोग गरिएका भन्दा बढी क्षमताका मिसाइलहरू विकास गरेको घोषणा गर्दै इरानले बुधबार कुनै पनि नयाँ इजरायली आक्रमणका लागि त...
भाद्र ४ गते, २०८२ - २०:१३
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनता नै देशका मालिक भएकाले जनमतको सम्मान गर्नु राजनीतिक दलहरूको प्रमुख द...
भाद्र ४ गते, २०८२ - २०:०३
काठमाडौं । अष्ट्रेलियाले ४६ वर्षअघि खारेज गरेको ‘मृत्यु कर’ (डेथ ट्याक्स) पुनः लागू गर्ने तयारी गरेको छ । विज्ञहरूका अनुसार यो करले देशमा पुस्तागत असम...
भाद्र ४ गते, २०८२ - १९:५३
काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई पदमुक्त गर्ने तयारीसहित सत्तारूढ नेपाली कांग्रेसले सांसदहरूको हस्ताक्षर संकलन थालेपछि पार्टीभित्रै विरोध चर्कि...
भाद्र ४ गते, २०८२ - १९:४२
प्रचण्डसँग लामिछानेले भने-कांग्रेस र एमालेले सुनियोजित रूपमा फसाए
भाद्र ४ गते, २०८२ - १८:३१
कैलाली । बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै उनी काठ काट्ने औजार लिएर घर बाहिर मादल बनाउन राखिएको काठको घार मिलाउछन् । त्यसपछि तयार भए...
भाद्र ४ गते, २०८२ - १८:२७
कांग्रेस–एमालेले राज्य शक्तिको दुरुपयोग गरे
भाद्र ४ गते, २०८२ - १८:२०
काठमाडौं । प्रभावशाली स्ट्राइकर केलियन एमबाप्पेको निर्णायक गोलमा रियल म्याड्रिडले स्पेनिस लिगमा विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा मङ्गलबार राति...
भाद्र ४ गते, २०८२ - १८:१७
काठमाडाैं । नयाँ बानेश्वरस्थित संसद् भवनको व्यवस्थापन गर्दै आएको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिले एकैपटक ८० कर्मचारी हटाएको छ । एकप...
भाद्र ४ गते, २०८२ - १८:१३
जेरुसेलम । इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजा सहरको विजय योजनालाई स्वीकृति दिनु भएको उनको मन्त्रालयले बुधबार पुष्टि गरेको छ । उनले यो योजनालाई ...
प्रतिकृया लेख्नुहोस्: