बेइजिङ । चीनले आगामी साता स्टकहोममा हुने व्यापार वार्तामा संयुक्त राज्य अमेरिकासँग ‘समन्वयलाई सुदृढ’ बनाउने प्रयास गर्ने बुधबार जनाएको छ । वासिङ्टन र बेइजिङले यस वर्षको सुरुमा एकअर्काको निर्यातमा बढ्दो, प्रतिशोधात्मक कर लगाउने घोषणा गरेका थिए ।
प्रतिशोधात्मक करको वृद्धि तीन अङ्कमा पुगेपछि सम्झौताको वातावरण बनाउन भन्दै दुबै पछि हटेका थिए । त्यसअघि विवाद चुलिँदै जाँदा विश्वका दुई ठूला अर्थव्यवस्थाहरू बिचको व्यापार अवरुद्ध भएको थियो । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आगामी साता स्टकहोममा आफ्ना चिनियाँ समकक्षीसँग भेट्ने बताए । “तेस्रो चरणको उच्चस्तरीय वार्ताले अगष्टको मध्यसम्ममा लेभीको समयसीमा स्थगन हुने सम्भावना देखिएको छ,” बेसेन्टले फक्स बिजनेससँग बताए ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले वार्तामा दुवै पक्षले समानता, सम्मान र पारस्परिक लाभका आधारमा मिलेर काम गर्न सक्ने आशा गरेको बताए । उनले भने, “हामी सहमति बढाउनेछौँ, असमझदारी कम गर्नेछौँ, सहयोगलाई बलियो बनाउनेछौँ र चीन-अमेरिका सम्बन्धको स्थिर, स्वस्थ र दिगो विकासलाई बढावा दिनेछौँ ।
चीनका उपप्रधानमन्त्री दसईपक्षबिच स्वीडेनको राजधानी स्टकहोममा हुने वार्तामा सहभागी हुने कार्यक्रम रहेको छ । “हे लाइफङ वार्ताका लागि जुलाई २७ देखि ३० सम्म स्वीडेनमा रहनुहुनेछ,” वाणिज्य मन्त्रालयका प्रवक्ताले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । गत मे महिनामा जेनेभामा उच्च अधिकारीहरूको बैठकपछि दुवै पक्षले कर वृद्धिको स्तर घटाउन अस्थायी रूपमा सहमत भएका थिए । गत जुनमा लण्डनमा पनि दुई देशका अधिकारीबीच भेटवार्ता भएको थियो ।
समय सीमाबारे दृष्टिकोण
बेसेन्टका अनुसार वासिङ्टनले इरानी र रुसी तेलको चिनियाँ खरिदलगायत विविध विषयमा पनि कुरा गर्न चाहेको थियो । संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार वार्ता जेनेभा बैठकपछि सुरुमा रोकिएको थियो, यद्यपि अहिले बेइजिङसँग व्यापार राम्रो स्थानमा रहेको बेसेन्टले जनाएको छ ।
अमेरिकी अधिकारीहरूले यसअघि बेइजिङले आफ्नो सम्झौता उल्लङ्घन गरेको र इलेक्ट्रोनिक्स र अन्य सामानहरू बनाउनका लागि महत्त्वपूर्ण सामग्रीहरू दुर्लभ खनिजहरूको लागि निर्यात इजाजतपत्र अनुमोदनहरू ढिलो गरेको आरोप लगाएपछि असहमतिहरू बाहिर आएका थिए । त्यसयता दुवै देशले जेनेभा सहमतिमा अघि बढ्ने फ्रेमवर्कमा सहमति जनाएका छन् ।
संयुक्त राज्य अमेरिकाले चीनलाई सेमीकन्डक्टर बिक्रीमा केही प्रतिबन्धहरू खुकुलो पारेको देखिएको छ, जबकि बेइजिङले नियन्त्रित वस्तुहरूको निर्यात इजाजतपत्रका लागि आवेदनहरूको पुनरावलोकन गरिरहेको छ ।
जनवरीमा ह्वाइट हाउसमा पुनः फर्केपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले मित्र राष्ट्रहरू र प्रतिस्पर्धीमाथि समान रूपमा १० प्रतिशत कर लगाउनुभएको छसाथै स्टील, आल्मुनियम र अटोमा उच्च स्तरमा कर लगाइएको छ । अगष्ट १ देखि चीनका लागि नभए पनि दर्जनौं अर्थतन्त्रका लागि १० प्रतिशतको करवृद्धि दर बढ्ने अपेक्षा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: