Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

जापानमा मागा–शैलीको ‘विश्वव्यापी–विरोधी’ राजनीतिको आगमन

खबरडबली संवाददाता

टोकियो । दक्षिणपन्थी राजनीतिज्ञहरूले अन्यत्र ‘अभिजात वर्ग’, ‘विश्वव्यापीकरण’ र आप्रवासनको विरुद्धमा व्यापक रूपमा विरोध गर्दै गर्दा जापानमा लोकप्रियतावादी आदर्शहरूले गति लिइरहेको छ । प्रधानमन्त्री शिगेरु इशिबाको गठबन्धनले आइतबारको चुनावमा माथिल्लो सदनको बहुमत गुमाएको भए पनि पाँच वर्षअघि मात्र बनेको ‘जापानिज फर्स्ट’ सान्सितो पार्टीले आफ्नो सिट दुईबाट बढाएर १५ बनाएको छ ।

सान्सितोको एजेन्डा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन (मागा)’, अल्टरनेटिभ फर जर्मनी (एएफडी) र बेलायतमा नाइजेल फराजको रिफर्म पार्टी जस्ता दक्षिणपन्थी आन्दोलनहरूको प्रतिलिपिबाटै आएको छ । यसमा आप्रवासन र विदेशी पूँजीमा ‘कडा नियम र सीमाहरू’, ‘विश्वव्यापीकरण’ र ‘कट्टरपन्थी’ लैङ्गिक नीतिहरूको विरोध र कार्बन मुक्तिकरण र खोपहरू तथा कीटनाशक मुक्त कृषिमा पुनर्विचार समावेश छ ।

युट्युबमा स्थापित सान्सितोले ‘जनतामा शक्ति फिर्ता ल्याउनेछ’ भनेर पार्टीका ४७ वर्षीय नेता, पूर्व शिक्षक तथा सुपरमार्केट प्रबन्धक सोही कामियाले जापान टाइम्समा लेखेका छन् ।

सस्तो श्रम

सर्वेक्षणहरूले आप्रवासनलाई मुद्रास्फीति र अर्थतन्त्रका बारेमा धेरै चिन्तित मतदाताहरूको सूचीमा धेरै तल राखेका छन् ।
तर सान्सितोका लागि आफ्नो अर्थतन्त्रलाई अत्यावश्यक पर्ने आप्रवासन अन्य विकसित देशहरूको तुलनामा धेरै कम रहेको जापानमा नयाँ आगन्तुकहरूको आगमन अपराधदेखि बढ्दो सम्पत्तिको मूल्यदेखि खतरनाक ड्राइभिङसम्मका धेरै समस्याका लागि जिम्मेवार छ ।

“यदि तिनीहरू पर्यटकका रूपमा आउँछन् भने यो ठिक छ, तर यदि तपाईंले सस्तो श्रम भएको भन्दै धेरैभन्दा धेरै विदेशीलाई लिनुभयो भने जापानी जनताको तलब बढ्ने छैन”, कामियाले एक अभियानमा भने, “तर हामी बहिष्करणवादी छैनौँ । हामीले विदेशीहरूलाई बाहिर निकाल्न कहिल्यै आह्वान गरेका छैनौँ ।” यसैबीच अनलाइन प्लेटफर्महरू गलत सूचनाले भरिएका छन् । तीमध्ये केही जापानी तथ्य–जाँच समूह र सरकारले अस्वीकार गरेका छन् ।

केही पोस्टहरूले विदेशीहरूले एक वर्षमा करिब तीन अर्ब डलर मेडिकल बिलहरू भुक्तान नगरी छोड्छन् वा कल्याणमा रहेका चिनियाँ बासिन्दाहरू पाँच वर्षमा दोब्बर भएका छन् भनी गलत दाबी गरेका छन् । टोकियोको सिनागावा स्टेसनको अगाडि सान्सितोको चुनावी र्‍यालीमा सुन्तला टी–शर्ट लगाएका पार्टीका कार्यकर्ताहरूले ‘जापानलाई विनाश गर्न बन्द गर !’ पर्चाहरू बाँडिरहेका थिए । एक मतदाताले उनको आवाज अन्ततः सुनिएको बताए ।

“उनीहरूले मैले वर्षौंसम्म सोचेका तर शब्दहरूमा राख्न नसकेका कुराहरूलाई शब्दबद्ध गरे”, अस्थायी अल्पकालीन करारमा रहेकी ४४ वर्षीया ती आइटी कामदारले भने, “विदेशीहरू विश्वविद्यालय जाँदा जापानी सरकारले तिनीहरूलाई अनुदान प्रदान गर्छ, तर हामी विश्वविद्यालय जाँदा सबैको ठूलो ऋण थियो ।”

मस्कोको हस्तक्षेप

जापान इन्स्टिच्युट अफ ल एन्ड इन्फर्मेसन सिस्टम थिङ्क–ट्याङ्कका इचिरो यामामोतोले धेरै पढेको ब्लग पोस्टका अनुसार रूसी बट खाताहरू ‘ठूलो मात्रामा सूचना हेरफेर’ का लागि जिम्मेवार छन् । यसलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले जापानी भाषामा सामग्रीको राम्रो अनुवाद गर्न सक्षम बनाएको छ । जापानी दक्षिणपन्थीहरूका लागि लामो समयसम्म अभिशाप रहेको रुसप्रति थप समझदारी पनि कामियाका लागि विषयवस्तु हो ।

“रुसको सैन्य आक्रमण (युक्रेनको) निस्सन्देह नराम्रो थियो, तर संयुक्त राज्य अमेरिकामा त्यहाँ शक्तिहरू छन् जसले रुसलाई त्यसो गर्न बाध्य पारे”, आफू ‘रुस समर्थक’ हुन अस्वीकार गर्दै कामियाले भने । रूसी राज्य मिडियाले सान्सितो उम्मेद्वारको अन्तर्वार्ता लिएपछि उनी आफ्नो अभियानका क्रममा मस्कोबाट समर्थन प्राप्त गर्न अस्वीकार गर्न बाध्य भए । रुसमाथि अन्य देशहरूमा यस्तै दलहरूलाई समर्थन गरेको आरोप लगाइएको छ ।

शून्य अवैधानिक

अन्य देशहरूमा जस्तै सान्सितोको उदय र यसको सफलताले सरकारलाई नयाँ आप्रवासन नीतिहरू घोषणा गर्न प्रेरित गरेको छ र अन्य दलहरूलाई चुनाव अभियानका क्रममा वाचा गर्न प्रेरणा दिएको छ । इशिबाको एलडिपीले ‘शून्य अवैध विदेशी नागरिकहरू’ प्राप्त गर्ने लक्ष्य घोषणा गरेको छ र सरकारले आप्रवासन र बसोबासका लागि व्यवस्थापन प्रणालीलाई बलियो बनाउने बताएको छ ।

आठ गैरसरकारी संस्थाले गत हप्ता जारी गरेको संयुक्त वक्तव्यलाई ‘द्रुत रूपमा फैलिरहेको जेनोफोबिया ९विदेशी मानिस मन नपराउने०’ प्रति चेतावनी दिँदै एक हजारभन्दा बढी समूहले समर्थन गरेका थिए ।

“‘विदेशीहरूलाई प्राथमिकता दिइन्छ’ भन्ने तर्क पूर्णतया निराधार लोकप्रियवाद हो”, वक्तव्यमा भनिएको छ । सुकुबा विश्वविद्यालयका राजनीति र समाजशास्त्रका प्राध्यापक हिदेहिरो यामामोतोले एलडिपी अन्यत्रका स्थापित पार्टीहरूभन्दा फरक र ‘सबै समावेशी पार्टी’ बनेर रहेको भन्दै लोकप्रियवादले पहिले पकड बनाउन नसकेको बताए ।

“एलडिपीले सहरहरूमा निम्न मध्यमवर्गीय बासिन्दाहरू, ग्रामीण क्षेत्रका किसानहरू र साना र मध्यम आकारका कम्पनीहरूको हेरचाह गरेको छ”, यामामोतोले भने । विगतमा जापानमा अन्य नयाँ पार्टीहरूको उदय र गिरावटलाई औँल्याउँदै उनी सान्सितो कायम रहने कुरामा निश्चित छैनन् ।“तपाईं जनतामाझ अस्थायी मनोदशा राखेर मात्र समर्थन प्राप्त गर्न जारी राख्न सक्नुहुन्न”, उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending