Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

गाथामग चह्रे पर्व मनाउँदै नेवार समुदाय

खबरडबली संवाददाता

भादगाउँ । साउन कृष्णपक्ष चतुर्दशीको अवसरमा आज भक्तपुरका नेवार समुदाय गाथामग चह्रे पर्व मनाउँदैछन् । विशेष गरी घरको स्वस्तीशान्तिका लागि भूतप्रेतलाई पूजा गरी मन्छाउने यस पर्व घण्टाकर्ण चतुर्दशीको नामले परिचित छ । गाथामग पर्वसँगै नेवार समुदायमा चाडपर्व सुरु हुने भएकाले यसलाई वर्षको पहिलो पर्वका रूपमा पनि लिइन्छ ।

नेवार समुदायले हर्षोल्लासका साथ मनाउने गाथामग चह्रे नेवार समुदायको मौलिक पर्वमध्येको एक हो । वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र महाशिवरात्रि चतुर्दशीमध्ये नेवार समुदायले मात्र पर्वका रूपमा मनाउने भएकाले घण्टाकर्ण चतुर्दशीलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरेको बाराही मन्दिरका पुजारी लक्ष्मीनारायण कर्माचायले बताए । 

गाथामग चह्रेको पूजा विधिपूर्वक गरे घरमा पितृदोषबाट मुक्त भई शान्ति कायम हुने र परिवारजनमा कुनै दानवी शक्तिको प्रभाव नपर्ने जनविश्वास छ । यसै विश्वासअनुरुप नेवार समुदायले गाथामग चह्रेमा बिहानै घरलाई लिपपोत गरी शुद्ध बनाउनुका साथै महादेव वा नायरायणको मन्दिर पुगेर जल ल्याई घरको सम्पूर्ण भागमा छर्केर चोखो बनाउने चलन छ । घर चोखो गर्न अगाडि दैनिक जीवनमा प्रयोग भइरहेका सम्पूर्ण भाँडाकुँडा धोएर चोखो गर्छन् । जल नछर्केसम्म कसैले खान नहुने धार्मिक मान्यता छ ।

घरलाई चोखो बनाएपछि नेवार समुदायले बौ वायु ज्या (भूतप्रेत मन्छाउने कार्य) गर्दछ । काँचो माटोको सानो दहीको कटारो वा सलिचा (एक प्रकारको माटोको भाँडा) मा चिउराको ढुटो, जाँडको कट, लसुन, रगत, रातो खुर्सानी, कालो भटमास, रङ्गीबिरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर घरको मूलढोका अगाडि कुमार र टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने प्रचलनलाई बौ वायु ज्या अर्थात् भूत पन्छाउने कार्य भनिन्छ । बौ वायु ज्या गर्दा कोहीले कुखुराको बलिसमेत दिने परम्परा छ । 

बौ वायु ज्यासँगसँगै घरघरको मूलढोका र मुख्य निदालमा पञ्चरङ्गी मयुरको प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको स्थानीय बलराम प्रजापतिले बताए । घरका साना केटाकेटीलाई खुट्टामा फलामको कली (एक प्रकारको गहना), तामाको औँठी लगाइदिने चलन पनि छ । वयस्क युवतीले आजको दिन विशेष गरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने र फलामको औँठी लगाउने चलन छ । 

त्यसैगरी साँझपख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा फाल्ने कार्य) गरिन्छ । छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूलसमेत राखेर  छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म धुवाँ जानेगरी परिक्रमा गराई छ्वास अर्थात् नेवार समुदायको मानिस मर्दा मृतकको लुगा फाल्ने ठाउँमा लगेर सेलाउने गरिन्छ । यस दिन नेवार समुदायमा घरका सम्पूर्ण झ्याल ढोकाको कुनाको माटो झिकेर सो माटो झिकेको सानो प्वालमा जौँ, तोरीको गेडालगायतका वस्तु राखेर गोवरले लिप्ने गरिन्छ ।

गाथामग चहेको साँझ बच्चा भूतदेखि नडराउन्, रुन्चे नलागोस् भनी टोल टोलमा रहेको छवासमा गथामुगलाई आगो तपाएर तीन चकर लगाइसकेपछि सो आगोमा घुमाइघुमाई तपाउने गरिन्छ । गाथामगको दहनसँगै लामखुट्टेको एउटा दाँत भाँचिन्छ भन्ने जनविश्वास रहिआएको छ । गथामग पर्व मनाउन घरआँगन सबै सफा गर्ने भएको हुँदा लामखुट्टेको सङ्ख्या कम हुने र लामखुट्टेको टोकाइसमेत कम हुने भएकाले लामखुट्टेको एउटा दाँत भाँचिने मान्यता विकसित भएको संस्कृतिकर्मीहरूको भनाइ छ ।

गाथामग चह्रेकै अवसरमा टोलवासीले नर्कट र छ्वालीको  मानवाकृतयुक्त राक्षसको प्रतीक बनाई चोक चोकमा ठड्याएर राखिन्छ । सँगसँगै बच्चालाई  राक्षसको प्रतीक बनाई जगात अर्थात् पैसा उठाउन लगाइन्छ । साँझपख छवाली बालेर बाजागाजाका साथ राक्षसको प्रतीक स्वरूपको नर्कट र छ्वालीको मानवाकृतलाई नजिकको खोलापारि, दोबाटो, चौबाटो र नगरबाहिर लगेर जलाइन्छ । जलाएर फर्केपछि गाईजात्रा सुरु भएको जनाऊ दिँदै घिनताङघिसी तालमा नाचेर आउने परम्परा छ । 

यस पर्वलाई किसानको ‘सिनाज्या ब्यंकेगु’ (रोपाइँ कार्य सम्पन्न भएको) र चाडपर्वको सुरुआत भएको पर्वका रूपमा लिने गरिन्छ । नेवार समुदायमा घण्टाकर्ण चतुर्दशीका अवसरमा रोपाइँ सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रूपमा सिनाज्या ब्यंकेगु पर्व मनाउने परम्परा पनि रहिआएको छ । नेवार समुदायमा घण्टाकर्ण पर्व प्राचीन इतिहासकालदेखि प्रचलनमा रहेको इतिहासविद् एवं संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए । काठमाडौँ उपत्यकामा करिब दुई हजार वर्ष अघिदेखि यो पर्व मनाउँदै आएको उनले बताए । यस पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वका रूपमा समेत लिने गरेको संस्कृतिविद् डा. श्रेष्ठ बताए । 

लोककथनअनुसार घण्टाकर्ण भगवान् विष्णुका भक्त थिए । उनी केवल भगवान् विष्णुको मात्र पूजा गर्दथे । एक दिन भगवान् विष्णुले शिव र आफू एउटै भएकाले शिवको पूजा गर्नुभन्दा घण्टाकर्ण मानेनन् तब विष्णुले ‘हरि र शङ्कर’ एउटै हो भनेर देखाउन ‘हरिहर’को दर्शन दिए, जसमा आधा विष्णु थिए भने आधा शिव । तैपनि घण्टाकर्ण सन्तुष्ट हुन सकेनन् । उनी बाहिर निस्केका बेला मानिसहरूले शिव शिव भनेर जिस्क्याउँथे, सुन्नु पर्ला भनेर उनले आफ्नो कानमा ठूला ठूला घण्ट झुन्ड्याएर हिँड्थे । कसैले शिवको नाम लिने बित्तिकै कानको घण्टा जोड जोडले बजाउँथे । त्यसैले यसलाई घण्टाकर्ण भनिएको किंवदन्तीमा उल्लेख छ ।

कानमा घण्टा झुन्ड्याएर हिँड्ने घण्टाकर्णको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो । घण्टाकर्णलाई शिवको प्रतीकका रूपमा पनि लिइन्छ । पौराणिक कथनअनुसार महाभारत कालमा कृष्ण र वाणासुर राक्षसको युद्ध हुँदा वाणासुर राक्षसले कृष्णलाई हराउन महादेवको सहयोग माग्दछन् । शिवभक्त वाणासुरको पुकार सुनेर महादेवले वाणासुरलाई सहयोग गर्ने वचन दिन्छन् । तर कृष्णसँग युद्ध गर्न महादेवलाई नैतिक सङ्कट परेपछि उनले घण्टाकर्णको रूप धारण गरेको पौराणिक कथन रहेको संस्कृतिविद् प्रा.डा श्रेष्ठले बताए ।

गाथामग पर्वको दिनदेखि नै नेवार समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउने कार्यको थालनी गरिन्छ । नेवार समुदायमा सिठी नखःलाई वर्षको अन्तिम पर्वका रूपमा लिने र सो दिनदेखि घण्टाकर्णसम्म धान रोपाइँ सक्नुपर्ने भएकाले कुनै पनि धार्मिक महत्वको कार्य नगर्ने परम्परा  छ । नेवार समुदायले गाईजात्राका बेला नौ दिन आठ रात प्रदर्शन गरिने विभिन्न बाजागाजा, भैरवनाच, माक प्याखं, देवी प्याखं, भालुचा प्याखं, नागाचा प्याखं, मयुर प्याखं, खिचा प्याखं, लुसिचा प्याखं, रामायणलगायत व्यङ्ग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत घण्टाकर्ण पर्वदेखि सुरु गरिन्छ ।

भक्तपुरको प्रसिद्ध नवदुर्गा देवगणको लागि घण्टाकर्ण चतुर्दर्शीकै दिनदेखि मुखुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ । यस दिन नवदुर्गा जात्राका सबै देवगणहरू महादेव सिद्ध गर्न याछेंस्थित नवदुर्गाको मुखुण्डो बनाउने चित्रकारकहाँ गई ख्वपा बनाउने विशेष पूजा कोठामा कालो माटोले चित्रकारले महादेवको प्रतीक बनाई मुखुण्डोको शुभारम्भ गर्छन् । यस कार्यपछि महादेवको प्रतिमामा देवगणले दुई वटा भाले बलि दिई विधिवत् पूजा गर्छन् । पूजा सम्पन्न गरेपछि कुखुराको मासु राखेर सबै देवगण र चित्रकार बसेर समेबजी खान्छन् । 

खाइसकेपछि नवदुर्गा देवगृह फर्केर तालाक्वस्थित हाकुज्याक अर्थात् नायोकु नामक समूहको प्रजापतिहरूको गुठीघरमा जाने परम्परा छ । त्यहाँ पुगेपछि गुठीघरमा हाकुज्याकका थकाली (मुख्य नाइके) को हातमा भैरव बन्ने देवगणले ओम वा स्वस्तिक चिह्न लगाई एउटा सिक्का र दुई वटा चाँडी सानो सिक्काजस्तो देखिने पाता बैनाका रूपमा दिई नवदुर्गा गणलाई चाहिने सम्पूर्ण माटोको भाँडा बनाउन आग्रह गर्ने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार नारायण वनमालाले जानकारी दिए । यो कार्य सकेपछि सबै जना समेबजी खाएर नवदुर्गा देवगण देवगृह फर्किन्छन् । यसै दिनदेखि देगणहरु कुन देवीदेवता बन्ने हो त्यो शक्ति पीठमा गई तान्त्रिकपूर्वक पूजा गर्ने परम्परा रहेको सल्लाहकार बनमालाले बताए ।

घण्टाकर्ण चर्तुदशीका दिन भक्तपुरको वाखुपति नारायण, तिलमाधव नारायण, लोकेश्वर मन्दिर, दत्तात्रय मन्दिर, यातु महादेव, दिपङ्कर बुद्धलगायत नगरका शक्तिपीठ ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी, भैरवनाथ र तलेजुको मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending