Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

सेनाले गर्याे शङ्कास्पद वस्तु निष्क्रिय

खबरडबली संवाददाता

दमक। झापा कन्काई नगरपालिका वडा नं. ४ स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत माईखोला पुल नजिक शनिबबार बिहान फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेको छ ।

सडकको उत्तरी भागमा रहेको कालो झोलाभित्र प्रेसर कुकर र तार जस्तो देखिने वस्तु देखेपछि  बिहान करिब ६ बजे स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले तत्काल उक्त क्षेत्रलाई घेराबन्दी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार श्री अरिदमन गणका सेनानी आनन्दकुमार श्रेष्ठको कमाण्डमा बम डिस्पोजल टिमसहित १० जना नेपाली सेनाको टोली बिहान ७ बजेर १५ मिनेटमा घटनास्थलमा पुगेर निष्क्रिय बनाउने कार्य सुरु गरेको थियो ।

सेनाको टोलीले आवश्यक प्रक्रिया र सुरक्षा सावधानी अपनाएर शङ्कास्पद वस्तुलाई सुरक्षित रूपमा १० बजे निष्क्रिय गरेको छ । बिस्फोटक पदार्थ भेटिएको चर्चा चलेपछि स्थानीय क्षेत्रमा उच्च सुरक्षा सावधानी अपनाइएको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिका भेनेजुएला तनाव: भेनेजुएलाकी उपराष्ट्रपतिले भनिन्– मादुरो जीवित रहेको प्रमाण चाहियो

काठमाडौं । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति निकोलस मादुरोको पछिल्लो अवस्था अज्ञात रहेको बताएकी छन्। अमेरिकी राष्ट्रपति डोनाल्...

महामन्त्रीद्वयसँग कानुनविदले भने: विशेष महाधिवेशन रोक्ने अधिकार कसैलाई छैन

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन प्रतिनिधिको बहुमतले माग गरेको विशेष महाधिवेशनको औचित्य समाप्त गर्ने अधिकार कसैलाई नभएको कानुनविद्हरूले बताएका छ...

कङ्गोमा विद्रोही आक्रमण, १४ जनाको मृत्यु

कङ्गो। अफ्रिकी मुलुक कङ्गोमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा एकै साथ आक्रमण गरी कम्तीमा १४ जनाको हत्या गरेका छन् । उत्तर(पश्चिम नर्थ ...

भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गरेको ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गरेका छन्। भेनेजुएलाको राजधानी काराकासमा ...

पार्टीलाई कुनै पनि हालतमा विभाजित हुन दिन हुँदैन: धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई कुनै पनि हालतमा विभाजित हुन नदिने र एकतावद्ध बनाउनेमा जोड रहने बताएका छन्। शनिबार डा।...

अमेरिकी सैन्य हमला : भेनेजुएलामा राष्ट्रिय संकटकाल घोषणा

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकाले राजधानी काराकाससहितका सहरहरूमा आक्रमण गरेपछि देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका छन्। ...

झापा–५ बाट केपी ओलीको नाम एकल सिफारिस

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएको छ। शनिबार बसेको क्षेत्...

पूर्वमन्त्री खड्कासहित कांग्रेस र एमालेका नेता रास्वपा प्रवेश

पोखरा । नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा र एमाले गण्डकी प्रदेशका नेता पुष्प अधिकारी राष्ट्रिय स्वतन्...

इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार : ट्रम्प

फ्रान्स। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीलाई हत्या गरिएमा अमेरिका हस्तक्षेप गर्न तयार रहेको चेतावनी दिएको छन् । उनले इरानले प्र...

क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक : विश्वकप देखि उमेर समूहको क्रिकेटसम्म

काठमाडौँ। सन् २०२६ मा नेपाली क्रिकेट मैदानमा बाह्रै महिना सक्रिय हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार सार्वजनिक गरेको वार्षिक क्यालेन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending