Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण सुरु

खबरडबली संवाददाता

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित सुक्खा बन्दरगाह निर्माण सुरु भएको छ । मंगलबार नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल र सुक्खा बन्दरगाह निर्माण कम्पनी कम्ट कन्ट्रक्सनका सञ्चालक सुनिल शर्माले संयुक्त रूपमा निर्माण कार्यको शुभारम्भ गरे ।

समितिका कार्यकारी निर्देशक गजुरेलले बन्दरगाह निर्माणमास्थलका रुख कटानको काम सम्पन्न भइसकेपछि भारतीय निर्माण कम्पनीलाई काम गर्नका लागि मन्त्रालयमार्फत पत्राचार भइसकेको जानकारी दिए । सोहीअनुसार भारतीय निर्माण कम्पनीले आजदेखि बन्दरगाह निर्माणको प्रारम्भिक काम सुरु गरेको छ । “निर्माण कार्यको प्रारम्भिक काम सुरु भएको छ, पहिलो चरणमा यहाँ फिलिङ, पर्खाल निर्माण र निर्माणको लागि आवश्यक सामग्री ल्याउने काम गर्नुहुन्छ”, उनले भने, “यसको विधिवत् रूपमा दुवै देशका प्रधानमन्त्रीहरूले शिलान्यास गर्नुहुन्छ”, उनले निर्माण सुरु भएकाले चाँडै बन्दरगाह निर्माण हुने बताए । 

कार्यकारी निर्देशक गजुरेलका अनुसार सुदूरपश्चिम मात्रै नभएर नेपालकै आर्थिक विकासमा टेवा पुग्नेछ । उनले भने, “यो व्यापारिक पूर्वाधारले भारतबाट आयात मात्रै नभएर निर्यात गर्ने गरी उद्योगधन्दा खेल्नुपर्छ ।” बन्दरगाह निर्माणपछि तेस्रो मुलुकसँग निर्यातको ढोका खुल्ने बताए । बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वनमा एक हजार ७०५ रुख कटानी भएका छन् ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबिच जुन १, २०२३ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । 
सोही सम्झौताअनुसार भारतीय पक्षले बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रूपैयाँँ लागतमा ठेक्का सम्झौता गरेको छ । 

विसं २०६४ मा सरकारले कञ्चनपुरको दोधारा चाँदनीस्थित सुक्खा बन्दरगाह निर्माण गर्ने घोषणाले सुदूरपश्चिमका व्यवसायीले तेस्रो मुलुकसँग व्यापारको ढोका खुल्ने अपेक्षा गरेका थिए । दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बने सुदूरपश्चिम प्रदेश विकासको कोसेढुङ्गा हुने सपना देखेका सुदूरपश्चिमवासीले १८ वर्षपछि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने सुनिश्चितता पाएका छन् ।

“दुई घण्टाको दूरीमा रहेको भारतको सबैभन्दा ठुलो औद्योगिक क्षेत्रबाट वस्तु आयात गर्दा ३०० किलोमिटर घुमाएर यहाँ ल्याउनुपर्ने बाध्यता जसकारण यातायातमै महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ ।” उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले भने, “बन्दरगाह निर्माणपछि सुदूरपश्चिम मात्रै नभई मुलुककै आर्थिक समृद्धि हासिल गर्न ठुलो सहयोग पुग्छ ।” 

अहिले रूपैडियासँगै भैरहवा र वीरगञ्ज नाका प्रयोग गरेर भारतको रूद्रपुर औद्योगिक क्षेत्रमा आयात/निर्यात हुने गरेको छ । “सुदूरपश्चिममा जडीबुटीलगायतका थुप्रै सम्भावना छन् बन्दरगाह निर्माणपछि हामीले तेस्रो मुलुकसँग पनि व्यापार गर्न सहज हुन्छ”, उनले भने, “यसले वस्तुको लागत त घट्छ नै रोजगारीका सम्भावना समेत खुल्छन् ।” 

उनले भारतको राजधानी नयाँदिल्ली र उत्तराखण्डस्थित औद्योगिक क्षेत्र रूद्रपुरसम्म सहज पहुँच हुने हुँदा सुदूरपश्चिमको विकासमा ठुलो योगदान मिल्ने बताए ।बन्दरगाह निर्माणका लागि प्रयोग हुने ४२ दशमलव ३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार चेक जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनललगायतका पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । 

नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहुँचमार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ । भारत बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ । सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक भागबन्डामा नियुक्तिको सम्पत्ति छानबिनका लागि आयोग गठन

काठमाडौं । सरकारले सार्वजनिक संस्थामा दलीयकरण र भागबन्डा अनुसार नियुक्त भएका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति गरेको छ...

एनपीएलः लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा लुम्बिनी लायन्सले काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । ...

देशभर १५० स्थानीय तह हाकिमविही हुँदा सेवाग्राही मारमा

काठमाडौं । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभाव देशभर गहिरिँदै गएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ७५३ स...

मानव अधिकारको संरक्षण र लोकतान्त्रिक मूल्यको प्रवर्द्धन गर्न माग गर्दै नागरिक समाजकाे प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नागरिक समाजका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई विस्तृत ध्यानाकर्षण पत्र हस्तान्...

ताप्लेजुङमा अवैध ६ सय केजी बढी माछा नष्ट

ताप्लेजुङ । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख ...

जेनजी प्रदर्शनमा आयोग जोगाउने सशस्त्र प्रहरी सम्मानित

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला निर्वाचन आयोगलाई सम्भावित क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी बल, नेपाल...

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी इन्जिनियरको नियुक्ति लिएको आरोपमा मुद्दा

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको ...

एडीबीको ऋण सहयोगमा नारायणगढ–हेटौँडा सडक खण्ड विस्तार हुने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...

नेकपाकाे बाँकेको एकता सन्देश सभामा नेपालले सम्बोधन गर्ने

बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...

उपराष्ट्रपति यादवसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending