ताप्लेजुङ । ताप्लेजुङका राष्ट्रिय तथा सामुदायिक वनबाट करिव साठी हजार किलोग्राम जडीबुटी सङ्कलन गरिएको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार गएको आर्थिक वर्ष २०८१/८२ मा उक्त परिमाणमा विभिन्न जडीबुटी सङ्कलन भएको हो ।
डिभिजन वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत ललितकुमार यादवका अनुसार पछिल्लो एक वर्षको अवधि अर्थात गएको आमा कुल ५९ लाख ९०० किलोग्राम जडीबुटी सङ्कलन भएको हो । सङ्कलित जडीबुटीमध्ये सबैभन्दा बढी धुपीपात २८ हजार ७५० किलोग्राम रहेको छ । धुपीपातपछि सुनपाती ११ हजार ५००, लोक्ता आठ हजार ८०० र चिराइतो पाँच हजार ४०० किलोग्राम सङ्कलन भएको वन अधिकृत यादवले जानकारी दिए ।
यस्तै अर्गेली दुई हजार ७०० किलोग्राम, वन प्याज एक हजार, मजिठो ५००, भिर मह ३५०, पानी अमला ३०० किलोग्राम सङ्कलन भएको छ । वन लसुन ३००, कुट्की २५० र सुनाखरी ५० किलोग्राम सङ्कलन भएको डिभिजन वन कार्यालयले जनाएको छ । उक्त परिमाणको जडीबुटी सङ्कलन गर्न इजाजत (अनुमति) दिएबापत तीन लाख ३४ हजार ४५० रुपियाँ राजस्व रकम सङ्कलन भएको पनि वन अधिकृत यादवले जानकारी दिए ।
आघिल्लो आवमा भने ४३ हजार १३० किलोग्राम मात्र जडीबुटी सङ्कलन भएको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयका अनुसार गत आवमा विभिन्न १२ प्रजातिको जडीबुटी सङ्कलन भएको छ भने अघिल्लो आव २०८०/८१ मा चिराइतो, धुपीपात, भिर महलगायत सात प्रजातिका जडीबुटी सङ्कलन गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: