Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

‘असफाल्ट प्लान्ट’को प्रदूषणले बस्तीमा सास्ती

खबरडबली संवाददाता

सिरहा । यहाँको धनगढीमाई नगरपालिका–३ बनौलीमा ‘बजरङ्गबली कन्स्ट्रक्सन’द्वारा सञ्चालित सडक निर्माणमा प्रयोग हुने कच्चा पदार्थ तातो मिश्रण तयार गर्ने ‘असफाल्ट प्लान्ट’बाट उत्सर्जित प्रदूषणले बस्तीका स्थानीय बासिन्दाको दैनिक जीवन र स्वास्थ्यमा गम्भीर असर पारेको स्थानीयले आरोप लाएका छन् ।

विगत तीन वर्षदेखि सञ्चालनमा रहेको यस प्लान्टबाट निस्किने धूलो, धुवाँ, कडा गन्ध र आवाजले बस्तीमा दैनिक जीवन कष्टकर बनाएको स्थानीयको गुनासो बढेर गएको छ । 
स्थानीयका अनुसार बस्तीको छेउमै रहेको प्लान्टमा गिट्टी र अलकत्रा पकाउने प्रक्रिया भइरहेकाले प्रदूषण अत्यधिक फैलिएको हो । जसको प्रत्यक्ष असर बस्तीमा परेको छ । घरमै बसेर सास फेर्न गाह्रो हुने अवस्था आएको उनीहरू बताउँछन् । 

“विशेषगरी बिहान र साँझतिर धूलोले चारैतिर जान्छ, सास फेर्न अप्ठ्यारो हुन्छ, कडा गन्धले उकुसमुकुस बनाउँछ,” स्थानीय रवीन्द्र चौधरीले भने । कतिपय स्थानीय त बाध्य भएर घरबास नै अन्यत्र सार्न थालेका छन् । तिनैमध्येका एक स्थानीय विजय सहनीले आफूले तीन किलोमिटर टाढा रहेको आफ्नै जग्गामा बसाइँ सरेको जानकारी दिए । 

“यहाँ उद्योगको कडा गन्ध र धूलो–धुवाँले बस्नै नसक्ने भएपछि बाध्य भएर सरेको हुँ”, सहनीले भने, “तर त्यहाँसम्म पनि प्रदूषणको असर आइपुगेको छ । अब कहाँ जाने ? जाने ठाउँ नै छैन ।” स्थानीयहरूका अनुसार नजिकका बनौली, घले टोल, छप्रारी टोल, मेदनीपुरलगायतका बस्तीमा प्रदूषणको असर देखिएको छ । ती बस्तीहरूमा हजारौँ मानिस बसोबास गर्ने गरेका छन्, जसले प्रत्यक्ष रूपमा वातावरणीय प्रताडना भोग्नुपरेको स्थानीयको भनाइ छ ।

विद्यालय प्रभावित, बालबालिकामा स्वास्थ्य समस्या

प्लान्ट नजिकै रहेको नाइटिङ्गेल विद्यामन्दिर स्कुलमा अध्ययनरत सयौँ विद्यार्थी वर्षौंदेखि प्रदूषित वायुमण्डलमा बस्न बाध्य छन् । विद्यालयका प्रधानाध्यापक विजय चौधरीका अनुसार पछिल्ला केही महिनादेखि विद्यार्थीमा वाकवाकी लाग्ने, टाउको दुख्ने, वान्ता आउनेजस्ता समस्या देखिन थालेको छ । 

उनले भने, “यहाँ अध्ययनरत झण्डै ४०० विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर परेको छ ।” अभिभावकहरूले स्वास्थ्य समस्या देखिएपछि अस्पतालसम्म पुर्‍याउनुपरेको जनाएका छन् । 
बालबालिका, वृद्धवृद्धा र घरबाहिर काम गर्ने व्यक्तिहरू बढी प्रभावित भएको स्थानीयहरू बताउँछन् ।

स्थानीयको उजुरी र प्रशासनको हस्तक्षेप

स्थानीयले प्लान्टको असरबारे लामो समयदेखि पटक–पटक नियामक निकायमा उजुरी दिएका थिए । जिल्ला प्रशासन कार्यालय सिरहा, इलाका प्रशासन कार्यालय लहान, घरेलु तथा साना उद्योग कार्यालय लहान, इलाका प्रहरी कार्यालय लहानलगायतका निकायमा उजुरीपछि गत असार महिनाको १८ गते इलाका प्रशासन कार्यालय लहानको नेतृत्वमा उक्त प्लान्टको स्थलगत अनुगमन गरिएको थियो । 

निरीक्षणका क्रममा प्लान्ट सञ्चालक अनुपस्थित रहेकाले इलाका प्रशासनले प्लान्टमा ताला लगाएको थियो ।स्थानीय बासिन्दा, प्लान्ट सञ्चालक र प्रशासनबिच त्रिपक्षीय वार्तापछि असार मसान्तसम्म उद्योग सञ्चालन गर्न दिने र साउन १ गतेदेखि प्रचलित कानुनअनुसार प्रदूषण नियन्त्रणका सबै उपायहरू अवलम्बन गरेर मात्र उद्योग सञ्चालन गर्न दिने सहमति भएसँगै उद्योगको ताला खोलिएको थियो । 

तर सहमतिअनुसार प्रदूषण नियन्त्रणका उपायहरू लागू नगरी उद्योग सञ्चालन गरिएको स्थानीयको आरोप छ । जसले पुरानै रूपमा प्रदूषण फैलिरहेको छ । यसले गर्दा उद्योगलाई रोक लगाउनुपर्ने वा बस्तीभन्दा टाढा स्थानान्तरण गर्नुपर्ने माग उनीहरूको छ । 

स्थानीय नवीन किशोर चौधरीले भने,“बस्तीको छेउमै प्लान्ट सञ्चालन भइरहेको छ । यस्तो अवस्थामा विकल्प के हो ? बस्ती सार्ने कि प्लान्टलाई नै बस्ती नभएको ठाउँमा सार्ने ? मेरा दुई साना बालबालिका यही विद्यालयमा पढ्छन्, उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ ।”

प्लान्ट सञ्चालक राजेश्वर साहले भने सबै प्रक्रिया कानुनी रूपमा अघि बढाएको र सरकारी मापदण्डअनुसार प्लान्ट सञ्चालन गरिएको दाबी गरे । उनले भने,“पहिला कसैलाई केही थिएन, अहिले उद्योग राम्रोसँग चलेपछि सबैको नजर लागेको हो ।” 

उनले आवश्यकता परेमा प्लान्ट अन्यत्र सार्न तयार रहेको र वातावरणीय अध्ययन गरेर निष्कर्ष निकाल्नुपर्ने धारणा राखे ।तर स्थानीयले भने वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए वा आइइई) बिना उद्योग सञ्चालित भएको आरोप लगाएका छन् ।

प्लान्ट घरेलु कार्यालयमा मात्र ‘कन्स्ट्रक्सन कम्पनी’का रूपमा दर्ता भएको कार्यालयले बताएको छ । स्थानीय, शिक्षक र अभिभावकले तत्काल प्लान्ट बन्द नगरिए कडा आन्दोलनमा उत्रनुपर्ने चेतावनी दिएका छन् । उनीहरूको भनाइमा, स्थानीयको स्वास्थ्य र वातावरणीय असरलाई बेवास्ता गर्दै निर्माण व्यवसायी सहले प्लान्टलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने योजना अघि बढाइरहेका छन् । यसले स्थानीय समुदायमा थप असन्तोष र आक्रोश पैदा गरिरहेको छ ।

इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्णराज सुयलका अनुसार प्लान्टको वातावरणीय असरबारे थप अध्ययन र अनुगमन प्रक्रिया अघि बढाइनेछ ।

“जनस्वास्थ्यभन्दा ठूलो कुरा अरू हुन सक्दैन । त्यसैले हामीले स्थानीयको सहमति बेगर उद्योग सञ्चालन गर्न नदिने निर्णय गरेका छौँ”, उनले थप स्पष्ट पार्दै भन्नुभयो, “प्रहरीसँग समन्वय गरेर घरेलु तथा साना उद्योग कार्यालयलाई उक्त उद्योग तत्काल बन्द गर्न निर्देशन दिइसकिएको छ । यदि सञ्चालकलाई चित्त नबुझेमा माथिल्लो निकायमा वा कानुनी प्रक्रिया अवलम्बन गर्न सक्ने विकल्प खुला छ ।”

धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशङ्कर महतोले प्लान्टको विषयमा चाँडै अनुगमनमा जाने र आवश्यक अध्ययन गर्ने प्रतिक्रिया दिए ।उनले भने,“यदि वातावरणमा असर गरेको पुष्टि भएमा आवश्यक कारबाही गरिन्छ, प्लान्ट बन्द गर्न निर्देशन दिन सकिन्छ । जनस्वास्थ्य र वातावरणको सुरक्षामा कुनै सम्झौता गरिँदैन ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending