Khabar Dabali २० पुष २०८२ आईतवार | 4th January, 2026 Sun
Investment bank

महामन्त्रीद्वयसँग कानुनविदले भने: विशेष महाधिवेशन रोक्ने अधिकार कसैलाई छैन

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन प्रतिनिधिको बहुमतले माग गरेको विशेष महाधिवेशनको औचित्य समाप्त गर्ने अधिकार कसैलाई नभएको कानुनविद्हरूले बताएका छन्।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शनिबार परामर्शका लागि डाकेको छलफलमा सहभागी कानुनविद्हरूले विधानबमोजिम बाध्यकारी रहेको विशेष महाधिवेशन नबोलाउनु विधान उल्लंघन भएको जिकिर गरे। केन्द्रले प्राप्त जिम्मेवारीअनुसार काम नगर्नु विधान र राजनीतिक दलसम्बन्धी कानुनविपरीत हुने उनीहरूको भनाइ थियो।

‘विधानले तोकेको प्रक्रिया पालना नगरे संविधान र प्रचलित कानुन नमानेको ठहर्छ,’ कानुनविद्हरूले भने, ‘आफूलाई निर्वाचित गर्ने महाधिवेशन प्रतिनिधिको बहुमतले माग गरेको विशेष महाधिवेशनको औचित्य समाप्त गर्ने अधिकार कसैलाई छैन।’

उनीहरूका अनुसार विधानको धारा १७(२) स्वयं केन्द्रीय महाधिवेशनको कार्यविधि हो। निवेदनकर्ताले उल्लेख गरेका कारण र एजेन्डा नै विशेष महाधिवेशनका एजेन्डा हुने र थप कार्यविधि वा एजेन्डा आवश्यक परे विशेष महाधिवेशनले नै तय गर्न सक्ने उनीहरूको तर्क छ।

विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेपछि केन्द्रले विशेष महाधिवेशन अनिवार्य रूपमा बोलाउनुपर्नेमा कानुनविद्हरू एकमत देखिए। ‘यहाँ केन्द्र भन्नाले केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यालय बुझिन्छ,’ उनीहरूले भने, ‘केन्द्रीय कार्यसमितिले नबोलाए केन्द्रीय कार्यालय अर्थात् महामन्त्रीले विशेष महाधिवेशन बोलाउन सक्छन्। त्यो पनि नभए मागकर्ता महाधिवेशन प्रतिनिधिहरू स्वयंले महाधिवेशन बोलाउन सक्छन्।’

विधानले केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको मागमा विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था गरेको भन्दै केन्द्रले आवश्यक नठाने पनि प्रतिनिधिहरूले आफैं महाधिवेशन आह्वान गर्न सक्ने कानुनविद्हरूको भनाइ छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विवेकशील साझाबाट आएका सात जना रास्वपाको केन्द्रीय समितिमा मनोनित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विवेकशील साझा पार्टीबाट एकता प्रक्रियामार्फत आएका सात जना नेतालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ।...

कृषिमन्त्री परियारलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी कृषि तथा पशुपन्छी विकास मन्त्री डा.मदनप्रसाद परियारलाई दिएका छन्। आइतबार रा...

सुदूरपश्चिममा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या १२ हजार बढी

कैलाली। सुदूरपश्चिम प्रदेशमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशमा पुरुष...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, पाँच अर्बमाथीको कारोबार

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २९ अङ्कले घट...

केन्द्रीय सुरक्षा समितिको बैठक जारी

काठमाडौँ। केन्द्रीय सुरक्षा समितिको नियमित बैठक अहिले गृह मन्त्रालयमा बसिरहेको छ।   देशका विभिन्न ठाउँहरूमा पछिल्ला दिनमा देखिएका केही सामाजिक र धा...

विष्णु पौडेल रूपन्देही २ बाट एकल सिफारिस

बुटवल। नेकपा एमाले रूपन्देहीले रूपन्देहीको क्षेत्र नम्बर २ बाट पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई प्रतिनिधि सभाको निर्वाचनका लागि एकल सिफारिस गरेक...

नाउपा रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाको सामूहिक राजीनामा, रास्वपा प्रवेश गर्दै

बुटवल । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्ष तुल्सी थारुसहित ३३ जना नेता–कार्यकर्ताले सामूहिक राजीनामा...

रास्वपाको केन्द्रीय सचिवालय बैठक सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक सुरु भएको पार्टी प्रवक...

प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदी स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा...

गृहमन्त्री अर्यालसँग मुस्लिम समुदायका तीन समूहका प्रतिनिधिबिच भेटवार्ता

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालसँग मुस्लिम समुदायका तीन छुट्टा-छुट्टै समूहका प्रतिनिधिहरु र केही राष्ट्रिय सभा सदस्यसमेत रहेका सदस्यहरुले गृह मन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending