Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

ताप्लेजुङमा निर्माण सुरु भएको माथिल्लो तमोरको विरोधमा आन्दोलनको घोषणा

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङमा निर्माण सुरु भएको माथिल्लो तमोर जलविद्युत आयोजनाको विरोध गर्दै आएका स्थानीयले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । आयोजनाको काम रोक्न पटक–पटक अनुरोध गरे पनि अटेर गरिएको भन्दै आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाको तर्फबाट गठित अपर तमोर हाइड्रोपावर प्रभावित सङ्घर्ष समितिले आइतबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । तीन बुँदे आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै आयोजनाको विरोध कार्यक्रमलाई सशक्त बनाउने सङ्घर्ष समितिले जनाएको छ ।

सङ्घर्ष समितिले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रमअनुसार अबको एक हप्ताभित्र आयोजनाको काम रोकेर सबै सामान फिर्ता लैजानुपर्ने रहेको छ । यस्तै एक हप्ता अर्थात् साउन ११ गतेपछि फक्ताङ्लुङ क्षेत्रमा कुनैपनि हाइड्रोपावर र कोरिडोर परियोजनाका सवारी साधन गाडी, मेसिन उपकरणहरू सञ्चालनमा अनिश्चितकालीन रोक लगाउने, घोषित कार्यक्रममाथि बल प्रयोग भएमा चरणबद्ध थप आन्दोलन घोषणा गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै हाइड्रोपावर प्रभावित सबै क्षेत्रमा आन्दोलनको सङ्गठन निर्माण गरी सशक्त बनाउने र अन्य सङ्घ सङ्गठनसँग सहकार्य गरेर अघि बढ्ने रहेको छ। सङ्घर्ष समितिले सार्वजनिक गरेको आन्दोलनकै कार्यक्रमअन्तर्गत हाइड्रोपावरविरुद्ध प्रभावित सबै परिवारको हस्ताक्षर सङ्कलन गरेर सम्बन्धित निकायमा बुझाउने रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले याक्थुङ (लिम्बू) समुदायको मुन्धुमी स्थलमा जबरजस्ती जलविद्युत् निर्माण गर्न लागेको भन्दै विरोध गर्दै आएका छन् ।

उहीहरूले आदिवासीको सभ्यता र मुन्धुमीस्थलको अस्तित्वमाथि क्षति हुने गरी हाइड्रोपावर निर्माण गर्न लागेको भन्दै तीनवटै तहको सरकार, आयोजना निर्माण कम्पनी लगायतमा पटक–पटक ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको सङ्घर्ष समितिका संयोजक बीरबल लिङ्खिमले बताए । प्रभावित क्षेत्रका बासिन्दाको अनुमतिबिना आयोजनाको काम सुरु गरिएकाले कुनै पनि हालतमा निर्माण गर्न नदिने आफूहरूको अडान रहेको संयोजक लिङ्खिमले बताए । 

निर्माण पक्षले प्रभावित क्षेत्रका बासिन्दासँग सहमतिका लागि वार्ता र सम्वाद तथा छलफल गर्न चाहेमा आफूहरू तयार रहेको पनि उनको भनाइ छ । बल मिच्याइँ ढङ्गले निर्माणको काम अघि बढाउन चाहेमा भने जस्तोसुकै मूल्य चुकाउनलाई प्रभावित क्षेत्रका बासिन्दा तत्पर रहेको उनले बताए । सङ्घर्ष समितिले हालसम्म शान्तिपूर्ण आन्दोलन गर्दै आएको र अब भने स्वरूप परिवर्तन गर्दै कठोर आन्दोलन गर्ने तयारी भइरहेको समितिले चेतावनी दिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending