काठमाडाैं । समाजवादी मोर्चाका दोस्रो पुस्ताका नेताहरूले समाजवादी आन्दोलनमा एमाले स्कुलिङ र माओवादी स्कुलिङलाई एकताबद्ध गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । भौतिक, तार्किक र ऐतिहासिक रूपले अबको बाटो समाजवाद नै हो भन्ने निष्कर्षमा पुगेपछि त्यसको प्रस्तावना तयार पारेर एक ठाउँमा उभिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
शीर्ष नेताहरूलाई ससम्मान अभिभावकीय भूमिकामा राखेर नयाँ पुस्ताले आगामी आन्दोलनको नेतृत्व लिँदै आमजनतालाई आशा र भरोसा जगाउनुपर्ने उनीहरूको भनाइ छ । यो बहस एकता र ध्रुवीकरणको आधार पनि बन्न सक्ने नेताहरूको विश्वास छ ।
स्कुल अफ माक्र्सिज्मले ४७औँ पुष्पलाल स्मृति दिवसका अवसरमा राष्ट्रिय सभागृहमा मंगलबार आयोजना गरेको ‘वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन’ विषय कार्यक्रममा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, माओवादी उपमहासचिव जनार्दन शर्मा र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने बताए ।
भुसालले भने, ‘जबजले अब अगाडिको बाटो छेक्छ भने त्यो प्रगतिशील हुन सक्दैन । जनयुद्धका स्मरणले वा माओवादको नामले अब अगाडिको समाजवाद बनाउने बाटो छेक्छन् भने त्यसको क्रान्तिकारी चरित्र हुँदैन । यसमा तयार हुन्छौँ भने हामीले फुटिराख्नुपर्ने कारण आउँदैन ।’ संकट चुलिँदै गएको भन्दै उनले देशव्यापी बहस गर्दै जानुपर्नेमा जोड दिए ।
माओवादी उपमहासचिव शर्माले चौबाटोमा रहेको कम्युनिस्ट आन्दोलनलाई सही दिशा दिन सक्नुपर्नेमा जोड दिए । वर्गप्रतिको प्रतिबद्धतासहित बाँकी जीवनलाई आन्दोलनमा समर्पण गर्ने संकल्पसहित अगाडि बढ्ने उनले बताए । उनले कम्युनिस्ट पार्टीमा जनवादी केन्द्रीयता भनिए पनि अहिले जनवाद समाप्त भएर केन्द्रीयता मात्रै बाँकी रहेको बताए ।
नेकपाका महासचिव विप्लवले श्रमिक वर्गलाई भुलेर कम्युनिस्ट आन्दोलन अगाडि बढ्न नसक्ने दाबी गरे । बाटो र लक्ष्य एउटै लिएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । ‘हाम्रो चिन्ता कम्युनिस्ट आन्दोलनको हो । बाटो र लक्ष्यमा अन्तर पर्यो भने परिणाम सकारात्मक आउँदैन । माक्र्सवाद विज्ञान हो । माक्र्सवादमा विकास गर्नुपर्छ । विकास गर्दा बुर्जुवा, साम्राज्यवादी, दलालबाट डराएर गर्ने होइन । गाँठो जसले फुकाए पनि हुन्छ । श्रमिक वर्गलाई भुलेर गरिने व्याख्याको अर्थ छैन । कम्युनिस्ट आन्दोलनबारे समयमै सोच्यौँ भने धेरै राम्रो गर्न सकिन्छ, समयमै सोचिएन भने धेरै क्षति पुग्छ,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: