Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

यस्तो छ आज फलफूल तथा तरकारीको थोक मूल्य

खबरडबली संवाददाता

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार आज बजारमा गोलभेँडा, आलु, प्याजदेखि लिएर फलफूल, सागसब्जी र मसलासम्मका वस्तुको मूल्य तोकिएको हो।

समितिले निर्धारण गरेको मूल्यअनुसार गोलभेँडा ठूलो (नेपाली) र ठूलो (भारतीय) दुवैको प्रतिकिलो रु १२० रहेको छ। गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ९०, सानो (टनेल) रु १००, सानो (भारतीय) र सानो (तराई) प्रतिकिलो रु ९६ कायम गरिएको छ। आलु रातो प्रतिकिलो रु ३२, आलु रातो (भारतीय) प्रतिकिलो रु २७ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ तोकिएको छ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ७०, गाजर (तराई) रु ६५, बन्दा (लोकल) रु ४५, बन्दा (तराई) रु ३५, बन्दा (नरिवल) रु ४०, काउली स्थानीय रु ७०, काउली स्थानीय (ज्यापू) रु ८० र काउली तराई रु ५५ निर्धारण गरिएको छ। रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) रु २०, सेतो मूला (हाइब्रिड) रु ३०, भन्टा लाम्चो रु ६०, भन्टा डल्लो रु ७० र मकै बोडी रु ६० कायम गरिएको छ।

त्यसैगरी, मटरकोसा र घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) रु ९०, घिउ सिमी (राजमा) रु १५०, टाटे सिमी रु ८०, तिते करेला रु ११०, लौका रु ७०, परबर (तराई) रु १६०, घिरौँला रु ११०, फर्सी पाकेको तथा हरियो फर्सी (लाम्चो र डल्लो) सबै प्रतिकिलो रु ४० तोकिएको छ। सलगम रु ९०, भिन्डी रु ११०, सखरखण्ड रु ८०, बरेला रु ७०, पिँडालु रु ९० र स्कुस रु ३० रहेको छ।

सागपाततर्फ रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो रु ८०, चमसुर रु ८०, तोरीको साग रु ५०, मेथीको साग रु ८०, हरियो प्याज रु ६०, बकुला रु ९० र तरुल रु ७० तोकिएको छ। च्याउ (कन्य) रु १२०, च्याउ (डल्ले) रु ४०० र कुरिलो प्रतिकिलो रु २,४०० कायम गरिएको छ।

त्यस्तै, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर रु ८०, रातो बन्दा रु १५०, जिरीको साग रु १५०, गाँठकोभी रु ८५, सेलरी रु ३००, पार्सले रु ७००, सौफको साग रु ८०, पुदिना रु ३००, गान्टेमुला रु ८०, इमली रु १८०, तामा रु १२०, तोफु रु १५० र गुन्द्रुक रु ४०० निर्धारण गरिएको छ।

फलफूलतर्फ स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) रु ३५०, केरा (दर्जन) रु २००, कागती रु ९०, अनार रु ३५०, सुन्तला (नेपाली) रु ११०, तरबुजा हरियो रु १००, मौसम रु ११०, जुनार रु १२० र भुइँकटहर प्रतिगोटा रु १५५ तोकिएको छ।

काँक्रो (लोकल) प्रतिकिलो रु ११०, काँक्रो (हाइब्रिड) रु ५०, निबुवा रु ७०, नास्पाती (चाइनिज) रु २३०, मेवा (नेपाली) रु ७०, मेवा (भारतीय) रु १००, लप्सी रु ७५, स्ट्रबेरी रु ५००, किबी रु ३५०, सरिफा रु २०० र एभोकाडो रु ३५० कायम गरिएको छ।

यसैगरी, अमला प्रतिकिलो रु ७५, अदुवा रु ८०, सुकेको खुर्सानी रु ४२०, हरियो खुर्सानी रु १००, हरियो खुर्सानी (बुलेट) रु १२०, हरियो खुर्सानी (अकबरे) रु ४००, हरियो खुर्सानी (माछे) रु १००, भेडे खुर्सानी रु १००, हरियो लसुन रु १०० र हरियो धनियाँ रु ११० तोकिएको छ।

लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु ४४०, लसुन सुकेको (नेपाली) रु २८०, छ्यापी सुकेको रु २००, छ्यापी हरियो रु १८०, माछा सुकेको रु १,०००, ताजा माछा (रहु) रु ३४०, ताजा माछा (बचुवा) रु २८०, ताजा माछा (छडी) रु २५०, रूख टमाटर रु २५०, राजा च्याउ रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो छ आज फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार आज बजारमा गोलभेँडा, आल...

नेपाली कांग्रेसको १५औँ महाधिवेशन वैशाख २८–३१ मा काठमाडौँमा हुने

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यस...

ताप्लेजुङ केन्द्रविन्दु भएर ४.६ रेक्टरस्केलको भूकम्प

काठमाडौं। ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६ः१३ मि...

आजबाट श्रीस्वस्थानी व्रत कथा आरम्भ, यस्तो छ व्रत सुरु गर्ने विधि

काठमाडौँ । हिन्दु धार्मिक मान्यताअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धालु महिलाहरूले एक महिना लामो श्रीस्वस्थानी व्रत बस्ने परम्...

बुद्ध एयर जहाज दुर्घटना अपडेट : कोपाइलटसहित ७ यात्रु सामान्य घाइते

 झापा । भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौंबाट भ...

आजको मौसम : हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडाैं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । जसका कारण केही प्रदेशमा मौसम आंशिक बदली भएक...

पत्रकार बेलवासेलाई पितृ शाेक

काठमाडौँ । कवि तथा पत्रकार ठाकुर बेलवासेका पिता ईश्वरीप्रसाद बेलवासेको ८६ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा काठमाडौँको महाराजगञ्जस्थित त्रिवि ...

लिखु गाउँपालिकाकाे टारकेराबारी पाँचदिने स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सञ्चालन

ओखलढुंगा । ओखलढुंगाकाे लिखु गाउँपालिका–८, टारकेबारीमा स्वास्थ्य परीक्षण तथा परामर्श शिविर–२०८२ सञ्चालन गरिएको छ । वडा अध्यक्षको पहलमा वृद्ध–वृद्धा तथा...

समानुपातिक प्रणाली: परिवर्तनको सपना र नेतृत्वको असफलता

काठमाडाैं । नेपालले १० वर्षअघि नयाँ संविधानसँगै समानुपातिक प्रणाली लागू गर्‍यो। त्यो संविधान जारी हुँदा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले भनेका थिए– ...

थारु बस्तीमा माघीको तयारी

दाङ। माघी पर्व नजिकिएसँगै दाङका थारु बस्तीमा तयारी शुरू भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending