काठमाडौं । साफ यु–२० महिला च्याम्पियनसिप उपाधिको सङ्घारमा उभिएको नेपालले अन्तिम खेलमा सोमबार घरेलु टोली बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाललाई उपाधि चुम्न बङ्गलादेशलाई हराउनै पर्ने बाध्यता छ । चार टोली सम्मिलित च्याम्पियनसिपमा बङ्गलादेशले पाँच खेलमा अपराजित रहँदै १५ अङ्क जोडेको छ । समान खेलमा यसअघि बङ्गलादेशसँग ३–२ को हार खेपेको नेपाल १२ अङ्कसहित दोस्रो स्थानमा छ । श्रीलङ्का र भुटान उपाधि होडबाट बाहिरिएका छन् ।
नेपाललाई उपाधि जित्न अन्तिम खेलमा बङ्गलादेशलाई पन्छाउनु पर्ने चुनौती छ । बङ्गलादेशलाई बराबरी मात्र काफी छ ।
यदि अन्तिम खेलमा बङ्गलादेशलाई पन्छाउन सके नेपालले महिला उमेर समूहमा महादेशीय उपाधि जित्नेछ । नेपालले यस अघिल्ले खेलमा भोगेको हारको बदला समेत लिनेछ ।
डबल राउन्ड रोविन लिगका आधारमा सञ्चालित च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई दुवै खेलमा समान ७–० गोलले हराएको थियो । यस्तै भुटानलाई ६–१ र ८–० गोलले हराएको थियो । च्याम्पियनसिपमा सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने प्रावधान रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ४ गते, २०८२ - २०:३१
तेहरान । हालैको १२ दिने युद्धमा प्रयोग गरिएका भन्दा बढी क्षमताका मिसाइलहरू विकास गरेको घोषणा गर्दै इरानले बुधबार कुनै पनि नयाँ इजरायली आक्रमणका लागि त...
भाद्र ४ गते, २०८२ - २०:१३
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनता नै देशका मालिक भएकाले जनमतको सम्मान गर्नु राजनीतिक दलहरूको प्रमुख द...
भाद्र ४ गते, २०८२ - २०:०३
काठमाडौं । अष्ट्रेलियाले ४६ वर्षअघि खारेज गरेको ‘मृत्यु कर’ (डेथ ट्याक्स) पुनः लागू गर्ने तयारी गरेको छ । विज्ञहरूका अनुसार यो करले देशमा पुस्तागत असम...
भाद्र ४ गते, २०८२ - १९:५३
काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई पदमुक्त गर्ने तयारीसहित सत्तारूढ नेपाली कांग्रेसले सांसदहरूको हस्ताक्षर संकलन थालेपछि पार्टीभित्रै विरोध चर्कि...
भाद्र ४ गते, २०८२ - १९:४२
प्रचण्डसँग लामिछानेले भने-कांग्रेस र एमालेले सुनियोजित रूपमा फसाए
भाद्र ४ गते, २०८२ - १८:३१
कैलाली । बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै उनी काठ काट्ने औजार लिएर घर बाहिर मादल बनाउन राखिएको काठको घार मिलाउछन् । त्यसपछि तयार भए...
भाद्र ४ गते, २०८२ - १८:२७
कांग्रेस–एमालेले राज्य शक्तिको दुरुपयोग गरे
भाद्र ४ गते, २०८२ - १८:२०
काठमाडौं । प्रभावशाली स्ट्राइकर केलियन एमबाप्पेको निर्णायक गोलमा रियल म्याड्रिडले स्पेनिस लिगमा विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा मङ्गलबार राति...
भाद्र ४ गते, २०८२ - १८:१७
काठमाडाैं । नयाँ बानेश्वरस्थित संसद् भवनको व्यवस्थापन गर्दै आएको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिले एकैपटक ८० कर्मचारी हटाएको छ । एकप...
भाद्र ४ गते, २०८२ - १८:१३
जेरुसेलम । इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजा सहरको विजय योजनालाई स्वीकृति दिनु भएको उनको मन्त्रालयले बुधबार पुष्टि गरेको छ । उनले यो योजनालाई ...
प्रतिकृया लेख्नुहोस्: